यशैया 21
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1समुद्रको किनारमा भएको उजाडस्थानको विषयमा भविष्यवाणी: भुमरीले दक्षिण देशलाई स्वात्तै लगेझैँ, उजाडस्थानबाट, आतङ्कको देशबाट एउटा आक्रमणकारी आउँछ।
2मलाई एउटा डरलाग्दो दर्शन देखाइएको छ: देशद्रोहीले विश्वासघात गर्छ, लुटेराले लुटेर लैजान्छ। एलाम, आक्रमण गर्! मादी घेरा हाल्! म त्यसका सबै क्रन्दनहरू समाप्त गरिदिनेछु।
3यस दर्शनले मेरो शरीर कष्टले भरिएको छ, मलाई प्रसव-वेदनामा परेकी स्त्रीलाई झैँ व्यथा लागेको छ; म जे सुन्छु, त्यसको कारण म धरमराएको छु, म जे देख्छु, त्यसको कारण म हडबडाएको छु।
4मेरो हृदय काम्छ, डरले मलाई ढुक-ढुक बनाउँछ; मैले इच्छा गरेको साँझ मेरा निम्ति त्रास भएको छ।
5तिनीहरू टेबुल सजाउँछन्, तिनीहरू गलैँचा ओछ्याउँछन्, तिनीहरू खान्छन्, तिनीहरू पिउँछन्! अधिकृतहरू उठ, ढालमा तेल लगाओ!
6प्रभु मलाई यसो भन्नुहुन्छ: “जा, पहरेदार खटा, र त्यसले के देख्छ, त्यो बताओस्।
7जब त्यसले घोडाको टोलीसित रथहरू, गधामाथि सवार भएकाहरू अथवा ऊँटमाथि सवार भएकाहरूलाई देख्छ, तब त्यो सावधान, खूबै सावधान रहोस्।”
8तब पहरेदार चिच्यायो, “मेरा प्रभु, म दिनहुँ धरहरामा खडा रहन्छु; प्रत्येक रात म आफ्नो चौकीमा बस्छु।
9हेर्नुहोस्, एउटा मानिस घोडाहरूको टोलीसित रथमा सवार भएर आइरहेछ। अनि त्यसले प्रत्युत्तर दिन्छ: ‘बेबिलोन ढलेको छ, ढलेको छ! त्यसका देवताहरूका सबै मूर्तिहरू चकनाचुर पारिएर भुइँमा छरिएका छन्।’ ”
10हे खलामा दाइँ गरिएका मेरा मानिस हो, मैले सेनाहरूका याहवेह, इस्राएलका परमेश्वरबाट जे सुनेको छु, त्यो म तिमीहरूलाई भन्छु।
11दुमाको विरुद्धमा भविष्यवाणी: सेइरबाट मलाई कसैले बोलाउँछ, “पहरेदार, रात कति बाँकी छ? पहरेदार, रात कति बाँकी छ?”
12पहरेदारले जवाफ दिन्छ, “बिहान हुन लाग्यो, तर पनि रात आउँदैछ। यदि तिमीलाई केही सोधखोज गर्ने हो भने सोध; र फेरि फर्केर सोध्न आऊ।”
13अरब देशको विषयमा भविष्यवाणी: ददानीहरूका यात्री दलहरू, जो अरबका झाडीहरूमा छाउनी हालेर बस्छौ,
14तिर्खाएकाहरूको निम्ति पानी ल्याओ; तेमामा बस्नेहरू, शरणार्थीहरूका निम्ति भोजन ल्यायो।
15तिनीहरू तरवारबाट, नाङ्गो तरवारबाट, नुहेका धनुबाट, र घोर लडाइँबाट भाग्छन्।
16प्रभु मलाई यसो भन्नुहुन्छ: “वाचा-बन्धनमा परेको सेवकले दिन गनेझैँ एक वर्षभित्रमा केदारका सबै रवाफ समाप्त हुनेछ।
17धनुर्धारीहरू र केदारका योद्धाहरू थोरै मात्र बाँच्नेछन्।” याहवेह, इस्राएलका परमेश्वर बोल्नुभएको छ।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath