हिब्रूहरू 4
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1यसकारण परमेश्वरको विश्राममा पस्न पाउने प्रतिज्ञा अझै पनि रहेकोले तिमीहरूमध्ये कोही पनि वञ्चित हुन नपरोस् भनी हामी होसियार रहौँ।
2किनकि तिनीहरूलाई झैँ हामीलाई पनि सुसमाचार प्रचार गरिएको हो, तर तिनीहरूले सुनेको सन्देश तिनीहरूलाई लाभदायक भएन; किनभने तिनीहरूले आज्ञापालन गर्नेहरूको जस्तो विश्वास गरेनन्।
3तर हामी जतिले विश्वास गरेका छौँ, त्यस विश्राममा प्रवेश गरेका छौँ, जसरी परमेश्वरले भन्नुभएको छ: “यसैले मैले आफ्नो क्रोधमा शपथ खाएर घोषणा गरेँ, ‘तिनीहरू कहिल्यै मेरो विश्राममा पस्नेछैनन्।’ ” किनकि उहाँका कामहरू त संसारको उत्पत्तिदेखि नै पूरा भइसकेका थिए।
4तथापि धर्मशास्त्रमा परमेश्वरले सातौँ दिनको विषयमा यसरी वर्णन गर्नुभएको छ: “अनि सातौँ दिनमा उहाँले आफ्ना सबै कामबाट विश्राम लिनुभयो।”
5फेरि यसै खण्डमा उहाँ भन्नुहुन्छ, “तिनीहरू कहिल्यै पनि मेरो विश्राममा पस्नेछैनन्।”
6यसकारण कतिपय त्यस विश्राममा प्रवेश गर्न बाँकी नै छ, जसलाई पहिले सुसमाचार प्रचार गरिएको थियो, तिनीहरू प्रवेश गर्न पाएनन्; किनकि तिनीहरू अनाज्ञाकारी थिए।
7यसकारण फेरि परमेश्वरले कुनै एउटा दिनलाई “आज” भनेर छुट्याउनुभयो, जब धेरै समयपछि उहाँले अगि भनिएकोझैँ दावीदद्वारा फेरि भन्नुभयो: “आज तिमीहरूले उहाँको सोर सुन्यौ भने, आफ्ना हृदयलाई कठोर नबनाओ।”
8किनकि यदि यहोशूले तिनीहरूलाई विश्राम दिएका भए, परमेश्वरले पछिबाट अर्को दिनको विषयमा भन्नुहुने थिएन।
9यसकारण परमेश्वरका जनहरूका निम्ति शब्बाथको विश्राम बाँकी नै छ;
10किनकि जसले परमेश्वरको विश्राममा प्रवेश गर्नेछन्, परमेश्वरले आफ्ना कामबाट विश्राम गरेझैँ तिनले पनि आफ्ना कामबाट विश्राम लिनेछन्।
11यसकारण इस्राएलीहरूका अनाज्ञाकारिताको नमुना अपनाएर कोही पनि नष्ट हुन नपरोस् भनेर हामी त्यस विश्राममा प्रवेश गर्न भरमग्दूर प्रयत्न गरौँ।
12किनकि परमेश्वरको वचन जीवित, क्रियाशील र कुनै पनि दुईधारे तरवारभन्दा धारिलो हुन्छ, जसले प्राण र आत्मालाई अनि जोर्नी-जोर्नी र हाडको मासीलाई समेत भाग-भाग गरेर वारपार छेडिदिन्छ, र हृदयका विचार र मनोवृत्तिको न्याय गर्छ।
13सारा सृष्टिमा भएको कुनै पनि थोक परमेश्वरको सृष्टिबाट लुकेको छैन। हामीले आफ्नो हिसाब बुझाउनु पर्नेका आँखामा सबै थोकहरू खुला र उदाङ्गो हुन्छन्।
14यसकारण आकाश छिचोलेर जानुहुने परमेश्वरका पुत्र येशू, महान् प्रधान पुजारी, हामीसँग हुनुभएकोले हामीले स्वीकार गरेको विश्वासलाई दृढतापूर्वक थामिराखौँ।
15किनकि हामीसँग हाम्रा दुर्बलताहरूमा सान्त्वना दिन नसक्ने प्रधान पुजारी होइन, तर हामीसँग यस्ता प्रधान पुजारी हुनुहुन्छ, जो हामीझैँ हरेक प्रकारले परीक्षित हुनुभएर पनि पापरहित हुनुहुन्छ।
16यसकारण हामी आत्मविश्वासका साथ अनुग्रहको सिंहासनको नजिक जाऔँ, ताकि हाम्रा खाँचोहरूका समयमा हामीलाई दया र अनुग्रह प्राप्त होस्।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath