ईसाई धर्म
पछाडि

यशैया 38

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1ती दिनहरूमा हिजकिया बिरामी भएर मृत्युको मुखैमा पुगे।आमोजका छोरा अगमवक्ता यशैयाले तिनीकहाँ गएर भने, “याहवेह यसो भन्‍नुहुन्छ: आफ्ना घरानालाई ठिक राख्; किनकि तँ मर्नेछस्; तँ निको हुनेछैनस्।”

2हिजकियाले आफ्नो अनुहार भित्तातिर फर्काएर याहवेहलाई प्रार्थना गरे,

3“हे याहवेह, म तपाईंको सामु कसरी विश्‍वासयोग्यतामा र सम्पूर्ण हृदयको भक्तिमा हिँडेको छु, र मैले तपाईंको दृष्‍टिमा जे ठिक छ, त्यही गरेको कुरालाई सम्झनुहोस्।” अनि हिजकिया धुरुधुरु रोए।

4तब याहवेहको वचन यशैयाकहाँ आयो:

5“जा, र हिजकियालाई भन्, ‘याहवेह तेरा पुर्खा दावीदका परमेश्‍वर यसो भन्‍नुहुन्छ: मैले तेरो प्रार्थना सुनेको छु, र तेरो आँसु देखेको छु; म तेरो आयुमा अरू पन्ध्र वर्ष थपिदिनेछु।

6अनि तँ र यस सहरलाई अश्शूरको राजाको हातबाट म छुटकारा दिनेछु, र यस सहरको रक्षा गर्नेछु।

7“ ‘याहवेहले जे प्रतिज्ञा गर्नुभएको छ, सो गर्नुहुनेछ भन्‍ने तेरा निम्ति याहवेहबाट यो चिन्ह हुनेछ:

8म आहाजको सिँढीमा तल गएको घामले बनाएको छायालाई दश कदम पछि सारिदिनेछु।’ ” यसकारण तल गएको घामको छाया दश कदम पछि सर्‍यो।

9आफ्नो बिमार निको भएपछि यहूदाका राजा हिजकियाले लेखे:

10मैले भनेँ, “मेरो जीवनको बीचमा के म मृत्युको मूलढोकाबाट भएर जानुपर्छ, र मेरा बाँकी वर्षहरू मबाट खोसिनेछ?”

11मैले भनेँ, “म फेरि जीवितहरूको देशमा याहवेहलाई देख्नेछैनँ, अब उसो मानव-जातिलाई देख्नेछैनँ, वा अहिले यस संसारमा रहनेहरूसित हुनेछु।

12मेरो घर गोठालाको पालझैँ उखेलिएर मबाट लगिएको छ। तान बुन्‍नेले झैँ मैले आफ्नो जीवनलाई बेह्रेको छु, र उहाँले मलाई तानबाट काटिदिनुभएको छ; दिनरात तपाईंले मलाई अन्त्य गर्नुभएको छ।

13मैले बिहानसम्म धैर्यसाथ पर्खेँ, तर सिंहले झैँ मेरा सबै हाडहरू उहाँले भाँचिदिनुभयो; दिनरात तपाईंले मलाई अन्त्य गर्नुभएको छ।

14म गौँथली वा सारसझैँ चिरबिर कराएँ; मैले विलाप गर्ने ढुकुरझैँ विलाप गरेँ। स्वर्गतिर हेर्दा मेरा आँखा कमजोर भए। म खतरामा छु; हे प्रभु, मेरा सहायताको निम्ति आउनुहोस्!”

15तर म के भन्‍न सक्छु र? उहाँ मसित बोल्नुभएको छ, र उहाँ आफैँले यो गर्नुभएको हो। मेरो प्राणको चिन्ताको कारण म आफ्नो जीवनभरि नम्र भई हिँड्नेछु।

16हे प्रभु, यस्तै कुराहरूद्वारा मानिसहरू जिउँछन्; र मेरो आत्माले पनि यिनमा जीवन पाउँछ। तपाईंले मलाई फेरि स्वस्थ पारिदिनुभयो र मलाई बचाउनुभयो।

17निश्‍चय मेरै शान्तिको निम्ति मैले यस्तो वेदना खप्नुपर्‍यो। तपाईंले आफ्नो प्रेममा मलाई सर्वनाशको खाडलबाट अलग राख्नुभयो; किनकि तपाईंले मेरा सबै पापलाई आफ्नो पिठिउँपछाडि फ्याँकिदिनुभयो।

18किनकि चिहानले तपाईंको प्रशंसा गर्न सक्दैन, मृत्युले तपाईंको प्रशंसा गाउन सक्दैन; खाडलमा पर्नेहरूले तपाईंको विश्‍वासयोग्यताको आशा राख्न सक्दैनन्।

19जिउँदाहरूले मात्र तपाईंको प्रशंसा गर्छन्, जसरी आज म गरिरहेछु; बुबाहरूले आफ्ना सन्तानलाई तपाईंको विश्‍वासयोग्यताबारे बताउँछन्।

20याहवेहले मलाई बचाउनुहुनेछ; अनि हामी याहवेहको मन्दिरमा आफ्ना जीवनकालभरि तार-बाजाहरूसित गाउनेछौँ।

21यशैयाले भनेका थिए, “नेभाराको लेप बनाएर पिलोमा लगाउनू र त्यो निको हुनेछ।”

22हिजकियाले यसो भनी सोधेका थिए, “म याहवेहको मन्दिरमा जानेछु भन्‍ने के चिन्ह हुनेछ?”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath