ईसाई धर्म
पछाडि

यशैया 19

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1इजिप्टको विरुद्धमा भविष्यवाणी: हेर, याहवेह तेजिलो बादलमा सवार भएर इजिप्टमा आउँदैहुनुहुन्छ। इजिप्टका मूर्तिहरू उहाँको सामु थरथर काँप्छन्; अनि इजिप्टियनहरूका हृदय भित्रभित्रै पग्लन्छन्।

2“म इजिप्टियनहरूलाई इजिप्टियनहरूकै विरुद्धमा सुर्‍याउनेछु— दाजुभाइहरू आपसमा लडाइँ गर्नेछन्— छिमेकीको विरुद्ध छिमेकी, सहरको विरुद्ध सहर, राज्यको विरुद्ध राज्य।

3इजिप्टियनहरू निराश हुनेछन्, र म तिनीहरूको योजना विफल गराउनेछु; तिनीहरूले मूर्तिहरू र मरेकाहरूका आत्मासित, तन्त्रमन्त्र गर्नेहरू र भूतप्रेत खेलाउनेहरूसित सल्‍लाह लिनेछन्।

4म इजिप्टियनहरूलाई निर्दयी मालिकको अधीनमा सुम्पिदिनेछु, र एउटा निर्दयी राजाले तिनीहरूमाथि शासन गर्नेछ,” सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।

5नदीका पानी सुकेर जानेछन्, र त्यो नदीको सतह घटेर सुक्खा हुनेछ।

6नहरहरू गन्हाउनेछन्; इजिप्टका खोलाहरू घटेर सुकिजानेछन्। निगालो र काँस ओइलाउनेछन्।

7नील नदीका किनारका र नदीका नजिकै भएका बिरुवाहरू पनि ओइलाउनेछन्। नील नदीका किनारमा लगाएका प्रत्येक बाली सुकेर जानेछ, र ती बतासले उडाएर लैजानेछ।

8सबै मछुवाहरू सुस्केरा मार्दै विलाप गर्नेछन्, जो नील नदीमा जाल हान्छन्; पानीमा जाल हान्‍नेहरू दुःखित हुनेछन्।

9कपडा बनाउनेहरू निराश हुनेछन्, मसिनो सनपाट बुन्‍नेहरूले आशा मार्नेछन्।

10कपडा बुन्‍नेहरू उदास हुनेछन्, र ज्यालामा काम गर्नेहरू सबैको हृदय दुःखित हुनेछ।

11सोअनका अधिकृतहरू सबै मूर्ख छन्; फारोका बुद्धिमानी सल्‍लाहकारहरूले अर्थहीन सल्‍लाह दिन्छन्। तिमीहरूले फारोलाई, “म बुद्धिमानी मानिसहरूमध्ये एक हुँ, प्राचीन राजाहरूको एक चेला हुँ” भनेर कसरी भन्‍न सक्छौ?

12तेरा बुद्धिमान् मानिसहरू अहिले कहाँ छन्? इजिप्टको विरुद्ध सेनाहरूका याहवेहले कस्तो योजना गर्नुभएको छ भनी तिनीहरूले तँलाई देखाऊन्।

13सोअनका अधिकृतहरू मूर्ख भएका छन्; मेम्फिसका अगुवाहरू धोकामा परेका छन्; त्यसका मानिसहरूका कुने-ढुङ्गाहरूले इजिप्टलाई बहकाएका छन्।

14याहवेहले तिनीहरूलाई विचलित गराउने आत्मा खन्याइदिनुभएको छ; मतवाला आफ्नो बान्ताको वरिपरि धरमरिएझैँ; तिनीहरूले इजिप्टलाई आफूले गरेका सबै काममा ढलपल गर्ने तुल्याएका छन्।

15इजिप्टले गर्न सक्ने केही छैन— चाहे शिर होस् वा पुच्छर, खजूरको हाँगा होस् वा निगालो।

16त्यस दिन इजिप्टियनहरू कमजोर स्त्रीहरूझैँ हुनेछन्। तिनीहरू सेनाहरूका याहवेहले तिनीहरूको विरुद्ध उठाउनुभएको हात देखेर डरले काँप्नेछन्।

17तिनीहरूको विरुद्ध सेनाहरूका याहवेहले जुन योजना बनाउनुहुँदैछ, त्यसको कारण यहूदाको देशले इजिप्टियनहरूमा आतङ्क ल्याउनेछ, यहूदाको नाम सुनेर हरेक आतङ्कित हुनेछन्।

18त्यस दिन इजिप्टका पाँच वटा सहरहरूले कनानको भाषा बोल्नेछन्, र सेनाहरूका याहवेहप्रति आफ्नो भक्तिको शपथ खानेछन्। तीमध्ये एउटालाई सर्वनाशको सहर भनिनेछ।

19त्यस दिन इजिप्टको बीचमा याहवेहको निम्ति एउटा वेदी हुनेछ, र त्यसको सिमानामा याहवेहको निम्ति एउटा स्मारक खडा गरिनेछ।

20त्यो इजिप्टमा सेनाहरूका याहवेहको निम्ति एउटा चिन्ह र साक्षी हुनेछ। आफ्ना अत्याचारीहरूको कारण तिनीहरूले याहवेहलाई पुकार्दा, उहाँले तिनीहरूलाई एक जना उद्धारकर्ता र रक्षक पठाउनुहुनेछ; अनि उहाँले तिनीहरूलाई छुटाउनुहुनेछ।

21यसरी याहवेहले आफूलाई इजिप्टियनहरूकहाँ चिनाउनुहुनेछ; अनि त्यस दिन तिनीहरूले याहवेहलाई स्वीकार गर्नेछन्। तिनीहरूले बलिदान र अन्‍नबलिले पुज्नेछन्; तिनीहरूले याहवेहमा भाकल गर्नेछन् र ती पूरा गर्नेछन्।

22याहवेहले इजिप्टमाथि विपत्तिले प्रहार गर्नुहुनेछ; उहाँले तिनीहरूलाई प्रहार गर्नुहुनेछ र निको पार्नुहुनेछ। तिनीहरू याहवेहतिर फर्कनेछन्, र उहाँले तिनीहरूका बिन्ती सुनेर तिनीहरूलाई निको पार्नुहुनेछ।

23त्यस दिन इजिप्टदेखि अश्शूरसम्म एउटा राजमार्ग हुनेछ। अश्शूरीहरू इजिप्टमा आउनेछन्, र इजिप्टियनहरू अश्शूरमा जानेछन्; अनि इजिप्टियनहरू र अश्शूरीहरूले एकैसाथ आराधना गर्नेछन्।

24त्यस दिन इजिप्ट र अश्शूरको साथमा इस्राएल पृथ्वीमा एउटा आशिष्‌को तेस्रो देश बन्‍नेछ।

25सेनाहरूका याहवेहले यसो भनेर तिनीहरूलाई आशिष् दिनुहुनेछ, “इजिप्ट मेरो प्रजा, अश्शूर मेरो हातको काम र इस्राएल मेरो उत्तराधिकारी धन्यका होऊन्।”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath