ईसाई धर्म
पछाडि

यशैया 62

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1यरूशलेमको धार्मिकता प्रभातझैँ नचम्केसम्म, त्यसको मुक्ति राँकोझैँ चहकिलो नबलेसम्म, म सियोनको खातिर चुप रहनेछैनँ; म यरूशलेमको खातिर मौन रहनेछैनँ।

2जाति-जातिहरूले तेरो धार्मिकता, सबै राजाहरूले तेरो गौरव देख्नेछन्; याहवेहले आफ्नै मुखले दिनुहुने नयाँ नामद्वारा तँ बोलाइनेछस्।

3तँ याहवेहको हातमा गौरवको एउटा मुकुट, र आफ्नो परमेश्‍वरको हातमा राजकीय शिरपेच हुनेछस्।

4अब उसो तिनीहरूले तँलाई त्यागिएकी भन्‍नेछैनन्, न त तेरो देशलाई उजाड भन्‍नेछन्। तर तँलाई हेप्सीबा, र तेरो देशलाई ब्युलाह भनिनेछ; किनकि याहवेह तँसित प्रसन्‍न हुनुहुनेछ, र तेरो देशलाई विवाह गरिनेछ।

5जसरी एउटा जवान मानिसले एउटी कन्ये-केटीलाई विवाह गर्छ, त्यसरी नै तेरा निर्माणकर्ताले तँलाई विवाह गर्नुहुनेछ; जसरी दुलहा आफ्नी दुलहीमा रमाउँछ, त्यसरी नै तेरा परमेश्‍वर तँसित रमाउनुहुनेछ।

6हे यरूशलेम, मैले तेरा पर्खालहरूमाथि पहरेदारहरू खटाएको छु; तिनीहरू दिनरात कहिल्यै चुपचाप बस्‍न पाउनेछैनन्। हे याहवेहलाई पुकार्नेहरू हो, आफूलाई विश्राम नदेओ;

7उहाँले यरूशलेमलाई स्थापित नगर्नुभएसम्म र त्यसलाई पृथ्वीको प्रशंसा नबनाउनुभएसम्म उहाँलाई विश्राम नदेओ।

8याहवेहले आफ्नो दाहिने हात र आफ्ना शक्तिशाली बाहुलीको शपथ लिनुभएको छ: “म फेरि कहिल्यै तेरो अन्‍न तेरा शत्रुहरूलाई भोजनको निम्ति दिनेछैनँ; अनि नयाँ दाखमद्य, जसको निम्ति तैँले परिश्रम गरेको थिइस्, त्यो विदेशीहरूले कहिल्यै पिउन पाउनेछैनन्।

9तर त्यसको कटनी गर्नेहरूले नै त्यो खानेछन्, र याहवेहको प्रशंसा गर्नेछन्; अनि जसले अङ्‌गुर बटुल्नेछन्, तिनीहरूले नै मेरो पवित्रस्थानका चोकहरूमा ती पिउनेछन्।”

10जाओ, मूलढोकाहरूबाट भएर जाओ! मानिसहरूका निम्ति बाटो तयार पार। बनाओ, राजमार्ग बनाओ! ढुङ्गाहरू हटाओ। जाति-जातिहरूका निम्ति झण्डा खडा गर।

11याहवेहले पृथ्वीको पल्‍लो छेउसम्म घोषणा गर्नुभएको छ: “सियोनकी छोरीलाई भन, ‘हेर्, तेरा मुक्तिदाता आउनुहुन्छ! हेर्, उहाँको पुरस्कार उहाँसित छ, र उहाँको प्रतिफल उहाँको साथमा नै छ।’ ”

12तिनीहरू पवित्र जाति, याहवेहबाट छुटकारा पाएकाहरू भनिनेछन्; तिमीहरूलाई अब उसो परमेश्‍वरले खोज्नुभएको सहर, नत्यागिएको सहर भनिनेछ।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath