ईसाई धर्म
पछाडि

यशैया 31

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1धिक्‍कार तिनीहरूलाई, जो सहायता पाउनका निम्ति इजिप्टमा जान्छन्, घोडाहरूमाथि भर पर्दछन्, तिनीहरू आफ्ना असंख्य रथहरू र घोडसवारहरूका सामर्थ्यमा भरोसा राख्छन्, तर इस्राएलका पवित्र परमेश्‍वरतिर हेर्दैनन्; न त याहवेहबाट सहायता खोज्छन्।

2यद्यपि उहाँ पनि बुद्धिमान् हुनुहुन्छ र विपत्ति ल्याउन सक्नुहुन्छ; उहाँले आफ्नो वचन फिर्ता लिनुहुन्‍न। उहाँ दुष्‍ट राष्ट्रको विरुद्ध उठ्नुहुनेछ, तिनीहरूको विरुद्ध, जसले दुष्‍ट काम गर्नेहरूलाई सहायता दिन्छन्।

3इजिप्टियनहरू मानिस मात्र हुन्, परमेश्‍वर होइनन्; तिनीहरूका घोडाहरू शरीर हुन्, आत्मा होइनन्। जब याहवेहले आफ्नो हात पसार्नुहुन्छ, तब सहायता गर्नेले ठेस खानेछ; र सहायता पाउने पनि लोट्नेछ; ती दुवै एकैसाथ नष्‍ट हुनेछन्।

4याहवेहले मलाई यो कुरो भन्‍नुहुन्छ: “जसरी सिंह गर्जन्छ, अथवा जवान सिंहले आफ्नो शिकारमाथि गर्जन्छ— अनि गोठालाहरूको सम्पूर्ण दल, त्यसको विरुद्ध एकजुट भएर, तिनीहरू कराए तापनि त्यो तर्सिँदैन, अथवा तिनीहरूका हल्‍लाखल्‍लाले विचलित हुँदैन। त्यसरी नै सेनाहरूका याहवेह सियोन पर्वतमा, र त्यसको उचाइमा युद्ध गर्न आउनुहुनेछ।

5चराहरूले आफ्नो गुँडको रक्षा गरेझैँ सेनाहरूका याहवेहले यरूशलेमको रक्षा गर्नुहुनेछ। उहाँले त्यसलाई रक्षा गर्नुहुनेछ, र त्यसलाई छुटाउनुहुनेछ। उहाँ त्यसबाट भएर जानुहुनेछ र त्यसलाई छुटाउनुहुनेछ।”

6हे इस्राएलीहरू हो, उहाँको विरुद्ध तिमीहरूले यति धेरै विद्रोह गरेका छौ, उहाँकहाँ फर्क।

7किनकि त्यस दिन तिमीहरूले आफ्ना पापी हातले बनाएका चाँदी र सुनका मूर्तिहरू त्याग्नेछौ।

8“अश्शूरीहरू तरवारद्वारा नाश पारिनेछन्, तर मानिसबाटको तरवारले होइन। तिनीहरू तरवारको सामु भाग्नेछन्; अनि तिनीहरूका जवानहरू बेगारी काममा लगाइनेछन्।

9तिनीहरूका किल्‍ला आतङ्कको कारणले ढल्नेछ; लडाइँको झण्डा देखेर तिनीहरूका सेनापतिहरू त्रासित हुनेछन्।” याहवेह यो घोषणा गर्नुहुन्छ, जसको आगो सियोनमा छ, जसको भट्टी यरूशलेममा छ।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath