ईसाई धर्म
पछाडि

यशैया 24

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1हेर, याहवेहले पृथ्वीलाई उजाड पार्न र त्यसलाई विनाश गर्न लाग्नुभएको छ; उहाँले त्यसको सतह नष्‍ट पारिदिनुहुनेछ; अनि त्यसका बासिन्दाहरूलाई छरपस्ट पारिदिनुहुनेछ।

2यस्तो हालतचाहिँ सबैका निम्ति एकैनास हुनेछ: जस्तो सर्वसाधारणको हालत, पुजारीहरूको पनि त्यस्तै हालत, जस्तो कमाराको हालत, मालिकको पनि त्यस्तै हालत, जस्तो कमारीको हालत, मालिक्नीको पनि त्यस्तै हालत, जस्तो किन्‍नेको हालत, बेच्नेको पनि त्यस्तै हालत, जस्तो ऋण दिनेको हालत, ऋण लिनेको पनि त्यस्तै हालत हुनेछ।

3पृथ्वी पूर्ण रूपले उजाड रहनेछ; अनि पूर्ण रूपले लुटपाट गरिनेछ। याहवेहले यो वचन बोल्नुभएको हो।

4पृथ्वी सुक्नेछ र ओइलाउनेछ; संसारले विलाप गर्नेछ र ओइलाउनेछ; पृथ्वीका उच्‍च मानिसहरू दुर्बल हुनेछन्।

5पृथ्वी त्यसमा भएका मानिसहरूद्वारा अशुद्ध भएको छ; तिनीहरूले व्यवस्था भङ्ग गरेका छन्, आज्ञाहरू उल्‍लङ्घन गरेका छन्; अनि अनन्तको करार तोडेका छन्।

6यसकारण श्रापले पृथ्वीलाई निलिहाल्छ; यसका मानिसहरूले आफ्ना दोषको दण्ड भोग्नुपर्छ। यसकारण पृथ्वीका बासिन्दाहरू जलाइएका छन्; अनि थोरै मात्र बाँकी रहेका छन्।

7नयाँ दाखमद्य सुकेर जान्छ र दाख ओइलाउँछ; आनन्द मनाउनेहरू सबै सुस्केरा हाल्छन्।

8खैँजडीको हर्ष बन्द भएको छ, हर्ष मनाउनेहरूको हल्‍ला रोकिएको छ, हर्षपूर्ण वीणाको आवाज बन्द छ।

9तिनीहरूले गीतसित मद्य पिउन छोडे; मद्य पिउनेहरूलाई त्यो तितो लाग्छ।

10ध्वंस भएको सहर उजाड भएको छ; हरेक घरको प्रवेशद्वार बन्द भएको छ।

11सडकहरूमा तिनीहरू मद्यको निम्ति कराउँछन्; सबै आनन्द शोकमा परिणत हुन्छन्, सबै उल्‍लास पृथ्वीबाट हराइसक्यो।

12सहर ध्वंस भएको अवस्थामा छोडिएको छ, त्यसका मूलढोकाहरू टुक्रा-टुक्रा पारिएका छन्।

13जैतुनको रूख हल्‍लाउँदा फलहरू झरे जस्तो, अथवा अङ्‌गुर टिपिसकेपछि शिला छोडिएको जस्तो, त्यो पृथ्वीमा र जाति-जातिहरूमा हुनेछ।

14तिनीहरूले आफ्ना सोर उचाल्छन्, तिनीहरू आनन्दसाथ कराउँछन्; पश्‍चिमबाट तिनीहरूले याहवेहको महानताको जयजयकार गर्छन्।

15यसकारण पूर्वमा याहवेहलाई महिमा देओ; याहवेह, इस्राएलका परमेश्‍वरको नाम समुद्रका टापुहरूमा पनि उच्‍च पार।

16पृथ्वीको अन्तिम छेउबाट हामी गाएका सुन्छौँ: “धर्मीलाई महिमा होस्।” तर मैले भनेँ, “म सुकेर जाँदैछु, म सुकेर जाँदैछु! मलाई धिक्‍कार छ! धोकाबाजीहरूले विश्‍वासघात गर्छन्! बेइमानीसाथ धोकाबाजीहरूले विश्‍वासघात गर्छन्!”

17हे पृथ्वीका मानिस हो, तिमीहरूलाई आतङ्क, खाडल र पासोले पर्खिरहेका छन्।

18आतङ्कको सोरमा भाग्नेहरू खाडलमा पर्नेछन्; खाडलबाट माथि चढ्नेहरू पासोमा पर्नेछन्। स्वर्गका भलका मूलढोकाहरू उघारिनेछन्, पृथ्वीका जगहरू हल्‍लिन्छन्।

19पृथ्वी टुक्रिएको छ, पृथ्वी भाग-भाग भएको छ, पृथ्वी जोडसित हल्‍लिएको छ।

20पृथ्वी मतवालाझैँ धरमराउँछ, झुप्रोलाई हावाले हल्‍लाएझैँ त्यो हल्‍लिन्छ; त्यसको विद्रोहको दोष यति गह्रौँ छ कि त्यो ढल्नेछ—कहिल्यै उठ्नेछैन।

21त्यस दिन याहवेहले माथि आकाशका शक्तिहरूलाई र तल पृथ्वीमा भएका राजाहरूलाई दण्ड दिनुहुनेछ।

22तिनीहरू खाडलभित्र बाँधेर राखिएका कैदीहरूझैँ एकसाथ थुपारिनेछन्; तिनीहरू झ्यालखानामा बन्द गरिनेछन्, र धेरै दिनपछि दण्ड भोग्नेछन्।

23चन्द्रमाले शर्म मान्‍नेछ, र सूर्य लज्जित हुनेछ; किनकि सेनाहरूका याहवेहले सियोन पर्वतमा, यरूशलेममा, र त्यसका प्रधानहरूको सामु महिमासित शासन गर्नुहुनेछ।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath