ईसाई धर्म
पछाडि

यशैया 55

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1“हे सबै तिर्खाएकाहरू हो, पानीनिर आओ; जससित धन छैन, तिमीहरू पनि आओ, र किनेर खाओ! आओ, विनाधन, विनामूल्य दाखमद्य र दूध किन!

2जे कुरा रोटी होइन, त्यसका निम्ति तिमीहरू किन रकम खर्च गर्छौ; अनि जुन कुराले सन्तुष्‍ट पार्दैन, त्यसको निम्ति किन परिश्रम गर्छौ? सुन, मेरो कुरा सुन, र जे असल छ, त्यो खाओ, ताकि तिमीहरूको प्राण उत्तम भोजनमा तृप्‍त हुन सकोस्।

3कान थाप र मकहाँ आओ; मेरो कुरा सुन, ताकि तिमीहरू जीवित रहन सक। म तिमीहरूसित अनन्तको करार बाँध्नेछु; दावीदलाई प्रतिज्ञा गरेको मेरो विश्‍वासयोग्य प्रेम।

4हेर, मैले त्यसलाई जातिहरूका बीच साक्षी बनाएको छु; मानिसहरूका शासक र सेनापति ठहराएको छु।

5निश्‍चय तिमीहरूले नजानेका राष्ट्रहरूलाई तिमीहरू बोलाइपठाउनेछौ; अनि याहवेह इस्राएलका पवित्र परमेश्‍वरका कारण तिमीहरूलाई नचिनेका जातिहरू तिमीहरूतिर हतारसाथ आउनेछन्; किनकि उहाँले तिमीहरूलाई गौरवले भर्नुभएको छ।”

6जबसम्म याहवेहलाई पाउन सक्छौ, तबसम्म उहाँलाई खोज! उहाँ नजिक हुनुहुँदा नै उहाँलाई पुकार!

7दुष्‍टले आफ्नो चाल, र अधर्मीले आफ्नो विचार त्यागोस्। तिनीहरू याहवेहतिर फर्कून्, र उहाँले तिनीहरूमाथि कृपा देखाउनुहुनेछ; अनि हाम्रा परमेश्‍वरतर्फ फर्कून्; किनकि उहाँले सित्तैँमा क्षमा दिनुहुनेछ।

8“किनकि मेरा विचार तिमीहरूका विचार होइनन्, न त मेरा मार्गहरू तिमीहरूका मार्गहरू हुन्” याहवेह घोषणा गर्नुहुन्छ।

9“जसरी आकाश पृथ्वीभन्दा उच्‍च छ, त्यसरी नै मेरा मार्गहरू तिमीहरूका मार्गहरूभन्दा उच्‍च छन्; अनि मेरा विचारहरू तिमीहरूका विचारहरूभन्दा उच्‍च छन्।

10जसरी वर्षा र हिउँ आकाशबाट झर्छ, र पृथ्वीलाई नभिजाएसम्म र त्यसमा कोपिला लागेर उब्जनी नदिएसम्म, त्यसले छर्नेलाई बिउ र खानेलाई भोजन नदिएसम्म फर्केर जाँदैन;

11त्यसरी नै मेरो मुखबाट निस्केको वचन पनि त्यस्तै हुनेछ: त्यो मकहाँ व्यर्थै फर्कनेछैन, तर त्यसले मैले इच्छा गरेको काम सम्पन्‍न गर्छ; अनि मैले जुन उद्देश्यले त्यसलाई पठाएँ, त्यो प्राप्‍त गर्छ।

12तिमीहरू आनन्दमा जानेछौ, र शान्तिमा डोर्‍याइनेछौ; पर्वतहरू र डाँडाहरूले तिमीहरूको सामु जोडसित गीत गाउनेछन्; अनि वनका रूखहरूले ताली बजाउनेछन्।

13काँडाहरूको सट्टा सल्‍लाका रूखहरू उम्रनेछन्; अनि लुहुँडेकाँडाको सट्टामा मेहदी उम्रनेछ; त्यो कुरा याहवेहको ख्यातिको निम्ति अनन्तको चिन्हको रूपमा हुनेछ, जुन सदाको निम्ति रहनेछ।”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath