यशैया 35
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1मरुभूमि र निर्जलभूमि खुशी हुनेछन्; उजाडस्थान रमाएर फक्रनेछ। र अति आनन्दित हुनेछन्; अनि केशरझैँ
2हर्षले फुल्नेछ; त्यो अति खुशी भएर आनन्दले कराउनेछ। लेबनानको महिमा; कर्मेल र शारोनको गौरव त्यसलाई दिइनेछ; तिनीहरूले याहवेहको महिमा र हाम्रा परमेश्वरको प्रताप देख्नेछन्।
3दुर्बल हातहरू बलियो बनाओ! कमजोर घुँडाहरू दह्रिला पार;
4हृदयमा डर बोकेकाहरूलाई भन, “बलियो होओ, नडराओ; तिमीहरूका परमेश्वर आउनुहुनेछ; उहाँ बदला लिन आउनुहुनेछ; उहाँ तिमीहरूलाई बचाउन ईश्वरीय प्रतिशोधसित आउनुहुनेछ।”
5तब अन्धाहरूका आँखा खोलिनेछन्; अनि बहिराहरूका कान बन्द रहनेछैनन्।
6तब लङ्गडाहरू मृगझैँ उफ्रनेछन्; अनि गुँगाहरूको जिब्रोले स्तुति गर्नेछ। उजाडस्थानमा पानी फुटेर निस्कनेछ; अनि मरुभूमिमा खोला बग्नेछ।
7तातो बालुवा ठूलो तलाउ बन्नेछ, तिर्खाएको जमिनमा कलकल गर्ने पानीका मूल फुट्नेछन्। कुनै समय स्याल बस्ने ठाउँमा घाँस, निगालो र काँस हुर्कनेछन्।
8त्यहाँ एउटा राजमार्ग हुनेछ; त्यसलाई पवित्रताको मार्ग भनिनेछ; अशुद्ध त्यसबाट भएर जानेछैन। तर त्यसबाट भएर हिँड्नेहरूका लागि मात्र त्यो हुनेछ; दुष्ट मूर्खहरू त्यसबाट भएर जानेछैनन्।
9त्यहाँ कुनै सिंह हुनेछैन, न त कुनै हिंसक पशु त्यहाँ पुग्न सक्नेछ; तिनीहरू त्यहाँ भेट्टाइनेछैनन्। तर छुटकारा पाएकाहरू मात्र त्यहाँ हिँड्नेछन्।
10याहवेहका मोल तिरेर छुटाइएकाहरू फर्कनेछन्। तिनीहरू सियोनमा गाउँदै पस्नेछन्; तिनीहरूका शिरमा सदासर्वदाको आनन्दको मुकुट हुनेछ। तिनीहरू आनन्द र हर्षमा चुर्लुम्म डुब्नेछन्; अनि दुःख र सुस्केरा हराएर जानेछन्।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath