होशे 7
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1“जब म इस्राएललाई निको पार्नेछु, एफ्राइमको पाप उदाङ्गो हुन्छ; र सामरियाका अपराधहरू प्रकट हुन्छन्। तिनीहरूले छलपूर्ण व्यवहार गर्छन्; चोरहरू घर फोरेर घरभित्र पस्छन्, डाँकुहरूले सडकहरूमा लुटपाट गर्छन्;
2तर तिनीहरूले यो बुझ्दैनन्, म तिनीहरूका सबै दुष्ट कामहरूको स्मरण गर्छु। तिनीहरूका पापहरूले तिनीहरूलाई ढाकेका छन्; तिनीहरू सधैँ मेरो सामु छन्।
3“तिनीहरूले राजालाई आफ्ना दुष्टताले र शासकहरूलाई झूटले खुशी तुल्याउँछन्।
4तिनीहरू जलिरहेका भट्टीजस्तै सबै व्यभिचारीहरू छन्, जसको आगो पकाउनेले पिठो मुछेदेखि रोटी नपाकुन्जेल त्यसले दाउरा नचलाए तापनि सल्किरहन्छ।
5हाम्रा राजाको चाडको दिनमा शासकहरू मद्य पिएर चुर हुन्छन्, र तिनले गिल्ला गर्नेहरूसँग पनि हात मिलाउँछन्।
6तिनीहरूको हृदय भट्टीजस्तै छ; तिनीहरूले त्यसलाई षड्यन्त्रका साथ भेट्छन्। तिनीहरूको क्रोध रातभरि जलिरहन्छ; बिहान त्यो दन्किरहेको आगोजस्तै हुन्छ।
7तिनीहरू सबै आगोको भट्टीजस्तै ताता छन्; तिनीहरूले आफ्ना शासकहरूलाई भस्म पार्छन्। तिनीहरूका सबै राजाहरू मारिन्छन्, तर तिनीहरू कसैले पनि मलाई पुकार्दैनन्।
8“एफ्राइम अन्य राष्ट्रहरूसँग घुलमिल हुन्छ; एफ्राइम एकापट्टि मात्र पोलेको रोटीजस्तै हो।
9विदेशीहरूले त्यसको शक्ति नाश पारेका छन्, तर पनि त्यसले त्यो जान्दैन। त्यसका केश फूलेका छन्, तर पनि त्यसले त्यो जान्दैन।
10इस्राएलको अहङ्कारले उहाँको विरुद्धमा गवाही दिन्छ, तर यी सबै कुराहरू भए तापनि त्यो याहवेह आफ्ना परमेश्वरकहाँ फर्कंदैन, न त उहाँको खोजी गर्छ।
11“एफ्राइम ढुकुरजस्तो छ, सजिलै बहकाउन सकिने मूर्ख, त्यसले कहिले इजिप्टलाई पुकार्छ भने, कहिले त्यो अश्शूरतिर फर्कन्छ।
12जब तिनीहरू जान्छन्, म तिनीहरूमाथि मेरो जाल फिँजाउनेछु; म तिनीहरूलाई आकाशका पक्षीहरूलाई जस्तै तल झार्नेछु। जब तिनीहरू एक ठाउँमा सँगै भेला भएको सुन्छु, तब म तिनीहरूलाई पक्रनेछु।
13धिक्कार तिनीहरूलाई! किनकि तिनीहरू मदेखि तर्किगएका छन्! तिनीहरू नष्ट होऊन्; किनकि तिनीहरूले मेरो विरुद्धमा विद्रोह गरेका छन्! म तिनीहरूलाई छुटकारा दिने उत्कट इच्छा राख्दछु, तर तिनीहरू मेरो विरुद्धमा झूट बोल्छन्।
14तिनीहरू आफ्ना हृदयदेखि मलाई पुकार गर्दैनन्, तर तिनीहरू आफ्ना ओछ्यानमा विलाप गर्छन्। तिनीहरू अन्न र नयाँ दाखमद्यका निम्ति आफैँलाई घाइते पार्छन्, तिनीहरूका देवताहरूसँग पुकार गर्छन्, तर मदेखि भने तिनीहरू तर्किएर जान्छन्।
15मैले तिनीहरूलाई तालिम दिएँ र तिनीहरूका पाखुरा बलियो बनाएँ, तर तिनीहरू मेरो विरुद्धमा दुष्ट युक्ति रच्दछन्।
16तिनीहरू सर्वोच्चकहाँ फर्कंदैनन्; तिनीहरू व्यर्थैको बाङ्गो धनुजस्तै छन्। तिनीहरूका अगुवाहरू तिनीहरूका अहङ्कारी कुराहरूको कारण तरवारद्वारा नष्ट हुनेछन्। यसको कारण तिनीहरू इजिप्ट देशमा हाँसोको पात्र बन्नेछन्।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath