हिब्रूहरू 6
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1यसकारण ख्रीष्टसम्बन्धी सुरुका शिक्षाहरू त्यागेर परिपक्वतातर्फ बढौँ। मृत्युतिर लैजाने कर्महरूबाट पश्चात्ताप, परमेश्वरमाथिको विश्वास, बप्तिस्माको विषयमा निर्देशन, हात राख्ने कामहरू, मरेकाहरूको पुनरुत्थान र अनन्त न्यायका कुरा यी सुरुका शिक्षाहरूको जग फेरि नबसालौँ।
3परमेश्वरले अनुमति दिनुभयो भने हामी यसो गर्नेछौँ।
4जसले एकपल्ट स्पष्टसँग सत्य जानेर स्वर्गीय वरदान चाखे, पवित्र आत्मामा सहभागी भए;
5अनि जसले परमेश्वरको वचनको भलाइ र आउँदो युगको शक्तिको स्वाद चाखे,
6र पनि तिनीहरू पतित भए भने तिनीहरूलाई पश्चात्तापमा फिर्ता ल्याउन असम्भव हुन्छ; तिनीहरूले आफ्ना कामहरूद्वारा परमेश्वरको पुत्रलाई पुनः क्रूसमा टाँगेर खुल्लमखुल्ला उहाँको अपमान गर्छन्।
7जुन जमिनले आफूमा बर्सिएको पानी सोसेर खनजोत गर्नेहरूका लागि उपयोगी अन्न उमार्छ, त्यसले परमेश्वरको आशिष् पाउँछ।
8तर जुन जमिनले सिउँडी र काँडाहरू उमार्छ, त्यो विनाकामको भई श्राप पाउने जोखिममा रहन्छ, र अन्त्यमा त्यसलाई जलाइन्छ।
9प्रिय मित्रहरू, हामीले यसरी बोले तापनि हामी तिमीहरूको विषयमा चाहिँ असल कुराहरूबारे निश्चित छौँ—ती कुराहरू, जो मुक्तिसँग सम्बन्धित छन्।
10परमेश्वर अन्यायी हुनुहुन्न, तिमीहरूले परमेश्वरका जनहरूलाई सहायता गर्यौ र अझ गरिरहेर उहाँप्रति तिमीहरूको प्रेम देखाएकाले परमेश्वरले तिमीहरूका काम बिर्सनुहुनेछैन।
11हामी चाहन्छौँ, तिमीहरूको आशा पक्का गर्नको लागि तिमीहरू हरेकले अन्त्यसम्म त्यस्तै परिश्रम देखाइरहो।
12हामी तिमीहरू अल्छे भएका चाहँदैनौँ, तर तिनीहरूको देखासिकी गर्ने होओ, जसले विश्वास र धीरजद्वारा प्रतिज्ञा गरिएका थोकहरूको अधिकार पाए।
13जब परमेश्वरले अब्राहामसँग प्रतिज्ञा गर्नुभयो, तब शपथ खानलाई अरू कुनै ठूलो नाम नभएकोले उहाँले आफ्नै नाममा शपथ खाएर यसो भन्नुभयो,
14“म निश्चय तँलाई आशिष् दिएर धेरै सन्तान दिनेछु।”
15अनि यसरी धैर्यसाथ प्रतीक्षा गरेपश्चात् अब्राहामले प्रतिज्ञा गरिएको थोक प्राप्त गरे।
16मानिसहरूले आफूभन्दा ठूलाहरूको नाममा शपथ खान्छन्; अनि भनिएको कुरा पक्का हुन्छ र त्यहाँ कुनै तर्क गरिँदैन।
17किनकि परमेश्वरले प्रतिज्ञाका हकदारहरूसित उहाँको बदली नहुने उद्देश्य स्पष्ट गर्न चाहनुभएकोले उहाँले यसलाई शपथद्वारा नै पक्का गर्नुभयो।
18परमेश्वरले दिनुभएका यी दुई कुराहरू, उहाँको प्रतिज्ञा र शपथ, बदली हुन सक्दैन; किनकि परमेश्वरलाई झूट बोल्नु असम्भव छ। परमेश्वरले यसो गर्नुभयो, ताकि हामीलाई हाम्रो सामु राखिएको आशालाई दह्रो गरी पक्रिराख्न धेरै उत्साह मिलोस्।
19यो आशा हाम्रो प्राणको लागि एउटा दृढ र सुरक्षित लङ्गरजस्तै हो, जुन आशा पर्दाभित्रको पवित्रस्थानमा प्रवेश गर्दछ,
20जसमा हामीभन्दा पहिले येशू हाम्रा पक्षबाट प्रवेश गर्नुभएको छ; किनभने उहाँ मल्कीसेदेकको दर्जाबमोजिम सदासर्वदाको लागि प्रधान पुजारी हुनुभएको छ।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath