उत्पत्ति 26
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1अब अब्राहामको समयमा परेको अनिकालबाहेक त्यस देशमा फेरि अर्को अनिकाल पनि पर्यो; अनि इसहाक गरारमा भएका पलिश्तीहरूका राजा अबीमेलेककहाँ गए।
2याहवेह इसहाककहाँ देखा पर्नुभयो र भन्नुभयो, “तल इजिप्टमा नजा; तर मैले तँलाई भनेकै देशमा गएर बस्।
3यस देशमा केही समय परदेशी भएर बस्, र म तँसित हुनेछु र तँलाई आशिष् दिनेछु। किनकि म तँलाई र तेरा सन्तानहरूलाई यी सबै देशहरू दिनेछु; र मैले तेरा पिता अब्राहामसित खाएको शपथ पूरा गर्नेछु।
4म तेरा सन्तानहरूलाई आकाशमा भएका ताराझैँ असंख्य तुल्याउनेछु; अनि तिनीहरूलाई यी सबै देशहरू दिनेछु; र तेरै सन्तानद्वारा पृथ्वीका सबै जातिले आशिष् पाउनेछन्;
5किनकि अब्राहामले मेरो आज्ञापालन गर्यो, र मेरा आज्ञाहरू, मेरा उर्दीहरू र मेरा निर्देशनहरू पालन गर्दै मैले चाहेका सबै कुरा गर्यो।”
6यसकारण इसहाक गरारमै बसे।
7त्यस ठाउँका मानिसहरूले तिनलाई रिबेकाको विषयमा सोधपुछ गर्दा तिनले भने, “यिनी मेरी बहिनी हुन्; किनकि रिबेकाको कारण त्यस ठाउँका मानिसहरूले तिनलाई मार्लान् भन्ने सोचेर रिबेकालाई आफ्नी पत्नी भन्न तिनी डराए; किनकि रिबेका अत्यन्तै राम्री थिइन्।”
8जब इसहाक त्यहाँ बसेको धेरै भइसकेको थियो, तब पलिश्तीहरूका राजा अबीमेलेकले झ्यालबाट तल हेरे, र तिनले इसहाकलाई आफ्नी पत्नी रिबेकासित प्रेमलाप गरिरहेका देखे।
9यसकारण अबीमेलेकले इसहाकलाई बोलाएर भने, “यिनी त वास्तवमा तिम्री पत्नी रहिछिन्! मलाई तिमीले किन ‘यिनी मेरी बहिनी हुन्’ भन्यौ?” इसहाकले तिनलाई जवाफ दिए, “किनकि मेरी पत्नीको कारण मैले आफ्नो ज्यान गुमाउन पर्ला कि भनी मैले सोचेँ।”
10तब अबीमेलेकले भने, “तिमीले हामीसँग यो के गर्यौ? यी मानिसहरूमध्ये कोही तिम्री पत्नीसित सुतेको भए तिमीले हामीमाथि दोष ल्याउनेथियौ।”
11यसकारण अबीमेलेकले सबै मानिसहरूलाई यसो भनी आदेश दिए: “यी मानिस अथवा यिनकी पत्नीलाई हानि गर्ने व्यक्तिले निश्चय नै मृत्युदण्ड पाउनेछ।”
12इसहाकले त्यस देशमा अन्नबाली लगाए; अनि त्यही वर्ष तिनले सय गुणा कटनी गरे; किनकि याहवेहले तिनलाई आशिष् दिनुभएको थियो।
13तिनी धनी भए, र तिनी अति धनाढ्य नहुन्जेल तिनको सम्पत्ति बढिरह्यो।
14तिनीसित यति धेरै बगाल, गाईबस्तु र सेवक-सेविकाहरू थिए, कि पलिश्तीहरूले तिनीसित डाह गर्न लागे।
15यसकारण तिनका पिता अब्राहामको समयमा, तिनका पिताका सेवकहरूले खनेका सबै इनारहरू पलिश्तीहरूले माटोले पुरिदिए।
16तब अबीमेलेकले इसहाकलाई भने, “हामीदेखि टाढा गइहाल; किनकि तिमी हाम्रो निम्ति अति शक्तिशाली भएका छौ।”
17यसकारण इसहाक त्यहाँबाट टाढा सरे र गरारको बेँसीमा पाल टाँगेर त्यहीँ बसोबास गरे।
18इसहाकका पिता अब्राहामको समयमा खनिएका इनारहरू तिनले फेरि खने, जुन अब्राहामको मृत्युपछि पलिश्तीहरूले पुरिदिएका थिए; अनि ती इनारहरूलाई तिनका पिताले दिएकै नामहरू दिए।
19इसहाकका सेवकहरूले बेँसीमा खने, र त्यहाँ स्वच्छ पानीको एउटा इनार पत्ता लगाए।
20तर गरारका गोठालाहरूले इसहाकका गोठालाहरूसित झगडा गरेर भने, “यो पानी हाम्रो हो!” यसकारण तिनले त्यस इनारको नाम एसेक राखे; किनकि तिनीहरूले उनीहरूसित झगडा गरेका थिए।
21तब तिनीहरूले अर्को इनार खने, तर तिनीहरूले त्यसका निम्ति पनि झगडा गरे; यसकारण तिनले त्यसको नाम सित्ना राखे।
22तिनी त्यहाँबाट अझ अगि बढे, र अर्को इनार खने; अनि कसैले पनि त्यसका निम्ति झगडा गरेन। तिनले त्यसको नाम यसो भनेर रहोबोत राखे, “अब याहवेहले हामीलाई ठाउँ दिनुभएको छ र हामी यस देशमा उन्नति गर्नेछौँ।”
23त्यहाँबाट तिनी बेर्शेबासम्म गए।
24त्यस रात याहवेह तिनीकहाँ देखा परेर भन्नुभयो, “म तेरा पिता अब्राहामको परमेश्वर हुँ। नडरा, किनकि म तँसित छु; म तँलाई आशिष् दिनेछु र मेरा सेवक अब्राहामको खातिर म तेरो सन्तानको संख्या बढाउनेछु।”
25इसहाकले त्यहाँ एउटा वेदी बनाए अनि याहवेहको आराधना गरे। त्यहाँ तिनले आफ्नो पाल टाँगे; अनि त्यहाँ तिनका सेवकहरूले एउटा इनार खने।
26त्यसै बेला गरारबाट अबीमेलेक आफ्ना व्यक्तिगत सल्लाहकार अहुज्जत र आफ्ना सेनाका सेनापति पीकोलसित तिनीकहाँ आए।
27इसहाकले तिनीहरूलाई सोधे, “तपाईंहरूले मसित दुश्मनी गरेर मलाई धपाउनुभयो। अहिले तपाईंहरू किन मकहाँ आउनुभयो?”
28तिनीहरूले जवाफ दिए, “तपाईंसित याहवेह हुनुभएको हामीले प्रष्टसँग देख्यौँ, र हामीले भन्यौँ, ‘तपाईंसित हाम्रो शपथसहितको वाचा गरिएको सम्झौता हुनुपर्नेथियो—हामी र तपाईंबीच।’ हामी तपाईंसँग एउटा सन्धि गर्न चाहन्छौँ,
29ताकि हामीले तपाईंलाई हानि नगरी सधैँ तपाईंसित राम्रो व्यवहार गरेर शान्तिसित तपाईंलाई पठाइदिएझैँ, तपाईंले पनि हामीलाई कुनै हानि गर्नुहुनेछैन। अनि अहिले तपाईंले याहवेहद्वारा आशिष् पाउनुभएको छ।”
30तब इसहाकले तिनीहरूका निम्ति भोज तयार पारे, र तिनीहरूले खाए र पिए।
31अर्को दिन बिहानै ती मानिसहरूले एक-अर्कासित शपथ खाए। तब इसहाकले तिनीहरूलाई आफ्नो बाटो लगाइदिए; अनि तिनीहरू शान्तिसित गए।
32त्यस दिन इसहाकका सेवकहरूले तिनलाई उनीहरूले खनेको इनारको विषयमा बताए। तिनीहरूले भने, “हामीले पानी भेट्टाएका छौँ!”
33तब तिनले त्यसको नाम शिबा राखे। आजसम्म नै त्यस नगरको नाम बेर्शेबा भनिन्छ।
34एसाव चालीस वर्षको हुँदा हित्ती बेरीकी छोरी यूदीतलाई र हित्ती एलोनकी छोरी बासमतलाई पनि विवाह गरे।
35तर यी स्त्रीहरू इसहाक र रिबेकाका निम्ति सन्तापको स्रोत भए।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath