ईसाई धर्म
पछाडि

होशे 11

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1“इस्राएल बालक छँदा, मैले त्यसलाई प्रेम गरेँ, मैले आफ्नो पुत्रलाई इजिप्टबाट बोलाएँ।

2तर मैले इस्राएललाई जति धेरै बोलाएँ, तिनीहरू मदेखि उति नै धेरै टाढा गए। तिनीहरूले बाल-देवताहरूलाई बलिदान चढाए, र तिनीहरूले मूर्तिहरूलाई धूप बाले।

3एफ्राइमलाई आफ्नो अँगालोमा राखेर, तिनीहरूलाई हिँड्न सिकाउने म नै हुँ; तर तिनीहरूले जानेनन्, कि मैले नै तिनीहरूलाई निको पारेको हुँ।

4मैले तिनीहरूलाई मानवीय प्रेम र दयाको डोरीले बाँधेर डोर्‍याएँ; मैले तिनीहरूलाई एउटा सानो बालकलाई जस्तै मायाले उठाएर आफ्नो गालामा टसाएँ र तिनीहरूलाई खुवाउन म निहुरेँ।

5“तिनीहरूले पश्‍चात्ताप गर्न अस्वीकार गरेको कारण के तिनीहरू इजिप्टमा फर्कनेछैनन् र अश्शूरले तिनीहरूमाथि शासन गर्नेछैन र?

6तिनीहरूका सहरहरूमा तरवार घुम्‍नेछ; तिनीहरूका झूटा अगमवक्ताहरू मारिनेछन्, र तिनीहरूका योजनाहरूको अन्त्य गरिदिनेछन्।

7मेरा मानिसहरूले मबाट तर्किएर जाने निश्‍चय गरेका छन्। तिनीहरूले मलाई सर्वोच्‍च परमेश्‍वर भनी पुकारे तापनि म कुनै पनि हालतमा तिनीहरूलाई उचाल्ने छैन।

8“हे एफ्राइम, म तँलाई कसरी त्याग्न सक्छु? हे इस्राएल, म तँलाई कसरी शत्रुको हातमा सुम्पिदिन सक्छु? म तँलाई कसरी अदमा सहरलाई झैँ व्यवहार गर्न सक्छु? म तँलाई कसरी सबोयीम सहरझैँ बनाउन सक्छु? मेरो हृदय मभित्र बदलिएको छ; मेरो मनमा दया जागेको छ।

9म मेरो भयानक क्रोध पोख्नेछैनँ; म एफ्राइमलाई फेरि सर्वनाश गर्नेछैनँ। किनकि म त परमेश्‍वर हुँ, मानिस होइनँ; तिमीहरूका बीचमा रहने पवित्र परमेश्‍वर हुँ। म तिनीहरूका सहरहरूको विरुद्धमा क्रोधित भएर आउनेछैनँ।

10तिनीहरूले याहवेहलाई पछ्याउनेछन्; उहाँ सिंहजस्तै गर्जनुहुनेछ। जब उहाँ गर्जनुहुन्छ, तब उहाँका छोराछोरीहरू काम्दै पश्‍चिमबाट आउनेछन्।

11तिनीहरू इजिप्टबाट आउनेछन्, भँगेराहरूझैँ काँप्दै आउनेछन्, र अश्शूरबाट ढुकुरहरूझैँ फटफटाउँदै आउनेछन्। म तिनीहरूलाई तिनीहरूका घरहरूमा बसाल्नेछु,” याहवेह घोषणा गर्नुहुन्छ।

12एफ्राइमले मलाई झूटले, र इस्राएलले मलाई छलले घेरेको छ। यहूदाले अझै परमेश्‍वरको विरुद्धमा, विश्‍वासयोग्य पवित्र परमेश्‍वरको विरुद्धमा विद्रोह गर्छ।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath