ईसाई धर्म
पछाडि

होशे 14

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1हे इस्राएल, याहवेह आफ्ना परमेश्‍वरकहाँ फर्की। तेरा पापहरू नै तेरा पतनका कारण हुन्!

2आफूसँग वचनहरू लिएर याहवेहतिर फर्क। उहाँलाई भन: “हाम्रा सबै पापहरू क्षमा गर्नुहोस्, र हामीलाई अनुग्रहसाथ स्वीकार गर्नुहोस्, ताकि हामी हाम्रा ओठका भेटीहरू चढाउन सकौँ।

3अश्शूर देशले हामीलाई बचाउन सक्दैन; हामी युद्धका घोडाहरूमाथि सवार हुनेछैनौँ। हामी फेरि कहिल्यै पनि आफ्ना हातले बनाएका कुराहरूलाई ‘हाम्रा देवताहरू’ भन्‍ने छैनौँ; किनकि तपाईंबाट नै टुहुरा-टुहुरीले दया पाउँछन्।”

4“म तिनीहरूको पथभ्रष्‍टतालाई निको पार्नेछु, र तिनीहरूलाई स्वेच्छाले प्रेम गर्नेछु; किनकि मेरो रिस तिनीहरूबाट हटिसकेको छ।

5म इस्राएलको निम्ति शीतजस्तो बन्‍नेछु; त्यो लिली फूलझैँ फुल्नेछ। लेबनानको देवदारुझैँ त्यसले आफ्ना जराहरू गहिराइसम्म फैलाउनेछ;

6त्यसका कलिला मुनाहरू बढ्नेछन्। त्यसको शोभा जैतुनको रूखझैँ हुनेछ, र त्यसको बास्‍ना लेबनानको देवदारुझैँ हुनेछ।

7मानिसहरू फेरि त्यसको छहारीमा बस्‍नेछन्; तिनीहरू अन्‍नझैँ लहलहाउने छन्; तिनीहरू दाखको बोटझैँ फक्रनेछन्; इस्राएलको प्रसिद्धि लेबनानको दाखमद्यजस्तै हुनेछ।

8हे एफ्राइम, मूर्तिहरूसँग मेरो के काम? म त्यसलाई जवाफ दिनेछु र त्यसको हेरचाह गर्नेछु। म हरियो धूपी सल्‍लाको रूखझैँ छु; तेरो फल मबाट नै आउँछ।”

9बुद्धिमान् को छ? तिनीहरूले यी कुराहरू थाहा गरून्। समझदार को छ? तिनीहरूले यी कुराहरू बुझ्न सकून्। याहवेहका मार्गहरू ठिक छन्; धर्मी जनहरू त्यसैमा हिँड्छन्, तर विद्रोहीहरूले भने त्यसैमा ठक्‍कर खान्छन्।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath