यशैया 16
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1सेलाबाट सियोनका छोरीहरूको पर्वतमा देशका शासककहाँ सौगातको रूपमा थुमाहरू पठाओ।
2अर्नोनका जँघारमा सियोनका स्त्रीहरू, गुँडबाट धपाइएर यताउता उडिरहने चराहरूझैँ भएका छन्।
3मोआबले भन्छ, “हामीलाई सल्लाह देओ, एउटा निर्णय लेओ। मध्यदिनमा तिम्रो छाया रातझैँ बनाओ! भगुवाहरूलाई लुकाओ, शरणार्थीहरूलाई धोका नदेओ!
4मोआबी भगुवाहरूलाई तिमीहरूसित बस्न देओ; नाश गर्नेहरूको सामु तिनीहरूका निम्ति आश्रय बनिदेओ।” थिचोमिचो गर्नेहरूको अन्त्य हुनेछ, र सर्वनाश समाप्त हुनेछ; आक्रमणकारी देशबाट लोप हुनेछ।
5प्रेममा एउटा सिंहासन स्थापित हुनेछ; त्यसमा दावीदको घरानाबाट विश्वासयोग्य एक मानिस विराजमान हुनुहुनेछ; उहाँले न्याय गर्दा निष्पक्षतासाथ गर्नुहुनेछ; र धार्मिकतामा काम गर्न ढिलो गर्नुहुनेछ।
6हामीले मोआबको अहङ्कारको कुरा सुनेका छौँ, त्यसका प्रचण्ड अहङ्कार र आत्मभिमान, त्यसको अभिमान, घमण्ड र त्यसको धाक; तर त्यसका घमण्डहरू खोक्रा छन्।
7यसकारण मोआबीहरू विलाप गर्नेछन्; तिनीहरू एकसाथ मोआबकै निम्ति विलाप गर्नेछन्। कीर-हरेशेतका किसमिसका निम्ति विलौना र शोक गर।
8हेश्बोनका खेतहरू र सिब्माका दाखहरू पनि ओइलाउँछन्। जातिहरूका शासकहरूले अति सुन्दर दाखहरू कुल्चेका छन्, जो एक समय याजेरसम्म नै पुगेका थिए; अनि मरुभूमिभरि फैलिएका थिए। तिनीहरूका टुसाहरू फैलिएर समुद्रसम्म पुगेका थिए।
9यसकारण सिब्माका दाखहरूका निम्ति याजेर रोएझैँ म रुन्छु। हे हेश्बोन, हे एलाले, म तँलाई आँसुले भिजाउँछु! तेरा पाकेको फलहरूका निम्ति निकालिएका आनन्दका चीत्कारहरू चकमन्न पारिएका छन्।
10फलका बगैँचाहरूबाट हर्ष र आनन्द लगिएका छन्; दाखबारीहरूमा कसैले पनि गाउँदैन, न त कराउँछ; कसैले पनि कोमल दाखमद्य कोलमा पेल्दैन; किनकि मैले हर्षको आवाज समाप्त गरिदिएको छु।
11मेरो हृदयले मोआबका निम्ति, र मेरो अन्तस्करणले कीर-हरेशेतका निम्ति वीणाले झैँ विलाप गर्दछ।
12मोआब आफ्नो पूजाको अग्ला ठाउँहरूमा देखा पर्दा, ऊ आफूभित्र खिन्न मात्र हुन्छ; आफ्नो पवित्रस्थानमा प्रार्थना गर्न जाँदा, त्यसलाई केही फाइदा हुँदैन।
13मोआबको विषयमा पहिल्यै भन्नुभएको याहवेहको वचन यही हो।
14तर अब याहवेह भन्नुहुन्छ: “वाचा-बन्धनमा परेको सेवकले आफ्ना दिनहरू गनेझैँ, तीन वर्षभित्रमा मोआबको गौरव र त्यसका सबै मानिसहरू तुच्छ ठहरिनेछन्; अनि त्यसका बाँचेकाहरू अति थोरै र कमजोर हुनेछन्।”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath