ईसाई धर्म
पछाडि

हबकूक 2

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1म आफ्नो पहारा दिने धरहरामा उभिरहनेछु, र म आफैँ पर्खालमा खडा रहनेछु; उहाँले मलाई के भन्‍नुहुन्छ, म हेर्नेछु; अनि मेरो गुनासोको बारेमा मैले उहाँलाई कस्तो जवाफ दिनुपर्ने हो, सो म पर्खिरहनेछु।

2त्यसपछि याहवेहले जवाफ दिनुभयो: “यो दर्शन लेख्, र स्पष्‍टसँग पाटीमा लेख्, ताकि समाचारवाहक यसलाई लिएर दगुरोस्।

3किनकि यो दर्शन तोकिएको समयको प्रतीक्षामा छ; यसले अन्त्यको समयको बारेमा बताउँछ, र यो दर्शन झूटो ठहरिनेछैन। त्यो पूरा हुन केही ढिलो भए तापनि यसका निम्ति पर्खेर बस्; त्यो निश्‍चय नै पूरा हुनेछ, र ढिलो हुनेछैन।

4“हेर्, शत्रु घमण्डले फुलेको छ; त्यसका हृदयका इच्छाहरू सही छैनन्। तर धर्मी जनचाहिँ आफ्नो विश्‍वासद्वारा नै जिउनेछ।

5वास्तवमा त्यसलाई दाखमद्यले धोका दिन्छ; त्यो अहङ्कारी छ, र त्यो कहिल्यै शान्तिसँग बस्दैन। किनकि त्यो चिहानजस्तै लोभी छ, मृत्युजस्तै त्यो कहिल्यै पनि तृप्‍त हुँदैन। त्यसले सबै राष्ट्रहरूलाई आफूकहाँ बटुल्छ, र सबै मानिसहरूलाई कैद गर्छ।

6“के अब सबैले त्यसलाई गिल्‍ला र अवहेलना गर्दै, यसो भनेर खिसी गर्दैनन् र? “ ‘धिक्‍कार छ, तिनीहरूलाई, जसले चोरीको माल थुपारेर र अर्काको धन जबरजस्ती खोसेर धनी हुन्छन्! कहिलेसम्म यस्तो चल्छ र?’

7के तँबाट ऋण लिनेहरू एक्‍कासि उठ्नेछैनन् र? के तिनीहरू उठेर तँलाई थरथर काँप्ने बनाउने छैनन् र? तब तँ तिनीहरूको शिकार बन्‍नेछस्।

8किनकि तैँले धेरै राष्ट्रहरूलाई लुटेको छस्, तर अब बाँकी रहेका मानिसहरूले तँलाई लुट्नेछन्। किनकि तैँले धेरै मानिसका रगत बगाएको छस्; तैँले देश र सहरहरू र त्यहाँ भएका सबै प्राणीहरूलाई सर्वनाश गरेको छस्।

9“धिक्‍कार त्यसलाई, जसले अधर्मको काम गरेको धनद्वारा आफ्नो संसार बनाउँछ, जसले विनाशको खतराबाट बच्नलाई आफ्नो गुँड उचाइमा बनाउँछ!

10तैँले धेरै जातिहरूको सर्वनाश गर्नलाई षड्यन्त्र रचिस्! आफ्नो घरपरिवारलाई शर्ममा पारिस् र आफ्नो प्राणचाहिँ गुमाइस्।

11पर्खालका ढुङ्गाहरूले चर्को सोरमा चिच्याउनेछन्; अनि काठका दलिनहरूले त्यसको प्रतिध्वनि गर्नेछन्।

12“धिक्‍कार त्यसलाई, जसले हत्या गरेर सहरको निर्माण गर्दछ, र अन्यायद्वारा नगरको निर्माण गर्दछ!

13के सेनाहरूका याहवेहले यो निश्‍चय गरिसक्नुभएको होइन? कि मानिसहरूका मेहनत आगोमा दाउराजस्तै भस्म हुनलाई मात्र हो। त्यसैले राष्ट्रहरूले व्यर्थमा परिश्रम गरेर आफूलाई थकित तुल्याउँछन्?

14किनकि समुद्र पानीले भरिएझैँ, याहवेहको महिमाको ज्ञानले पृथ्वी भरिनेछ।

15“धिक्‍कार त्यसलाई, जसले आफ्ना छिमेकीहरूलाई आफ्ना छालाका मशकबाट मातिन्जेल मद्य पिउन दिन्छ, ताकि त्यसले तिनीहरूको नाङ्गो शरीर नियाल्न सकोस्!

16तँ महिमाको सट्टामा शर्मले ढाकिनेछस्। अब तेरो पालो आएको छ! दाखमद्य पी, र तेरो नग्नता उदाङ्गो होस्! याहवेहको दाहिने हातबाट दण्डको कचौरा तँतिर आउँदैछ; अनि तेरो महिमालाई अपमानले ढाक्नेछ।

17तैँले लेबनानमा गरेको हिंसाले तँलाई व्याकुल पार्नेछ; अनि तैँले गरेको पशुप्राणीको विनाशले तँलाई भयभीत तुल्याउनेछ। किनकि तैँले मानिसको रगत बगाएको छस्; तैँले देश र सहरहरू र त्यहाँ भएका सबैलाई नाश पारेको छस्।

18“शिल्पकारले खोपेर बनाएको मूर्तिको के मूल्य छ र? अथवा त्यो प्रतिमा, जसले झूटो कुरा सिकाउँछ? किनकि त्यसले आफ्नै हातको काममा भरोसा राख्छ; किनकि त्यसले बनाएको मूर्ति बोल्न पनि सक्दैन।

19धिक्‍कार त्यसलाई, जसले काठलाई, ‘जाग्!’ भन्छ, अथवा निर्जीव ढुङ्गालाई, ‘उठ्!’ भन्छ। के त्यसले तिमीहरूलाई मार्गनिर्देशन गर्न सक्छ? त्यो सुन र चाँदीले मोहोरिएको छ; तर त्यसमा जीवनको सास नै छैन।”

20तर याहवेह आफ्नो पवित्र मन्दिरमा हुनुहुन्छ; सारा पृथ्वी उहाँको सामु चुपचाप रहोस्!

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath