यशैया 47
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1“हे बेबिलोनकी कन्ये छोरी, तल गएर धुलोमा बस्; बेबिलोनीहरूकी छोरी, सिंहासनविना नै भुइँमा बस्। अब उसो तँ कलिलो र कोमल भनिनेछैनस्।
2जाँतो लिएर पिठो पिँध्; आफ्नो घुम्टो निकाल्। तेरो फरिया माथि सार्, नाङ्गो जाँघ नछोपी खोलाहरू तर्।
3तेरो नग्नता उघारिनेछ, र तेरो लाज प्रकट हुनेछ। म बदला लिनेछु; एउटैलाई पनि म बाँकी छोड्नेछैनँ।”
4हाम्रा उद्धारकको नाम सेनाहरूका याहवेह हो। उहाँ इस्राएलका पवित्र परमेश्वर हुनुहुन्छ।
5“बेबिलोनीहरूकी छोरी, चुपचाप बस्, अन्धकारभित्र जा; अब उसो तँलाई राज्यहरूकी रानी भनिनेछैन।
6म आफ्ना मानिसहरूसित रिसाएको थिएँ, र मैले आफ्नो उत्तराधिकारलाई अशुद्ध तुल्याएँ; मैले तिनीहरूलाई तेरो हातमा दिएँ, तर तैँले तिनीहरूलाई दया देखाइनस्; वृद्धहरूमाथि पनि तैँले गह्रौँ जुवा लादिदिइस्।
7तैँले, ‘म सदाको निम्ति अनन्तकी रानी भइरहनेछु’ भनिस्; तर तैँले यी कुराहरू विचार गरिनस्, अथवा के होला भनी ध्यान दिइनस्।
8“आफ्नो सुरक्षामा आराम गरिरहने र आफूलाई, ‘म नै हुँ, मबाहेक अरू कोही पनि छैन। म कहिल्यै विधवा हुनेछैनँ, न त छोराछोरी नै गुमाउनेछु’ भनी ठान्ने हे विलासी, अब सुन्।
9यी दुवै कुराहरू, छोराछोरीको वियोग र विधवापन एकै दिनमा तँमाथि आइपर्नेछ। तेरा धेरै तन्त्रमन्त्रहरू र सबै शक्तिशाली टुनामुनाहरू हुँदा-हुँदै पनि ती तँमाथि पूर्ण रूपले आइपर्नेछन्।
10तैँले आफ्नो दुष्टतामाथि भरोसा राखेकी छेस्, र ‘मलाई कसैले देख्नेछैन’ भनेकी छेस्। तैँले आफूलाई, ‘म नै हुँ, र मबाहेक अरू कोही पनि छैन’ भनेकी छेस्; तेरो बुद्धि र ज्ञानले तँलाई कुबाटोमा लगेको छ।
11विपत्ति तँमाथि आइपर्नेछ; त्यसलाई तैँले हटाउन जान्नेछैनस्। प्रकोप तँमाथि आउनेछ, जसलाई तैँले मोल तिरेर पनि भगाउन सक्दिनस्; तैँले पहिलेबाटै देख्न नसकेको प्रलय तँमाथि अचानक आइपर्नेछ।
12“तैँले बाल्यकालदेखि परिश्रम गर्दैआएको टुनामुना र तेरा धेरै तन्त्रमन्त्रमा नै लागिबस्। सायद तँ सफल हुनेछेस्, सायद तैँले आतङ्कित पार्न सक्छेस् कि!
13तैँले सुनेका सबै सल्लाहहरूले तँलाई खिन्न मात्र पारेको छ! तेरा ज्योतिषीहरू अगि आऊन्; ती तारा हेर्नेहरू, जसले महिनैपिच्छे भविष्यका कुरा भन्छन्, तिनीहरूले तँमाथि आउन लागेको कुराहरूबाट तँलाई बचाऊन्।
14तिनीहरू निश्चय नै ठुटाझैँ हुन्; आगोले तिनीहरूलाई जलाइदिनेछ। तिनीहरूले आफूलाई ज्वालाको शक्तिबाट बचाउनसमेत सक्दैनन्। यो कसैलाई न्यानो पार्ने कोइला होइन; न त नजिक बस्ने आगो नै हो।
15तिनीहरूले तँलाई गर्न सक्ने यति नै हो— तिनीहरू जोसित तैँले परिश्रम गरिस् र तेरो बाल्यकालदेखि नै कारोबार गरिस्। तिनीहरू हरेक आफ्नै गल्तीमा लागि बस्छन्; तँलाई बचाउन सक्ने कोही पनि हुनेछैन।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath