यशैया 15
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1मोआबको बारेमा भविष्यवाणी: मोआबको आर सहर नष्ट पारिएको छ, त्यो एकै रातमा नाश भएको छ! मोआबको कीर सहर नष्ट भएको छ; त्यो एकै रातमा नाश भएको छ।
2दीबोन त्यसको मन्दिरमा हुन्छ, त्यसका देवस्थानहरूमा रुनलाई उक्लिएको छ; मोआब नेबो र मेदेबाको निम्ति बिलौना गर्छ। प्रत्येक शिर खौरिएको छ; अनि प्रत्येक दाह्री काटिएको छ।
3सडकहरूमा तिनीहरूले भाङ्ग्रा लगाएर बस्छन्; घरका कौसीहरू र सार्वजनिक चोकहरूमा तिनीहरू सबै लम्पसार परेर, रुँदै विलाप गर्छन्।
4हेश्बोन र एलालेह चीत्कार गर्छन्; तिनीहरूका सोर यहसासम्म नै सुनिन्छ। यसकारण मोआबका हतियारधारी मानिसहरू चीत्कार गर्छन्; र तिनीहरूका हृदय व्याकुल भएका छन्।
5मेरो हृदय मोआबको दुर्दशा देखेर रुन्छ; त्यसका भगुवाहरू सोअरसम्म नै, एग्लत-शलीशियाहसम्म नै भागेर जान्छन्। तिनीहरू लूहीत जाने उकालो, रुँदै-रुँदै चढ्छन्; होरोनैम जाने बाटोमा तिनीहरू आफ्ना सर्वनाशको लागि विलाप गर्छन्।
6निम्रीमका पानी सुकिगएका छन्, र घाँस ओइलाएको छ; घाँसपात छँदैछैन, र कुनै हरियो थोक छँदैछैन।
7यसरी तिनीहरूले प्राप्त गरेर थुपारेका धन तिनीहरूले लहरे पीपलहरूको खोल्सामा ओसार्छन्।
8तिनीहरूका चीत्कार मोआबको सिमानाभरि सुनिन्छ; तिनीहरूका रुवाइ एग्लैमसम्म सुनिन्छ; तिनीहरूका विलाप बेअर-एलीमसम्मै सुनिन्छ।
9दिमोनका पानी रक्ताम्मे छन्, तर म दिमोनमाथि अझ बढी ल्याउनेछु— मोआबका भगुवाहरूमाथि र देशमा रहेकाहरूमाथि म एउटा सिंह ल्याउनेछु।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath