ईसाई धर्म
पछाडि

उत्पत्ति 2

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1यसरी आकाशमण्डल, पृथ्वी र तिनमा भएका सबै कुरा बनाइसकिए।

2परमेश्‍वरले सातौँ दिन हुँदासम्म आफूले गरिरहनुभएका काम सक्नुभयो; अनि सातौँ दिनमा उहाँले आफ्ना सबै कामबाट विश्राम लिनुभयो।

3अनि परमेश्‍वरले सातौँ दिनलाई आशिष् दिनुभयो र त्यसलाई पवित्र तुल्याउनुभयो; किनकि यही दिन नै उहाँले सृष्‍टि गर्नुभएका सम्पूर्ण कामबाट विश्राम लिनुभयो।

4याहवेह परमेश्‍वरले सृष्‍टि गर्नुभएको आकाशमण्डल र पृथ्वीको विवरण यही नै हो।

5जब याहवेह परमेश्‍वरले आकाशमण्डल र पृथ्वी सृष्‍टि गर्नुभयो, त्यस बेला पृथ्वीमा कुनै वनस्पति र कुनै बोटबिरुवा देखा परेका थिएनन्; किनकि याहवेह परमेश्‍वरले पृथ्वीमा पानी पठाउनुभएको थिएन र जमिनमा काम गर्ने कुनै मानिस थिएन।

6तर पृथ्वीबाट खोलाहरू निस्केर जमिनको सम्पूर्ण बाहिरी भागलाई भिजाउँथ्यो।

7याहवेह परमेश्‍वरले मानिसलाई जमिनको माटोबाट बनाउनुभयो; अनि तिनको नाकमा जीवनको सास फुकिदिनुभयो। यसरी मानिस जीवित प्राणी बन्यो।

8याहवेह परमेश्‍वरले पूर्वपट्टि भएको अदनमा एउटा बगैँचा लगाउनुभएको थियो; अनि आफूले बनाउनुभएको मानिसलाई उहाँले त्यहाँ राख्नुभयो।

9अनि याहवेह परमेश्‍वरले भूमिबाट सबै किसिमका रूखहरू, अर्थात् हेर्नमा राम्रो र खानलाई असल रूखहरू उमार्नुभयो। अनि बगैँचाको बीचमा जीवनको रूख, साथै असल र खराबको ज्ञान दिने रूख पनि लगाउनुभयो।

10बगैँचालाई भिजाउनका निम्ति एउटा नदी अदनबाट बहन्थ्यो; त्यो त्यहाँबाट छुट्टिएर चार वटा शाखामा बाँडिएको थियो।

11पहिलो नदीको नाम पीशोन हो, जो हवीलाको समस्त मुलुक हुँदै बग्दछ, जहाँ सुन पाइन्छ।

12(त्यस देशको सुन असल हुन्छ। त्यहाँ बास्‍ना आउने खोटो र गोमेद पनि पाइन्छन्।)

13दोस्रो नदीको नाम गीहोन हो, जो कूशको समस्त मुलुक भएर बग्दछ।

14तेस्रो नदीको नाम टाइग्रिस हो, जो अश्शूरको पूर्वतिर हुँदै बग्दछ; अनि चौथो नदीचाहिँ यूफ्रेटिस हो।

15याहवेह परमेश्‍वरले मानिसलाई लगेर अदनको बगैँचामा काम गर्न र त्यसको हेरचाह गर्नका निम्ति त्यहाँ राख्नुभयो।

16अनि याहवेह परमेश्‍वरले मानिसलाई यसो भनेर आज्ञा दिनुभयो, “यस बगैँचामा भएका कुनै पनि रूखहरूबाट खान तँ स्वतन्त्र छस्;

17तर असल र खराबको ज्ञान दिने रूखको फलचाहिँ तैँले खाँदै नखानू! किनकि जुन दिन तैँले त्यो फल खान्छस्, तँ निश्‍चय नै मर्नेछस्।”

18याहवेह परमेश्‍वरले भन्‍नुभयो, “मानिस एकलो रहन असल छैन। म त्यसको निम्ति एउटा सुहाउँदो सहयोगी बनाउनेछु।”

19याहवेह परमेश्‍वरले भूमिबाट सबै जङ्गली जनावर र आकाशका पक्षीहरूलाई बनाउनुभएको थियो। मानिसले तिनीहरूका के-के नाम राख्दो रहेछ भनी हेर्न तिनीहरूलाई तिनीकहाँ ल्याउनुभयो; अनि मानिसले हरेक प्राणीलाई जे-जे भनेर बोलाए, त्यही नै तिनीहरूका नाम रह्‍यो।

20यसरी मानिसले सबै घरपालुवा जनावरहरू, आकाशका पक्षीहरू र सबै जङ्गली जनावरहरूका नाम राखे। तर आदमको लागि कुनै सुहाउँदो सहयोगी पाइएन।

21यसकारण याहवेह परमेश्‍वरले मानिसलाई गहिरो निद्रामा पार्नुभयो। जब तिनी निदाइरहेका थिए, तब उहाँले तिनका करङहरूमध्ये एउटा निकालेर त्यस ठाउँलाई मासुले भरिदिनुभयो।

22अनि याहवेह परमेश्‍वरले मानिसबाट जुन करङ निकाल्नुभएको थियो, त्यही करङबाट एउटी स्त्री बनाउनुभयो र तिनलाई मानिसकहाँ ल्याउनुभयो।

23अनि मानिसले भने, “अब यो त मेरै हाडहरूका हाड र मासुको मासु हो; तिनलाई ‘स्त्री’ भनिनेछ, किनकि तिनी मानिसबाट निकालिएकी हो।”

24यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्छ र आफ्नी पत्नीसित मिलिबस्छ, अनि तिनीहरू एउटै शरीर हुन्छन्।

25मानिस र तिनकी पत्नी दुवै नाङ्गा थिए, तर तिनीहरू लाज मान्दैनथे।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath