हिब्रूहरू 1
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1बितेका समयमा परमेश्वर हाम्रा पुर्खाहरूसँग धेरै पटक विभिन्न प्रकारले अगमवक्ताहरूद्वारा बोल्नुभयो;
2तर यी अन्तिम दिनहरूमा चाहिँ उहाँ आफ्नो पुत्रद्वारा हामीसँग बोल्नुभएको छ। पुत्रलाई नै उहाँले सबै कुराहरूको उत्तराधिकारी बनाउनुभएको हो, जसद्वारा उहाँले समस्त विश्वलाई पनि बनाउनुभयो।
3पुत्रचाहिँ परमेश्वरको महिमाको चमक र उहाँ परमेश्वरकै स्वभावको दुरुस्त प्रतिरूप हुनुहुन्छ, र उहाँले आफ्नो शक्तिशाली वचनद्वारा सबै थोकहरू सम्हाल्नुहुन्छ। उहाँले पापहरूका लागि शुद्धीकरणको प्रबन्ध मिलाउनुभयो, र उहाँ स्वर्गमा महामहिमको दाहिने हातपट्टि विराजमान हुनुभयो।
4यसकारण उहाँ स्वर्गदूतभन्दा उच्च हुनुभएको छ; अनि तिनीहरूभन्दा उहाँले उच्च नाम उत्तराधिकारस्वरूप पाउनुभएको छ।
5स्वर्गदूतहरूमध्ये कसलाई चाहिँ परमेश्वरले कहिल्यै यसो भन्नुभयो: “तिमी मेरा पुत्र हौ, आज म तिम्रो पिता भएको छु?” अथवा फेरि, “म तिनका पिता हुनेछु, र तिनी मेरा पुत्र हुनेछन्?”
6परमेश्वरले आफ्ना प्रथम जन्मेकालाई संसारमा फेरि ल्याउनुहुँदा उहाँ भन्नुहुन्छ, “परमेश्वरका सारा स्वर्गदूतहरूले उहाँको आराधना गरून्।”
7स्वर्गदूतहरूका विषयमा उहाँ भन्नुहुन्छ, “उहाँले आफ्ना स्वर्गदूतहरूलाई बतास, र आफ्ना सेवकहरूलाई आगोको ज्वाला बनाउनुहुन्छ।”
8तर पुत्रको विषयमा उहाँ भन्नुहुन्छ, “हे परमेश्वर, तपाईंको सिंहासन सदाको निम्ति रहनेछ; तपाईंको राज्यको राजदण्ड न्यायको राजदण्ड हुनेछ।
9तपाईंले धार्मिकतालाई प्रेम र दुष्टतालाई घृणा गर्नुभयो; यसकारण परमेश्वर, तपाईंका परमेश्वरले तपाईंलाई तपाईंका सङ्गीहरूभन्दा उच्च पार्नुभएको छ र हर्षको तेलले अभिषेक गर्नुभएको छ।”
10उहाँ यसो पनि भन्नुहुन्छ, “हे प्रभु, सुरुमा तपाईंले पृथ्वीको जग बसाल्नुभयो, र स्वर्ग तपाईंकै हातका काम हुन्।
11तिनीहरू नाश भएर जानेछन्, तर तपाईंचाहिँ रहिरहनुहुन्छ; तिनीहरू कपडाझैँ सबै फाटेर जानेछन्।
12तपाईंले तिनीहरूलाई वस्त्रलाईझैँ लपेट्नुहुनेछ, वस्त्रझैँ ती बदली हुनेछन्। तर तपाईं एकैनास रहनुहुन्छ, र तपाईंका वर्षहरूको अन्त्य कहिल्यै हुनेछैन।”
13स्वर्गदूतहरूमध्ये कसलाई चाहिँ परमेश्वरले कुनै समयमा यसो भन्नुभयो, “जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान बनाउँदिनँ, तबसम्म तिमी मेरो दाहिने हातपट्टि बस” ?
14तसर्थ के सबै स्वर्गदूतहरू मुक्ति पाउनेहरूलाई सेवा गर्न पठाइएका सेवा गर्ने आत्माहरू होइनन् र?
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath