ईसाई धर्म
पछाडि

उत्पत्ति 5

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1आदमको वंशको विवरण यही हो: जब परमेश्‍वरले मानिस जातिलाई सृष्‍टि गर्नुभयो, तब उहाँले तिनलाई परमेश्‍वरको स्वरूपमा बनाउनुभयो।

2उहाँले तिनीहरूलाई पुरुष र स्त्री बनाउनुभयो, र तिनीहरूलाई आशिष् दिनुभयो। तिनीहरूको सृष्‍टि हुँदा उहाँले तिनीहरूलाई “मानिस जाति” नाम दिनुभयो।

3आदम 130 वर्षको हुँदा, तिनीजस्तै तिनको आफ्नै स्वरूपमा एउटा छोरा भयो, र तिनले त्यसको नाम शेत राखे।

4शेतको जन्मपछि आदम 800 वर्षसम्म बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए।

5आदम जम्मा 930 वर्षसम्म बाँचे; अनि तिनी मरे।

6शेतको उमेर 105 वर्षको हुँदा, तिनी एनोशका पिता भए।

7तिनी एनोशका पिता भएपछि शेत 807 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी पनि जन्मिए।

8शेत जम्मा 912 वर्षसम्म बाँचे; अनि तिनी मरे।

9एनोशको उमेर 90 वर्षको हुँदा, तिनी केनानका पिता भए।

10अनि तिनी केनानका पिता भएपछि, एनोश 815 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी भए।

11एनोश जम्मा 905 वर्षसम्म बाँचे; अनि तिनी मरे।

12केनानको उमेर 70 वर्षको हुँदा, तिनी महलालेलका पिता भए।

13अनि तिनी महलालेलका पिता भएपछि, केनान 840 वर्ष बाँचे; र तिनका अरू छोराछोरी जन्मिए।

14केनान जम्मा 910 वर्षसम्म बाँचे; अनि तिनी मरे।

15महलालेलको उमेर 65 वर्षको हुँदा, तिनी येरेदका पिता भए।

16अनि तिनी येरेदका पिता भएपछि, महलालेल 830 बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए।

17महलालेल जम्मा 895 वर्षसम्म बाँचे; अनि तिनी मरे।

18येरेदको उमेर 162 वर्षको हुँदा, तिनी हनोकका पिता भए।

19अनि तिनी हनोकका पिता भएपछि येरेद 800 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए।

20येरेद जम्मा 962 वर्षसम्म बाँचे, र तिनी मरे।

21हनोकको उमेर 65 वर्षको हुँदा, तिनी मतूशेलहका पिता भए।

22अनि तिनी मतूशेलहका पिता भएपछि हनोक परमेश्‍वरसित 300 वर्ष विश्‍वासयोग्य भएर बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए।

23हनोक जम्मा 365 वर्षसम्म बाँचे।

24हनोक परमेश्‍वरसित विश्‍वासयोग्य भएर बाँचे। अनि तिनी अलप भए; किनकि परमेश्‍वरले तिनलाई उठाइलैजानुभयो।

25मतूशेलहको उमेर 187 वर्षको हुँदा, तिनी लेमेकका पिता भए।

26अनि तिनी लेमेकका पिता भएपछि मतूशेलह 782 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए।

27मतूशेलह जम्मा 969 वर्षसम्म बाँचे; अनि तिनी मरे।

28लेमेकको उमेर 182 वर्षको हुँदा, तिनको एउटा छोरा जन्मियो।

29अनि तिनले यसो भनेर त्यसको नाम नोआ राखे, “याहवेहले श्राप दिनुभएको भूमिमा हाम्रा हातले गरेको काम र कष्‍टदायक परिश्रममा यसले हामीलाई सान्त्वना दिनेछ।”

30नोआ जन्मेपछि लेमेक 595 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए।

31लेमेक जम्मा 777 वर्षसम्म बाँचे; अनि तिनी मरे।

32नोआ 500 वर्ष पुगेपछि तिनी शेम, हाम र येपेतका पिता भए।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath