ईसाई धर्म
पछाडि

यशैया 32

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1हेर, एउटा राजाले धार्मिकतामा राज्य गर्नुहुनेछ; अनि शासकहरूले न्यायपूर्वक शासन गर्नेछन्।

2हरेक मानिस बतासबाट जोगिने आश्रय र आँधीबाट जोगिने शरणस्थानझैँ, मरुभूमिमा पानीको खोलाझैँ, र तिर्खाएको जमिनमा एउटा ठूलो चट्टानको छायाझैँ हुनेछ।

3तब देख्नेहरूका आँखा फेरि बन्द गरिनेछैन; अनि सुन्‍नेहरूका कानले सुन्‍नेछन्।

4अविवेकीको मनले समझशक्तिसाथ बुझ्नेछ; अनि भकभकाउने जिब्रोले स्पष्‍ट र सफासँग बोल्नेछ।

5मूर्खलाई फेरि भद्र भनिनेछैन, न त बदमासलाई उच्‍च आदर दिइनेछ।

6किनकि मूर्खले अज्ञानताको कुरा गर्छ, त्यसको मन दुष्‍ट कुराहरूमा लागिरहन्छ; त्यसले भक्तिहीनताका कामहरू गर्छ; अनि याहवेहको विषयमा गलत कुरा फैलाउँछ; भोकोलाई त्यसले भोकै छोड्छ, र तिर्खाएकोलाई त्यसले पानी दिँदैन।

7बदमासका काम गर्ने तरिकाहरू दुष्‍ट हुन्छन्, र खाँचोमा परेकाहरूको बिन्ती न्यायोचित भए तापनि गरिबहरूलाई झूटले नाश गर्नलाई त्यसले दुष्‍ट योजनाहरू बनाउँछ।

8तर भलादमीले भलो युक्ति रच्दछ; अनि भलो कामहरूद्वारा नै त्यो खडा रहन्छ।

9हे ढुक्‍कसित बस्‍ने स्त्रीहरू हो, उठ र मेरो कुरा सुन; आफूलाई सुरक्षित ठान्‍ने छोरीहरू हो, मैले भन्‍नुपर्ने कुरा सुन!

10एक वर्षभन्दा केही बढी समयमा तिमीहरू सुरक्षित ठान्‍नेहरू काँप्नेछौ; अङ्‌गुरको फसलै हुनेछैन, र फलको कटनी हुनेछैन।

11हे ढुक्‍क बस्‍ने स्त्रीहरू हो, थरथर होओ; आफूलाई सुरक्षित ठान्‍ने हे छोरीहरू हो, थरथर काम! आफ्ना राम्रा लुगा फुकाल, र आफ्ना कम्मरमा भाङ्ग्रा लगाओ।

12असल खेतहरूका निम्ति, फलदायक दाखको निम्ति आफ्ना छाती पिट;

13अनि मेरो जातिका देशको निम्ति, काँडा र सिउँडीले ढाकेको देशका निम्ति— हो, सबै आनन्द मनाउने घरहरूका निम्ति, र यो आनन्दको सहरको निम्ति बिलौना गर।

14किल्‍ला त्यागिनेछ, हल्‍लाको सहर शून्य हुनेछ; किल्‍ला र रक्षा-धरहरा सदाका निम्ति बेकामका रहनेछन्; जङ्गली गधाको निम्ति हर्ष र गाईबस्तुका निम्ति चरन हुनेछन्;

15जबसम्म माथिबाट हामीमा आत्मा खन्याइदैन, र मरुभूमि मलिलो खेत हुँदैन, र मलिलो खेत जङ्गलझैँ देखिँदैन;

16याहवेहको न्यायले त्यस मरुभूमिमा वास गर्नेछ। अनि मलिलो खेतमा उहाँको धार्मिकता रहनेछ।

17धार्मिकताको फल शान्ति हुनेछ; अनि धार्मिकताको प्रभाव सदाको निम्ति चैन र भरोसा हुनेछ।

18मेरा मानिसहरू शान्तिपूर्ण वासस्थानहरूमा, सुरक्षित घरहरूमा र शान्त विश्राम स्थलहरूमा बस्‍नेछन्।

19असिनाले जङ्गललाई पूरै ढाके तापनि सहर पूर्ण रूपले समतल भए तापनि

20तिमीहरू आफ्ना बिउहरू प्रत्येक खोलाको किनारमा छर्दै, अनि आफ्ना गाईबस्तु र गधाहरूलाई ढुक्‍कै चर्नका निम्ति दिन पाउँदा तिमीहरू कति धन्यका हुनेछौ।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath