ईसाई धर्म
पछाडि

हिब्रूहरू 2

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1यसकारण हामीले जे सुनेका छौँ, त्यसमा विशेष ध्यान दिनुपर्छ, नत्रता हामी त्यसबाट तर्किजानेछौँ।

2किनकि स्वर्गदूतहरूद्वारा बोलिएका सन्देश पक्‍का थियो; अनि यसलाई उल्‍लङ्घन गर्ने र अनाज्ञाकारी रहने सबैले परमेश्‍वरबाट उचित दण्ड पाए भने,

3हामीले त झन् यति महान् मुक्तिको वास्ता राखेनौँ भने हामी कसरी उम्कौँला त? यो त्यही मुक्ति थियो, जसलाई पहिले प्रभुले घोषणा गर्नुभयो र उहाँलाई सुन्‍नेहरूले हाम्रा निम्ति यसको पुष्‍टि गरिदिए।

4परमेश्‍वरले पनि अलौकिक चिन्हहरू, अद्‌भुत कार्यहरू, अनेकौँ अचम्मका कामहरू र उहाँको इच्छाद्वारा बाँडिएका पवित्र आत्माका वरदानहरूद्वारा त्यसलाई पक्‍का गर्नुभयो।

5हामीले जुन आउने संसारको विषयमा कुरा गर्दैछौँ, त्यसलाई स्वर्गदूतहरूको अधीनमा राखिएन।

6तर कसैले धर्मशास्त्रको कुनै एक ठाउँमा यसो भन्‍ने साक्षी दिएका छन्: “मानिस जाति के हो, र तपाईं त्यसको वास्ता गर्नुहुन्छ? अथवा मानिसको पुत्र के हो, र तपाईंले उसको फिक्री गर्नुहुन्छ?

7तपाईंले तिनीहरूलाई स्वर्गदूतहरूभन्दा केही कम बनाउनुभयो; तपाईंले तिनीहरूलाई महिमा र आदरको मुकुट पहिर्‍याउनुभयो;

8सबै कुरा उहाँको पाउमुनि राखिदिनुभयो।” मानिसको अधीनमा सबै थोक राख्नुहुँदा उहाँको अधीनबाहिर केही रहन दिनुभएन; तर यस वर्तमान समयमा सबै थोक उहाँको अधीनमा भएको हामी देख्दैनौँ।

9तर हामी येशूलाई देख्छौँ, जसलाई स्वर्गदूतहरूभन्दा केही कम दर्जाको तुल्याइएको थियो, मृत्यु सहनुभएकोले उहाँलाई महिमा र आदरको मुकुट पहिराइएको छ; ताकि परमेश्‍वरको अनुग्रहद्वारा उहाँले हरेकको निम्ति मृत्यु चाखून्।

10परमेश्‍वर, जसका निम्ति र जसद्वारा सबै कुरा अस्तित्वमा छन्, उहाँले नै धेरै सन्तानलाई महिमामा ल्याउनुहुँदा तिनीहरूका मुक्ति दिने येशूलाई कष्‍टहरूद्वारा सिद्ध तुल्याउन उचित लाग्यो।

11मानिसहरूलाई पवित्र तुल्याउनुहुने येशू र पवित्र तुल्याइएकाहरू दुवै एउटै परिवारबाटका हुन्। यसकारण येशूले तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीहरू भन्‍न शर्माउनुभएन।

12उहाँ भन्‍नुहुन्छ; “मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई म तपाईंको नाम घोषणा गर्नेछु; सभाको उपस्थितिमा म तपाईंको प्रशंसा गाउनेछु।”

13अनि फेरि, “उहाँमाथि म आफ्नो भरोसा राख्नेछु।” र उहाँ फेरि भन्‍नुहुन्छ, “हेर, म र परमेश्‍वरले मलाई दिनुभएका यी छोराछोरीहरू।”

14छोराछोरीहरूका मासु र रगत भएको हुनाले उहाँले पनि तिनीहरूको जस्तै मानव रूप लिनुभयो, ताकि आफ्नो मृत्युद्वारा त्यो शैतानलाई, जससँग मृत्युको अधिकार छ, नष्‍ट पार्न सक्नुभएको होस्;

15अनि जीवनभरि मृत्युको डर बोकेर दासत्वको बन्धनमा रहनेहरूलाई मुक्त गरियोस्।

16किनकि उहाँले अवश्य नै स्वर्गदूतहरूलाई होइन, तर अब्राहामका वंशलाई सहायता दिनुहुन्छ।

17यसैकारण उहाँलाई हरकिसिमले आफ्ना भाइहरूझैँ हुनुपर्नेथियो; ताकि उहाँ परमेश्‍वरको सेवामा दयालु र विश्‍वासयोग्य प्रधान पुजारी बनून्; यसरी येशू मानिसहरूका पाप क्षमाको बलिदान हुनुभएको होस्।

18किनभने उहाँ आफू परीक्षित हुनुहुँदा कष्‍ट भोग्नुभएकोले परीक्षामा पर्नेहरूलाई उहाँले सहायता गर्न सक्नुहुन्छ।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath