यशैया 13
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1आमोजको छोरा यशैयाले बेबिलोनको विषयमा देखेका भविष्यवाणी:
2नाङ्गो डाँडाको टुप्पामाथि एउटा झण्डा खडा गर; तिनीहरूतर्फ उच्च सोरले कराओ; तिनीहरू कुलीन मानिसहरूका मूलढोकाभित्र प्रवेश गरून्।
3मैले आफ्नो क्रोध खन्याउन आफ्ना पवित्र जनहरूलाई बोलाइपठाएको छु: युद्धका निम्ति तयार पारेका आफ्ना योद्धाहरूलाई आज्ञा गरेको छु, जो मेरो विजयमा रमाउँछन्।
4पहाडहरूमा ठूलो भीडको खैलाबैलाजस्तो होहल्ला सुन्! जातिहरू एकसाथ भेला भएझैँ, राज्यहरूको बीचमा होहल्ला सुन्! सेनाहरूका याहवेहले युद्धका निम्ति सेना बटुल्दै हुनुहुन्छ।
5याहवेह र उहाँका रिसका हतियारहरू टाढा देश, आकाशको पल्लो छेउदेखि सारा देशलाई नाश गर्न आउँछन्।
6विलाप गर्! किनकि याहवेहको दिन नजिकै छ; सर्वशक्तिमान्को तर्फबाट सर्वनाशजस्तै त्यो आउनेछ।
7यसैले सबै हातहरू लुला हुनेछन्। हरेक मानिसको हृदय पग्लनेछ।
8तिनीहरू त्रसित हुनेछन्; तिनीहरूलाई कष्ट र वेदनाले पक्रनेछन्; तिनीहरू प्रसव-वेदनामा परेकी स्त्रीझैँ छटपटाउनेछन्। तिनीहरू हैरान भएर एक-अर्कातिर हेर्नेछन्; तिनीहरूका अनुहारहरू डरले गर्दा फिका हुनेछन्।
9हेर, याहवेहको दिन देशलाई उजाड पार्न र त्यहाँभित्र भएका पापीहरूलाई सर्वनाश गर्न, रिस र भयानक क्रोधको साथ निष्ठुर दिन आइरहेछ।
10आकाशका ताराहरू र तिनीहरूका नक्षत्रहरूले आफ्ना प्रकाश देखाउनेछैनन्। उदाउँदै गरेको सूर्य अँध्यारो हुनेछ; अनि चन्द्रमाले आफ्नो प्रकाश दिनेछैन।
11म संसारलाई त्यसको दुष्टताको लागि, र दुष्टहरूलाई तिनीहरूका पापको लागि दण्ड दिनेछु। म अभिमानीहरूको घमण्डको अन्त्य गरिदिनेछु, र निष्ठुरहरूको घमण्डलाई चुर पारिदिनेछु।
12म मानिसहरूलाई निखुर सुनभन्दा दुर्लभ बनाउनेछु, ओपीरको सुनभन्दा दुर्लभ।
13यसकारण म आकाशहरूलाई थरथर काम्ने तुल्याउनेछु; सेनाहरूका याहवेहको क्रोधको दिनमा, उहाँको बल्दो रिसको दिनमा पृथ्वी आफ्नो ठाउँमा हल्लिनेछ।
14खेदिएको हरिणझैँ, गोठाला नभएको भेडाहरूझैँ, सबै आफ्नै मानिसकहाँ फर्कनेछन्; आफ्नै जन्मभूमिमा भागेर जानेछन्।
15पक्राउ परेका जोसुकै पनि रोपिनेछन्; समातिएका जति सबै तरवारद्वारा मारिनेछन्।
16तिनीहरूका शिशुहरू तिनीहरूकै आँखाहरूका सामु पछारेर टुक्रा-टुक्रा पारिनेछन्; तिनीहरूका घरहरू लुटिनेछन् र तिनीहरूका पत्नीहरू बलात्कृत हुनेछन्।
17हेर, म तिनीहरूको विरुद्ध मादीहरूलाई सुर्याउनेछु, जसले चाँदीको वास्तै गर्दैनन्, र सुनमा प्रसन्न हुँदैनन्।
18तिनीहरूका धनुले जवान मानिसहरूलाई लडाउनेछन्; शिशुहरूमाथि तिनीहरूले दया देखाउनेछैनन्, न त तिनीहरूले बालबालिकाहरूप्रति कृपा देखाउनेछन्।
19राज्यहरूको रत्न बेबिलोन, बेबिलोनीहरूका घमण्डको गौरवलाई परमेश्वरले सदोम र गमोराझैँ पल्टाइदिनुहुनेछ।
20त्यहाँ कहिल्यै कोही बसोबास गर्नेछैन, अथवा पुस्तौँसम्म कोही बस्नेछैनन्; कुनै घुमन्तेलेधरि त्यहाँ आफ्नो पाल टाँग्नेछैन; कुनै गोठालाले त्यहाँ आफ्नो बगाललाई विश्राम दिनेछैन।
21तर जङ्गली जनावरहरूले त्यहाँ विश्राम गर्नेछन्; तिनका घरहरू स्यालहरूले भरिनेछन्; उल्लुहरू त्यहाँ बस्नेछन्, र जङ्गली बाख्राहरू त्यहाँ उफ्रँदै खेल्नेछन्।
22हुँडारहरू तिनका किल्लाहरूमा तिनका आनन्दको महलहरूमा स्यालहरू कराउनेछन्। बेबिलोनको समय नजिक आएको छ, चाँडै यी सबै पूरा हुनेछन्।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath