यशैया 17
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1दमस्कसको विषयमा भविष्यवाणी: “हेर, अब उसो दमस्कस एउटा सहर रहनेछैन, तर त्यो भग्नावशेष थुप्रोको रास हुनेछ।
2अरोएरका सहरहरू उजाड पारिनेछन्, त्यहाँ बगाल चर्नेछन् र आराम गर्नेछन्; अनि कसैले तिनीहरूलाई तर्साउनेछैन।
3सुरक्षित सहर एफ्राइमबाट हराउनेछ, र दमस्कसबाट राजकीय शक्ति हटाइनेछ; अरामका बाँचेको भाग इस्राएलीहरूको गौरवझैँ हुनेछ,” सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।
4“त्यस दिन याकोबको गौरव लोप हुनेछ; त्यसको शरीरको बोसो बिलाएर जानेछ।
5कटनी गर्नेले खडा रहेको बाली जम्मा गरेजस्तो त्यो हुनेछ; त्यसको हातले अन्न टिपेझैँ रपाईहरूको बेँसीमा कुनै मानिसले शिला-बाला टिपेझैँ त्यो हुनेछ।
6तापनि जैतुनको रूखबाट फल झारेपछि दुई-तीन वटा फल हाँगाको टुप्पाका रहेझैँ, चार-पाँच वटा फलदायक हाँगाहरूमा रहेझैँ, केही शिला-बालाचाहिँ रहनेछन्,” याहवेह, इस्राएलका परमेश्वर घोषणा गर्नुहुन्छ।
7त्यस दिन मानिसहरूले आफ्ना सृष्टिकर्तालाई हेर्नेछन्; अनि तिनीहरूका आँखा इस्राएलका पवित्र परमेश्वरतिर फर्काउनेछन्।
8तिनीहरूले वेदीहरूतिर हेर्नेछैनन् जो तिनीहरूका आफ्ना हातका कामहरू हुन्; अनि अशेरा देवीका खम्बाहरू र आफ्ना औँलाले बनाएको धूप-वेदीहरूप्रति तिनीहरूको श्रद्धा हुनेछैन।
9त्यस दिन तिनीहरूले इस्राएलीहरूका कारण छोडेका आफ्ना बलिया सहरहरू जङ्गलका निम्ति त्यागिएका ठाउँहरूझैँ हुनेछन्। अनि सबै उजाडस्थान भइजानेछ।
10तिमीहरूले परमेश्वर आफ्ना उद्धारकर्तालाई बिर्सेका छौ; तिमीहरूले आफ्ना चट्टान र किल्लालाई सम्झेका छैनौ। यसकारण तिमीहरूले उत्तम बोटहरू र परदेशी कलमीहरू रोप्छौ,
11तिमीहरूले रोपेकै दिन ती हुर्काए तापनि; अनि तिमीहरूले ती बिहान रोपेर कोपिला लागे तापनि रोग र निको नहुने कष्टको दिनमा कटनी शून्य हुनेछ।
12हाय! धेरै राष्ट्रहरूका खैलाबैला, तिनीहरू जो समुद्रझैँ हल्ला मच्चाउँछन्! सुन! जातिहरूका खैलाबैला— तिनीहरू जो समुद्रको गर्जनझैँ गर्जन्छन्!
13पानीको बेग गर्जेझैँ मानिसहरू गर्जिए तापनि परमेश्वरले तिनीहरूलाई हप्काउनुहुँदा तिनीहरू टाढा-टाढा भाग्नेछन्; अनि डाँडाहरूमा हावाले उडाएका भुसझैँ, र आँधीको सामु सानो झारझैँ हुर्याइनेछन्।
14साँझमा अचानक आतङ्क हुन्छ! बिहान उज्यालो हुनुअगि नै तिनीहरू गइसकेका हुन्छन्! हामीलाई लुट्नेहरूको भाग यस्तै हुनेछ; हामीलाई लुटपाट गर्नेहरूको गति यही हुनेछ।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath