ईसाई धर्म
पछाडि

यशैया 23

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1टायरको विषयमा भविष्यवाणी: हे तर्शीशका जहाज हो, विलाप गर! किनकि टायर नाश भएको छ, र घर वा बन्दरगाहरहित भएको छ। कित्तीम देशबाट, तिनीहरूकहाँ यो वचन आएको छ।

2हे टापुका मानिसहरू र सीदोनका व्यापारीहरू हो, चुप लाग! तिमीहरूलाई समुद्री व्यवसायीहरूले धनी तुल्याएका छन्।

3विशाल समुद्रमा शीहोरका अन्‍न आयो; नील नदीको कटनी टायरको कर थियो; अनि त्यो जातिहरूको व्यापार-केन्द्र भएको थियो।

4हे सीदोन र सामुद्रिक किल्‍ला, लज्जित होओ; किनकि समुद्रले यसो भनेको छ: “न म सुत्केरी वेदनामा परेकी छु, न त मैले बालक जन्माएकी छु; न त मैले छोराहरू हुर्काएकी छु, न छोरीहरूलाई पालनपोषण गरेकी छु।”

5जब इजिप्टमा वचन आउँछ, तब तिनीहरू टायरको समाचार सुनेर दुःखित हुनेछन्।

6तिमीहरू तर्शीशतिर जाओ; हे टापुका मानिसहरू हो, विलाप गर।

7के तिमीहरूका मनोरञ्जनको सहर यही हो? त्यो पुरानो, अति पुरानो सहर, जसका खुट्टाले त्यसलाई टाढा देशहरूमा गएर बसोबास गर्न लगायो!

8मुकुटहरू प्रदान गर्ने टायरको विरुद्धमा कसले यो योजना बनायो? जसका व्यापारीहरू राजकुमारहरू हुन्, जसका व्यापारीहरू संसारमा प्रख्यात छन्!

9त्यसका सबै प्रतापको घमण्डलाई होच्याउन, र संसारमा प्रख्यात भएकाहरूलाई नम्र तुल्याउन सेनाहरूका याहवेहले नै यो योजना बनाउनुभएको हो।

10हे तर्शीशकी छोरी, नील नदीको किनारमा जस्तै आफ्नो जमिन जोत्, किनकि अब तँसित कुनै बन्दरगाह रहेन।

11याहवेहले आफ्नो हात समुद्रमाथि पसार्नुभएको छ, र त्यसका राज्यहरूलाई हल्‍लाउनुभएको छ। उहाँले त्यसको किल्‍ला नष्‍ट होस् भनेर फोनिकेको विषयमा आज्ञा दिनुभएको छ।

12उहाँले भन्‍नुभयो, “हे सीदोनकी कन्या छोरी, अब तेरा निम्ति खुशी आउनेछैन, तँ श्रापित भइस्! “उठ्, कित्तीम र पश्‍चिमी किनारमा जा; त्यहाँ पनि तैँले विश्राम पाउनेछैनस्।”

13बेबिलोनीहरूको देशलाई हेर्, यो जाति, जसको अब कुनै मूल्य छैन! अश्शूरहरूले त्यसलाई मरुभूमिका जन्तुहरूको ठाउँ बनाएका छन्; तिनीहरूले आफ्ना घेराबन्दीका धरहराहरू अग्ला बनाए; तिनीहरूले त्यसका किल्‍लाहरू नाङ्गो पारिदिए, र त्यसलाई नष्‍ट गरिदिए।

14हे तर्शीशका जहाजहरू हो, विलाप गर; तिमीहरूको किल्‍ला नष्‍ट पारिएको छ!

15त्यस समय टायर सत्तरी वर्षसम्म, अर्थात् एउटा राजाको जीवन अवधिसम्म बिर्सिईनेछ। तर सत्तरी वर्ष बितेपछि टायरको दशा एउटी वेश्याको गीतजस्तै हुनेछ।

16“हे बिर्सिएकी वेश्या, वीणा लिएर सहरको बीचमा वरिपरि घुमिहिँड्; सुमधुर वीणा बजा, धेरै गीत गा, र तेरो फेरि स्मरण गरियोस्!”

17सत्तरी वर्ष बितेपछि यस्तो हुनेछ: याहवेहले टायरसित व्यवहार गर्नुहुनेछ। त्यो आफ्नो वेश्यावृत्तिको पेशातिर फर्किनेछे, र त्यसले पृथ्वीभरिका राज्यहरूसित आफ्नो व्यापार गर्नेछे।

18र पनि त्यसको लाभ र त्यसको कमाइ याहवेहको निम्ति छुट्याइनेछ; ती भण्डारमा राखिनेछैनन् अथवा थुपारिनेछैनन्। त्यसका लाभहरू याहवेहको सामु रहनेहरूका निम्ति प्रशस्त भोजन र मसिनो वस्त्रको लागि जानेछन्।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath