यशैया 18
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1धिक्कार, कूशका नदीहरूका किनारमा भएको हुरुरु आवाज निकाल्नेहरूको देश,
2जसले पानीमाथि निगालोका डुङ्गाहरूमा समुद्री बाटोद्वारा दूतहरू पठाउँछ। फूर्तिला दूतहरू, अग्ला र चिल्ला छाला भएका मानिसहरूकहाँ जाओ; चारैतिर डर मानिएका जातिकहाँ, अनौठो बोली भएका आक्रमणकारी जातिकहाँ, जसको देशलाई नदीहरूले भाग-भाग गरेको छ।
3हे संसारका सबै मानिसहरू हो, जो यस पृथ्वीमा बस्दछौ, जब पर्वतहरूमा एउटा झण्डा उठाइन्छ, तिमीहरूले त्यसलाई देख्नेछौ; अनि तुरही बज्दा तिमीहरूले त्यो सुन्नेछौ।
4याहवेहले मलाई यसो भन्नुहुन्छ: “म चुपचाप रहनेछु र घाम चर्केको तापझैँ, र कटनीको समय गर्मीमा शीतको बादलझैँ आफ्नो वासस्थानबाट हेर्नेछु।”
5किनकि जब कटनीको अगि कोपिला फक्रिसकेको हुन्छ, र फूलबाट बढेर अङ्गुर पाकेको हुन्छ, तब उहाँले टुसालाई हँसियाले छिँवल्नुहुनेछ; अनि फैलिएका ती हाँगाहरूलाई काटेर लैजानुहुनेछ।
6तिनीहरू पर्वतका शिकारी पक्षीहरूकहाँ र वन-पशुहरूकहाँ छोडिनेछन्; तब पक्षीहरूले ग्रीष्मकालभरि र वन-पशुहरूले चाहिँ हिउँदभरि खानेछन्।
7त्यस समय सेनाहरूका याहवेहको अगि उपहार ल्याइनेछ। अग्ला र चिल्ला छाला भएका मानिसहरूबाट चारैतिर डर मानिएका जातिबाट, अनौठो बोली भएका आक्रमणकारी जातिबाट, जसको देशलाई नदीहरूले भाग गरेको छ। सेनाहरूका याहवेहको नाम भएको ठाउँमा सियोन पर्वतमा नै याहवेहकहाँ उपहार ल्याइनेछ।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath