ईसाई धर्म
पछाडि

हिब्रूहरू 5

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1हरेक प्रधान पुजारी पापको लागि भेटीहरू र बलिदानहरू चढाउनलाई मानिसहरूमध्येबाट नै छानिएका हुन्छन्, र परमेश्‍वर सम्बन्धी कुराहरूमा मानिसहरूको प्रतिनिधित्व गर्न नियुक्त भएका हुन्छन्।

2तिनी आफैँ पनि दुर्बलताको अधीनमा भएको हुनाले तिनले अनजान र बरालिएकाहरूसँग नम्रतापूर्वक व्यवहार गर्न सक्छन्।

3यसैकारण तिनले आफ्नै पापको लागि र मानिसहरूको पापको लागि बलिदानहरू चढाउनुपर्छ।

4अनि कसैले यो सम्मान आफैँ लिन सक्दैन, तर तिनलाई पनि हारूनलाई झैँ परमेश्‍वरको बोलावट भएपछि प्राप्‍त हुन्छ।

5यसरी ख्रीष्‍टले पनि प्रधान पुजारी हुने महिमा आफैँले लिनुभएन, तर परमेश्‍वरले ख्रीष्‍टलाई भन्‍नुभयो: “तिमी मेरा पुत्र हौ, आज म तिम्रो पिता भएको छु।”

6अनि अर्को ठाउँमा पनि उहाँ भन्‍नुहुन्छ, “मल्कीसेदेकको दर्जाबमोजिम तिमी सदासर्वदाको लागि पुजारी हौ।”

7येशू यस संसारमा रहनुभएका दिनहरूमा, मृत्युदेखि बचाउन सक्नुहुनेलाई उहाँले जोडले कराएर आँसुसहित प्रार्थना र अन्तर्बिन्ती चढाउनुभयो; अनि उहाँको भक्तिपूर्ण समर्पणको कारण त्यो सुनुवाइ भयो।

8उहाँ परमेश्‍वरका पुत्र हुनुभए तापनि उहाँले कष्‍ट सहनुभएर आज्ञाकारिता सिक्नुभयो।

9एकपल्ट सिद्ध हुनुभएपछि उहाँका आज्ञा मान्‍नेहरू सबैको लागि अनन्त मुक्तिको स्रोत हुनुभयो;

10अनि मल्कीसेदेकको दर्जाबमोजिम प्रधान पुजारी नियुक्त हुनुभयो।

11हामीलाई यस विषयमा भन्‍नुपर्ने कुराहरू धेरै नै छन्, तर यसलाई स्पष्‍टसँग बुझाउनु कठिन छ; किनकि तिमीहरू सिक्ने कुरामा ढिला छौ।

12वास्तवमा अहिलेसम्म त तिमीहरू शिक्षकहरू भइसक्नुपर्ने थियो, तर तिमीहरूलाई त कसैले परमेश्‍वरको वचनका सुरुका शिक्षाहरू फेरि दोहोर्‍याएर सिकाउन खाँचो परेको छ। तिमीहरूलाई खँदिलो भोजन होइन, तर दूधै चाहिन्छ!

13दूध मात्र पिएर बाँच्ने हरेक मानिस बालकझैँ हुने भएको हुनाले धार्मिकताको विषयको शिक्षामा अनभिज्ञ हुन्छ।

14तर खँदिलो भोजनचाहिँ हुर्किएकाहरूका लागि हो, जसले निरन्तर अभ्यासद्वारा असल र खराब चिन्‍न सक्ने तालिम पाइसकेका हुन्छन्।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath