उत्पत्ति 11
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1त्यस बेला सारा संसारभरि एउटै भाषा र एकै खालको बोली थियो।
2मानिसहरू जब पूर्वतिर सर्दै गए, तिनीहरूले शिनार देशमा एउटा समथल भूमि भेट्टाए; र त्यहीँ बसोबास गर्न थाले।
3तिनीहरूले आपसमा भने, “आओ, हामी इँटा बनाऔँ र त्यसलाई पोलेर कडा बनाऔँ।” तिनीहरूले ढुङ्गाको सट्टामा इँटा र मसलाको रूपमा अलकत्रा प्रयोग गरे।
4त्यसपछि तिनीहरूले भने, “आओ, हामी आफ्ना निम्ति एउटा सहर बनाऔँ, र स्वर्गसम्म पुग्ने एउटा धरहरा बनाऔँ; अनि आफ्नो नाम राखौँ, नत्रता हामी सारा पृथ्वीभरि छरपस्ट हुनेछौँ।”
5तब मानिसहरूले बनाउँदै गरेका सहर र त्यस धरहरा हेर्न भनी याहवेह तल ओर्लनुभयो।
6त्यसपछि याहवेहले भन्नुभयो, “यी मानिसहरूको बोल्ने एउटै भाषा भएको कारण तिनीहरूले यो काम गर्न थालेका छन्; अब तिनीहरूले जे गर्नका निम्ति योजना बनाएका छन्, तिनीहरूका निम्ति केही पनि असम्भव हुनेछैन।
7आओ, हामी तल जाऔँ, र तिनीहरूको भाषा खलबल पारिदिऔँ, ताकि तिनीहरूले एक-अर्काको बोली नबुझून्।”
8यसरी याहवेहले तिनीहरूलाई त्यहाँबाट सारा पृथ्वीभरि छरपस्ट पारिदिनुभयो; अनि तिनीहरूले त्यो सहर बनाउने काम अधुरै छोडे।
9त्यसकारण त्यस सहरलाई बाबेल भनिन्छ—किनकि यहीँ नै याहवेहले पृथ्वीका सारा मानिसहरूको भाषा खलबल पारिदिनुभएको थियो। तब त्यहाँबाटै याहवेहले तिनीहरूलाई सारा पृथ्वीभरि तितरबितर पारिदिनुभयो।
10शेमका वंशको विवरण यही हो: जलप्रलयको दुई वर्षपछि जब शेम 100 वर्ष पुगे, तब तिनी अर्पक्षदका पिता भए।
11अनि तिनी अर्पक्षदका पिता भएपछि, शेम 500 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू जन्मिए।
12जब अर्पक्षद 35 वर्ष पुगे, तिनी शेलहका पिता भए।
13अनि तिनी शेलहका पिता भएपछि, अर्पक्षद 403 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू जन्मिए।
14जब शेलह 30 वर्ष पुगे, तिनी एबेरका पिता भए।
15अनि तिनी एबेरका पिता भएपछि शेलह 403 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू भए।
16जब एबेर 34 वर्ष पुगे, तिनी पेलेगका पिता भए।
17अनि तिनी पेलेगका पिता भएपछि एबेर 430 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू भए।
18जब पेलेग 30 वर्ष पुगे, तिनी रऊका पिता भए।
19अनि तिनी रऊका पिता भएपछि, पेलेग 209 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू भए।
20जब रऊ 32 वर्ष पुगे, तिनी सरूगका पिता भए।
21अनि तिनी सरूगका पिता भएपछि रऊ 207 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू भए।
22जब सरूग 30 वर्ष पुगे, तिनी नाहोरका पिता भए।
23अनि तिनी नाहोरका पिता भएपछि सरूग 200 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू भए।
24जब नाहोर 29 वर्ष पुगे, तिनी तेरहका पिता भए।
25अनि तिनी तेरहका पिता भएपछि नाहोर 119 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू भए।
26जब तेरह 70 वर्ष पुगे, तिनी अब्राम, नाहोर र हारानका पिता भए।
27तेरहका वंशको विवरण यही हो: तेरहचाहिँ अब्राम, नाहोर र हारानका पिता भए; अनि हारान लोतका पिता भए।
28आफ्ना पिता तेरह जीवित छँदै हारान आफू जन्मेको ठाउँ कल्दीहरूको ऊरमा मरे।
29अब्राम र नाहोर दुवैले विवाह गरे। अब्रामकी पत्नीको नाम साराई थियो; अनि नाहोरकी पत्नीको नाम मिल्का थियो; यिनीचाहिँ हारानकी छोरी थिइन्, जो मिल्का र यिस्का दुवैका पिता थिए।
30अब साराईचाहिँ बाँझी थिइन्; अनि तिनको कुनै सन्तान थिएन।
31तेरहले अब्राम, आफ्नो नाति हारानको छोरा लोत र आफ्नी बुहारी साराई, अर्थात् आफ्नो छोरा अब्रामकी पत्नीलाई साथमा लिए; र कनान देशमा जानका निम्ति कल्दीहरूको ऊरबाट निस्के। तर हारानमा आइपुगेपछि तिनीहरू त्यहीँ बसोबास गर्न थाले।
32तेरह 205 वर्ष बाँचे; अनि तिनी हारानमै मरे।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath