उत्पत्ति 43
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1देशमा अनिकाल अझ भयङ्कर रूपले बढ्दैगयो।
2यसकारण जब उनीहरूले इजिप्टबाट ल्याएको अन्न खाइसके, तब उनीहरूका पिताले उनीहरूलाई भने, “फेरि जाओ, र हाम्रा लागि केही अन्न किनेर ल्याओ।”
3तर यहूदाले तिनलाई भने, “ती मानिसले हामीलाई गम्भीरतापूर्वक यसरी चेतावनी दिएका छन्, ‘तिमीहरूको भाइ तिमीहरूसित छैन भने तिमीहरूले मेरो अनुहार फेरि देख्नेछैनौ।’
4तपाईंले हाम्रो भाइलाई हामीसित पठाउनुभयो भने हामी जानेछौँ र तपाईंका लागि अन्न किन्नेछौँ।
5तर तपाईंले त्यसलाई पठाउनुभएन भने हामी जानेछैनौँ; किनकि ती मानिसले हामीलाई, ‘तिमीहरूको भाइ तिमीहरूसित छैन भने तिमीहरूले मेरो अनुहार फेरि देख्नेछैनौ’ भनेका छन्।”
6अनि इस्राएलले सोधे, “तिमीहरूले ममाथि किन यो विपत्ति ल्यायौ? किन त्यस मानिसलाई तिमीहरूको अर्को भाइ छ भनेर भन्यौ?”
7तब उनीहरूले जवाफ दिए, “ती मानिसले हामी र हाम्रा कुटुम्बको विषयमा केरकार गरे। तिनले, ‘के तिमीहरूका पिता अझ जीवितै छन्? के तिमीहरूसित अर्को पनि भाइ छ?’ भनेर सोधे। हामीले उनका प्रश्नहरूको मात्र जवाफ दियौँ। तिनले ‘तिमीहरूका भाइलाई यहाँ ल्याओ’ भनी भन्लान् भनेर हामीले कसरी जान्नु?”
8तब यहूदाले आफ्ना पिता इस्राएललाई भने, “त्यस केटालाई मसित पठाउनुहोस्, तब हामी झट्टै त्यहाँ जानेछौँ, ताकि तपाईं र हाम्रा बालबच्चाहरू भोकभोकै मर्नुपर्नेछैन र बाँच्नेछन्।
9म आफैँ त्यसको सुरक्षाको जमानी बस्नेछु; त्यसको लागि तपाईंले मलाई नै जिम्मेवार ठहराउन सक्नुहुन्छ। यदि मैले त्यसलाई तपाईंकहाँ फर्काएर तपाईंको सामु खडा गराउन सकिनँ भने म आफ्नो जीवनभरि तपाईंको अगि दोषी ठहरिनेछु।
10यदि हामीले ढिलो नगरेका भए अहिले हामी दुईपल्ट गएर फर्किआउन सक्नेथियौँ।”
11तब उनीहरूका पिता इस्राएलले उनीहरूलाई भने, “यदि यस्तै हुने हो भने यसो गर: यस देशका केही उत्तम उत्पादनहरू आफ्ना बोराहरूमा राख—अर्थात् अलिकति सुगन्धित लेप र अलिकति मह, केही सुगन्धित मसला, मूर्र, र अलिकति पेस्ता र हाडे-बदामहरू ती मानिसका निम्ति उपहारको रूपमा लिएर जाओ।
12तिमीहरूका बोराहरूमा फर्काइदिएका पैसा फर्काउनलाई आफूसित दोबर पैसा लैजाओ। सायद त्यो एउटा भूल थियो।
13तिमीहरूको भाइ पनि लगेर ती मानिसकहाँ झट्टै जाओ।
14अनि सर्वशक्तिमान् परमेश्वरले ती मानिसको सामु तिमीहरूमाथि दया देखाऊन्, र तिनले तिमीहरूको भाइ सिमियोन र बेन्यामीनलाई तिमीहरूसित फर्केर आउन देऊन्। यदि म शोकमा विक्षिप्त हुनुपर्ने हो भने पनि होउँला।”
15यसकारण ती मानिसहरूले उपहारहरू, दोबर पैसा र बेन्यामीनलाई पनि लिएर गए। तिनीहरू हतार-हतार इजिप्टतिर हिँडे; अनि योसेफकहाँ आफैँलाई हाजिर गराए।
16जब योसेफले उनीहरूसित बेन्यामीनलाई देखे, तब तिनले घरका भण्डारेलाई भने, “यी मानिसहरूलाई मेरो घरमा लैजा, एउटा पशु मारेर भोजन तयार गर्; उनीहरूले दिउँसो मसित खानेछन्।”
17त्यो मानिसले योसेफले भनेझैँ गर्यो, र ती मानिसहरूलाई योसेफको घरमा लग्यो।
18अब ती मानिसहरू आफूलाई योसेफको घरमा लगिएको कारण आत्तिए। उनीहरूले सोचे, “हामीलाई यहाँ ल्याएको चाहिँ पहिलो पटक हाम्रा बोराहरूमा पैसा फर्काएर हालिदिएको कारणले गर्दा हो। तिनले हामीमाथि आक्रमण गर्न र हामीलाई दमन गरी दास तुल्याएर हाम्रा गधाहरू हडप्न चाहन्छन्।”
19यसकारण उनीहरू योसेफका भण्डारेकहाँ गए, र घरभित्रको प्रवेशद्वारमा तिनीसित कुरा गरे।
20उनीहरूले भने, “हाम्रा प्रभु, दया गर्नुहोस्, हामी पहिलो चोटि यहाँ अन्न किन्न आएका थियौँ।
21तर हामी बास बसेको ठाउँमा राति आफ्ना बोराहरू खोल्दा हाम्रो प्रत्येकको बोराको मुखमा आ-आफ्ना पूरा पैसा राखिएको पायौँ। यसकारण हामीले त्यो पैसा आफूसित फर्काएर ल्याएका छौँ।
22हामीले अन्न किन्नका लागि अरू पनि धेरै पैसा ल्याएका छौँ। कसले हाम्रो पैसा हाम्रा बोराहरूमा राखिदियो, सो हामी जान्दैनौँ।”
23तिनले भने, “ठिकै छ, नडराओ। तिमीहरूका परमेश्वर, र तिमीहरूका पिताका परमेश्वरले नै तिमीहरूका बोराहरूमा धन राखिदिनुभएको छ। मैले तिमीहरूको पैसा पाएँ।” तब तिनले शिमियोनलाई उनीहरूकहाँ बाहिर ल्याए।
24ती भण्डारेले ती मानिसहरूलाई योसेफको घरमा लग्यो, र उनीहरूलाई खुट्टा धुने पानी दियो; अनि उनीहरूका गधाहरूलाई दानापानी दियो।
25दिउँसो उनीहरूले त्यहीँ भोजन गर्नुपर्छ भनी सुनेका हुनाले उनीहरूले योसेफ आउँदा तिनलाई टक्र्याउनका लागि आफ्ना उपहारहरू तयार पारे।
26जब योसेफ घरमा आए, तब उनीहरूले आफूले घरभित्र ल्याएका उपहारहरू तिनलाई टक्र्याए, र उनीहरू भुइँसम्मै निहुरेर तिनलाई सामु दण्डवत् गरे।
27तिनले उनीहरूका हालखबर सोधेर भने, “तिमीहरूले मलाई तिमीहरूका वृद्ध पिताको बारेमा भनेका थियौ, उनी कस्ता छन्? के उनी अझै जीवितै छन्?”
28उनीहरूले जवाफ दिए, “तपाईंका सेवक, हाम्रा पिता अझै जीवितै र कुशल नै हुनुहुन्छ।” अनि उनीहरूले लम्पसार परेर तिनलाई दण्डवत् गरे।
29चारैतिर हेरेपछि तिनले आफ्नै आमाका छोरा तिनको भाइ बेन्यामीनलाई देखेर सोधे, “तिमीहरूले मलाई भनेको तिमीहरूको कान्छो भाइ यही हो?” अनि योसेफले भने, “मेरो छोरा, परमेश्वर तँप्रति अनुग्रही होऊन्।”
30आफ्नो भाइलाई देखेर योसेफ अति भावुक भए; अनि आफूलाई थाम्न नसकेर हतारिँदै रुने एकान्त ठाउँ खोज्दै निस्के। अनि तिनी आफ्नो निजी कोठामा पसे, र त्यहाँ रोए।
31त्यसपछि तिनले आफ्नो अनुहार धोए, र तिनी बाहिर निस्किआए; अनि आफूलाई सम्हालेर भने, “अब खाना पस्क।”
32उनीहरूले योसेफका निम्ति अलग्गै, ती दाजुभाइहरूका निम्ति अलग्गै, र तिनीसित खाने इजिप्टियनहरूका निम्ति छुट्टाछुट्टै भोजन पस्के; हिब्रूहरूसित भोजन गर्नु भनेको इजिप्टियनहरूका लागि घृणित मानिने हुनाले उनीहरूले हिब्रूहरूसित खान मिल्दैनथ्यो।
33अनि ती मानिसहरूलाई योसेफको अगि जेठोदेखि कान्छोसम्म आफ्नो उमेरअनुसार बसाइयो; अनि उनीहरूले चकित भएर एक-अर्कालाई हेरे।
34जब उनीहरूलाई योसेफको टेबुलबाट खाना पस्किइयो, बेन्यामीनको भाग अरू सबैको भन्दा पाँच गुणा बढी थियो। यसरी उनीहरूले तिनीसित भोज खाए, पिए र आनन्द मनाए।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath