ईसाई धर्म
पछाडि

होशे 6

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1“आओ, हामी याहवेहतिर फर्कौँ। उहाँले हामीलाई टुक्रा-टुक्रा पार्नुभएको छ, तर उहाँले हामीलाई निको पार्नुहुनेछ; उहाँले हामीलाई चोट पार्नुभएको छ, तर उहाँले हाम्रा चोटहरूमा मलमपट्टी बाँध्नुहुनेछ।

2दुई दिनपछि उहाँले हामीलाई पुनर्जीवित पार्नुहुनेछ; तेस्रो दिन उहाँले हामीलाई पुनर्स्थापित गर्नुहुनेछ, र हामी उहाँको उपस्थितिमा जीवित रहनेछौँ।

3हामी याहवेहलाई स्वीकार गरौँ; हामी दृढतासाथ उहाँलाई स्वीकार गरौँ। निश्‍चय नै सूर्य उदाएझैँ उहाँ देखा पर्नुहुनेछ; उहाँ हामीकहाँ हिउँदको झरीझैँ र पृथ्वीलाई भिजाउने बसन्तको वर्षाझैँ आउनुहुनेछ।”

4“हे एफ्राइम, म तँलाई के गरूँ? हे यहूदा, म तँलाई के गरूँ? तेरो प्रेम बिहानको कुइरोझैँ र मिरमिरे बिहानको शीतजस्तै बिलाएर जान्छ।

5यसकारण मैले तँलाई मेरा अगमवक्ताहरूसँग काटेर टुक्रा-टुक्रा पारेको छु; मैले तँलाई मेरो मुखका वचनहरूद्वारा मारेको छु; त्यसपछि मेरो न्याय सूर्यजस्तै अगाडि बढ्छ।

6किनकि म बलिदान होइन, तर दया चाहन्छु, र होमबलिहरूभन्दा परमेश्‍वरलाई चिनेको म चाहन्छु।

7आदमले जस्तै तिनीहरूले मेरो करार भङ्ग गरेका छन्; तिनीहरूले त्यहाँ मप्रति विश्‍वासघात गरेका छन्।

8गिलाद दुष्‍ट मानिसहरूको सहर हो, र त्यो सहर रगतका पाइलाहरूले भरिएको छ।

9जसरी लुटेराहरूले मानिसलाई ढुकिबस्छन्, त्यसरी नै पुजारीहरूको समूहले ढुकिबस्छन्; आफ्ना दुष्‍ट योजनाहरू पूरा गर्न तिनीहरूले शेकेमको पवित्रस्थानतिर जाने मानिसहरूलाई बाटोमा हत्या गर्छन्।

10मैले इस्राएलको घरानामा एउटा भयानक कुरा देखेको छु: त्यहाँ एफ्राइमलाई वेश्यावृत्तिको लागि दिइएको छ, इस्राएल अपवित्र पारिएको छ।

11“मैले मेरा मानिसहरूको सुदिन पुनर्स्थापित गर्दा, हे यहूदा, तेरो निम्ति पनि कटनीको समय तोकिएको छ।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath