उत्पत्ति 15
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1त्यसपछि दर्शनमा याहवेहको यो वचन अब्रामकहाँ आयो: “अब्राम, तँ नडरा; म तेरो ढाल हुँ, र तेरो इनाम अत्यन्त ठूलो हुनेछ।”
2तर अब्रामले भने, “हे प्रभु याहवेह, तपाईंले मलाई के दिन सक्नुहुन्छ? किनकि म निःसन्तान छु, र मेरो सम्पत्तिको हकदार दमस्कसको एलीएजर नै हुनेछ।”
3अनि अब्रामले फेरि भने, “तपाईंले मलाई छोराछोरी दिनुभएन; यसकारण मेरै घरानामा जन्मेको सेवक नै मेरो उत्तराधिकारी हुनेछ।”
4तब याहवेहको वचन फेरि तिनीकहाँ आयो: “यो मानिस तेरो उत्तराधिकारी हुनेछैन; तर तँबाटै जन्मिएको छोरो तेरो उत्तराधिकारी हुनेछ।”
5उहाँले तिनलाई बाहिर लानुभयो र भन्नुभयो, “यदि तैँले गन्न सक्छस् भने आकाशतिर हेर्, र ताराहरू गन्।” तब उहाँले तिनलाई भन्नुभयो, “तेरा सन्तानहरू पनि त्यस्तै हुनेछन्।”
6अनि अब्रामले याहवेहमाथि विश्वास गरे, र यो उनको निम्ति धार्मिकता गनियो।
7उहाँले तिनलाई यो पनि भन्नुभयो, “म नै याहवेह हुँ, जसले तँलाई कल्दीहरूको ऊरबाट यो देश सम्पत्तिको रूपमा दिन भनी निकालेर ल्याएँ।”
8तर अब्रामले भने, “हे प्रभु याहवेह, मैले यो सम्पत्तिको रूपमा पाउनेछु भनी म कसरी थाहा पाऊँ?”
9यसकारण याहवेहले तिनलाई भन्नुभयो, “मकहाँ तीन-तीन वर्षको एउटा कोरली, एउटा पाठी र एउटा भेडा, र साथमा एउटा ढुकुर र एउटा परेवाको बचेरो ले।”
10अब्रामले ती सबै उहाँकहाँ ल्याए, तिनीहरूलाई दुई टुक्रा गरी काटे र आधा भागलाई एक-अर्काको विपरीत दिशामा मिलाएर राखे; तर चराहरूलाई चाहिँ तिनले आधा गरी काटेनन्।
11तब चील र गिद्धहरू शिकारमाथि झम्टेर आए, तर अब्रामले तिनीहरूलाई धपाए।
12जब घाम डुब्दै थियो, अब्राम मस्त निद्रामा परे; अनि डरलाग्दो र घोर अन्धकारले तिनलाई छोप्यो।
13तब याहवेहले अब्रामलाई भन्नुभयो, “तैँले यो निश्चय जानिराख् कि तेरा सन्तानहरू चार सय वर्षसम्म अर्काको देशमा प्रवासी हुनेछन् र त्यहाँ तिनीहरूले दास भएर दुर्व्यवहार खप्नुपर्नेछ।
14तर म तिनीहरूले दास-दासी भएर सेवा गरेको देशलाई दण्ड दिनेछु; अनि पछि तिनीहरू त्यहाँबाट धेरै सम्पत्ति लिएर निस्किआउनेछन्।
15तर तँचाहिँ शान्तिसित तेरा पुर्खाहरूकहाँ जानेछस्; अनि तँ पूरा बुढेसकालमा गाडिनेछस्।
16चौथो पुस्तामा तेरा सन्तानहरूहरू यहाँ फर्केर आउनेछन्; किनकि एमोरीहरूको अधर्म अहिलेसम्म पूरा भइसकेको छैन।”
17जब घाम अस्तायो र अँध्यारो भयो, र एउटा बलिरहेको आगो भएको धुवाँले भरिएको मकल देखा पर्यो, र ती टुक्राहरूका बीचबाट भएर गयो।
18त्यसै दिन याहवेहले अब्रामसित एउटा करार बाँध्नुभयो र भन्नुभयो, “म तेरा सन्तानहरूलाई यो देश दिनेछु, अर्थात् इजिप्टको नदीदेखि महानदी यूफ्रेटिससम्म—
19जुन केनीहरू, कनज्जीहरू, कदोमोनीहरू,
20हित्तीहरू, परिज्जीहरू, रपाईहरू,
21एमोरीहरू, कनानीहरू, गिर्गाशीहरू अनि यबूसीहरूका देशहरू हुन्।”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath