यशैया 43
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1तर अब, हे याकोब, तँलाई रच्नुहुने, हे इस्राएल, तँलाई सृष्टि गर्नुहुने, याहवेह यसो भन्नुहुन्छः “नडरा, किनकि मैले तँलाई मोल तिरेर छुटाएको छु; मैले तँलाई नाम काढेर बोलाएको छु; तँ मेरै होस्।
2तँ पानीबाट भएर जाँदा म तँसित हुनेछु; अनि तँ नदीहरूबाट भएर जाँदा तिनले तँलाई बगाउनेछैनन्। तँ आगोबाट हिँडेर जाँदा तँ जल्नेछैनस्; त्यसको ज्वालाले तँलाई भस्म पार्नेछैन।
3किनकि म याहवेह नै तेरा परमेश्वर हुँ; इस्राएलका पवित्र परमेश्वर, तेरा उद्धारकर्ता हुनुहुन्छ। तेरो छुटकाराको मोलको निम्ति मैले इजिप्ट दिएको छु; तेरो सट्टामा कूश र सेबा दिएँ।
4मेरो दृष्टिमा तँ बहुमूल्य र आदरणीय छस्; अनि मैले तँलाई प्रेम गरेको कारणले म मानिसहरूलाई तेरो सट्टामा र राष्ट्रहरूलाई तेरो जीवनको सट्टामा दिनेछु।
5नडरा, किनकि म तँसित छु; म तेरा सन्तानहरूलाई पूर्वबाट ल्याउनेछु, र तँलाई पश्चिमबाट भेला गराउनेछु।
6म उत्तरलाई भन्नेछु, ‘तिनीहरू मलाई दिइहाल्!’ र दक्षिणलाई भन्नेछु, ‘तिनीहरूलाई नरोक्।’ मेरा छोराहरूलाई टाढा-टाढाबाट ल्याओ; अनि मेरा छोरीहरूलाई पृथ्वीको छेउ-छेउबाट ल्याओ;
7मेरो नामले बोलाइएको हरेकलाई, जसलाई मैले आफ्नो महिमाको निम्ति सृष्टि गरेँ, जसलाई मैले नै रचेँ।”
8आँखा भएर अन्धा र कान भएर पनि बहिरा हुनेहरूलाई डोर्याएर निकाल।
9सबै जातिहरू एकसाथ जम्मा होऊन्; अनि मानिसहरू भेला होऊन्। तिनीहरूमध्ये कसले यो अगिबाटै बतायो; अनि अगिका कुराहरूको हामीलाई घोषणा गर्यो? तिनीहरू ठिक हुन् भनेर प्रमाणित गर्न तिनीहरूले साक्षीहरू ल्याऊन्, ताकि अरूले सुनून् र “यो साँचो हो” भनून्।
10“तिमीहरू मेरा साक्षी हौ; याहवेह घोषणा गर्नुहुन्छ, मैले चुनेको मेरा सेवक, ताकि म उही हुँ भनी तिमीहरूले जान्न सक; अनि मलाई विश्वास गर्न र बुझ्न सक। मभन्दा पहिले कुनै ईश्वर रचिएको थिएन, न त मपछि कोही हुनेछ।
11म हुँ, म नै याहवेह हुँ। मबाहेक अरू कुनै उद्धारकर्ता छैन।
12मैले प्रकट गरेको छु, बचाएको छु र घोषणा गरेको छु— तिमीहरूबीच भएको कुनै परदेशी देवताले होइन। मेरा साक्षी तिमीहरू नै हौ,” भनी याहवेह घोषणा गर्नुहुन्छ, कि, “म नै परमेश्वर हुँ,
13हो, प्राचीनकालदेखि म उही हुँ। मेरो हातबाट कसैले छुटाउन सक्दैन। जब म काम गर्छु, कसले त्यसलाई उल्टाउन सक्छ?”
14याहवेह, तिमीहरूका उद्धारक, इस्राएलका पवित्र परमेश्वर भन्नुहुन्छ— “तिमीहरूको खातिर म बेबिलोनमा मानिसहरू पठाउनेछु; अनि सबै बेबिलोनीहरूलाई तिनीहरूले गर्व गरेका जहाजहरूमा शरणार्थीहरूलाई झैँ ल्याउनेछु।
15म नै याहवेह, तिमीहरूका पवित्र परमेश्वर, इस्राएलका सृष्टिकर्ता, तिमीहरूका राजा हुँ।”
16याहवेह यसो भन्नुहुन्छ, जो समुद्रबाट बाटो बनाउनुहुने, शक्तिशाली सागरमा मार्ग बनाउनुहुने,
17रथ र घोडाहरू, सेना र थप सेनालाई एकैसाथ निकाल्नुहुने, तिनीहरू, जो फेरि उठ्न नसक्ने गरी लोटेका थिए; सलेदो निभाइएझैँ निभाइएका थिए:
18“पहिलेका कुराहरू नसम्झ, बितेका कुराहरूमा नअल्झ।
19हेर, म एउटा नयाँ काम गर्दैछु! अहिले नै यो प्रष्ट हुन्छ; के तिमीहरू यसलाई देख्दैनौ? म मरुभूमिमा एउटा बाटो र उजाडभूमिमा खोलाहरू बनाउँदैछु।
20जङ्गली जनावरहरू, स्यालहरू र उल्लुहरूले मलाई आदर गर्छन्; किनकि म आफ्नो चुनिएको जातिलाई पिउनका निम्ति मरुभूमिमा पानी र उजाडस्थानमा खोलाहरू प्रबन्ध गर्छु।
21मैले आफ्नै निम्ति रचेको जातिको निम्ति, ताकि तिनीहरूले मेरो प्रशंसा घोषणा गरून्।
22“तापनि हे याकोब, तैँले मलाई पुकार गरेको छैनस्; हे इस्राएल, तैँले मेरो निम्ति आफैँलाई थकित पारेको छैनस्।
23तैँले मेरो निम्ति होमबलिको भेडा ल्याएको छैनस्, न त आफ्ना बलिदानहरूद्वारा मेरो आदर नै गरेको छस्। मैले तँलाई अन्नबलिको बोझ बोकाएको छैनँ, न त धूपको माग गरेर तँलाई थकित पारेको छु।
24तैँले मेरा निम्ति बास्ना आउने बोझो ल्याएको छैनस्, न त बलिदानका बोसोहरूमा धेरै खर्च गरेको छस्। तर तैँले मलाई आफ्ना पाप बोकाएको छस्; अनि तेरा अपराधहरूले मलाई थकित पारेको छस्।
25“म उही हुँ, जसले आफ्नै खातिर तेरा अधर्महरू मेटिदिन्छु, र तेरा पापहरू कहिल्यै स्मरण गर्नेछैनँ।
26मेरो निम्ति पहिलेका कुरा विचार गर्, हामी आपसमा यस विषयमा तर्क गरौँ; तेरो निर्दोषताको मुद्दा बता।
27पहिलेका तेरो पुर्खाले पाप गरे; तेरा प्रवक्ताहरूले मेरो विद्रोह गरे।
28यसकारण म तेरो मन्दिरका उच्च शासकहरूलाई अपमान गर्नेछु; अनि याकोबलाई नाशको निम्ति र इस्राएललाई गिल्लाहका निम्ति सुम्पिदिनेछु।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath