हिब्रूहरू 3
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1यसकारण हे स्वर्गीय बोलावटका सहभागी, प्रिय दाजुभाइ-दिदीबहिनीहरू हो, हामीले प्रेरित र प्रधान पुजारीको रूपमा स्वीकार गरेका हाम्रा येशूमा आफ्ना विचारहरू दृढतापूर्वक राखिदेओ।
2जसरी मोशा परमेश्वरको घरमा विश्वासयोग्य थिए, त्यसरी नै येशू पनि आफूलाई नियुक्त गर्नुहुने परमेश्वरप्रति विश्वासयोग्य हुनुहुन्थ्यो।
3घरको भन्दा घर बनाउनेको आदर बढी भएझैँ, येशू पनि मोशाभन्दा बढी आदरको योग्य ठहरिनुभएको छ।
4किनकि प्रत्येक घर कसैले बनाएको हुन्छ; तर परमेश्वर नै हरेक थोकका निर्माता हुनुहुन्छ।
5अनि भविष्यमा परमेश्वरले के भन्नुहुनेछ भनेर साक्षी दिँदै, “परमेश्वरको सम्पूर्ण परिवारमा मोशा सेवकझैँ विश्वासयोग्य थिए।”
6तर परमेश्वरको सम्पूर्ण परिवारमा ख्रीष्टचाहिँ पुत्रको रूपमा विश्वासयोग्य हुनुहुन्छ। अनि साहसमा र हामीले गर्व गरेको आशामा अडिरह्यौँ भने हामी उहाँका परिवार हौँ।
7यसकारण जसरी पवित्र आत्मा भन्नुहुन्छ: “आज तिमीहरूले उहाँको सोर सुन्यौ भने,
8उजाडस्थानमा परीक्षाको समयमा तिमीहरू बागी भएझैँ, आफ्ना हृदयलाई कठोर नपार,
9जहाँ चालीस वर्षसम्म मैले गरेका कामहरू देखेर पनि तिमीहरूका पुर्खाहरूले मलाई जाँच र परीक्षा गरेका थिए।
10त्यसैकारण म त्यस पुस्तासँग रिसाएको थिएँ; अनि मैले भनेँ, ‘तिनीहरूका हृदय सधैँ बरालिन्छन्, र तिनीहरूले मेरा मार्गहरू जानेका छैनन्।’
11यसकारण मैले आफ्नो क्रोधमा शपथ खाएर घोषणा गरेँ, ‘तिनीहरू कहिल्यै पनि मेरो विश्राममा पस्नेछैनन्।’ ”
12यसकारण हे दाजुभाइ-दिदीबहिनीहरू हो, यसमा विचार गर, कि तिमीहरूसँग जीवित परमेश्वरदेखि टाढा रहने पापपूर्ण र अविश्वासी हृदय नहोस्।
13तर “आजको दिन” रहँदा नै एक-अर्कालाई दिनहुँ ढाडस देओ, ताकि तिमीहरूमध्ये कोही पनि पापको छलद्वारा कठोर नबनोस्।
14हामीसँग भएको आत्मविश्वासलाई दृढतापूर्वक अन्त्यसम्मै पक्रिराख्यौँ भने हामी ख्रीष्टका सहभागी भएका छौँ।
15जसरी धर्मशास्त्रमा लेखिएको छ: “आज तिमीहरूले उहाँको सोर सुन्यौँ भने, तिमीहरू बागी हुँदा गरेझैँ आफ्ना हृदयलाई कठोर नबनाओ।”
16सुनेर बागी हुने तिनीहरू को थिए? के तिनीहरू नै होइनन्, जसलाई मोशाले इजिप्टबाट डोर्याएर निकालेका थिए?
17अनि उहाँ कोसँग चालीस वर्षसम्म रिसाउनुभएको थियो? के तिनीहरूसितै होइन र, जसले पाप गरे, र जसका शरीरहरू मरुभूमिमा नष्ट भए?
18अनि परमेश्वरले उहाँको विश्राममा प्रवेश गर्नेछैनौ भनी कोसँग शपथ खानुभएको थियो, तिनीहरूसँग नै होइन र, जो अनाज्ञाकारी बने?
19यसरी हामी देख्दछौँ, कि तिनीहरूका अविश्वासको कारणले तिनीहरू विश्राममा प्रवेश गर्न सकेनन्।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath