ईसाई धर्म
पछाडि

उत्पत्ति 10

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1नोआका छोराहरू शेम, हाम र येपेतको विवरण यही हो। जलप्रलयपछि तिनीहरूका आफ्नै छोराहरू भए।

2येपेतका छोराहरू: गोमेर, मागोग, मादी, यावान, तूबल, मेशेक र तीरास।

3गोमेरका छोराहरू: अश्कनज, रिपत र तोगर्मा।

4यावानका छोराहरू: एलीशा, तर्शीश, कित्तीम र रोदानीम ।

5(यिनीहरूबाट नै समुद्री तटबासीहरू; तिनीहरूका आ-आफ्नै कुल र प्रत्येकको आफ्नै भाषाअनुसार तिनीहरूका राष्ट्रभित्र विभिन्‍न क्षेत्रहरूमा फैलिए।)

6हामका छोराहरू: कूश, इजिप्ट, पूत र कनान।

7कूशका छोराहरू: सेबा, हवीला, सब्ता, रामाह र सब्तेका। रामाहका छोराहरू: शेबा र ददान।

8कूश निम्रोदका पिता थिए; जो पृथ्वीमा एक शक्तिशाली योद्धा बने।

9तिनी याहवेहको सामु एक शक्तिशाली शिकारी थिए; त्यसैकारण यसो भन्‍ने चलन छ, “याहवेहको सामु निम्रोदझैँ, एक शक्तिशाली शिकारी।”

10तिनको राज्यका प्रथम केन्द्रहरू बेबिलोन, एरेक, अक्‍काद र कल्नेह हुन्, जुन शिनार देशमा छन्।

11त्यस देशबाट तिनले आफ्नो क्षेत्रफल अश्शूरतिर फैलाए, जहाँ तिनले निनवे, रहोबोत-इर, कालह सहरहरू

12अनि निनवे र कालहको बीचमा ठूलो सहर रेसेन बनाए।

13इजिप्टचाहिँ यिनीहरूका पिता थिए: लूदीमहरू, अनामीहरू, लहाबीहरू, नप्‍तूहीहरू,

14पत्रुसीहरू, कस्लूहीहरू (जसबाट पलिश्तीहरू आए), र कप्‍तोरीहरू।

15कनानचाहिँ यिनीहरूका पिता थिए: आफ्ना जेठा छोरा सीदोन र हित्ती,

16यबूसी, एमोरी, गिर्गाशी,

17हिव्वी, अरकी, सिनी,

18अर्वादी, सेमारी र हमातीहरू। पछि कनानीहरूका कुलहरू फैलिए,

19अनि कनानीहरूका सिमानाहरू सीदोनदेखि गरारतिर गाजासम्म पुग्यो, अनि त्यहाँबाट सदोम, गमोरा, अदमा, सबोयीम भएर लासासम्म थियो।

20तिनीहरूका कुल र भाषाअनुसार आ-आफ्ना क्षेत्र र राष्ट्रहरूमा रहेका हामका छोराहरू यिनै हुन्।

21शेमका छोराहरू जन्मिए, र शेमचाहिँ येपेतका भाइ थिए; शेम नै एबेरका सबै सन्तानका पुर्खा थिए।

22शेमका छोराहरू: एलाम, अश्शूर, अर्पक्षद, लूद र अराम।

23अरामका छोराहरू: ऊज, हूल, गेतेर र मेशेक।

24अर्पक्षद शेलहका पिता थिए, अनि शेलहचाहिँ एबेरका पिता थिए।

25एबेरका दुई छोराहरू जन्मिए: एउटाको नाम पेलेग राखियो; किनकि पृथ्वी तिनकै पालोमा विभाजन भएको थियो। तिनको भाइको नाम योक्तान राखियो।

26योक्तान यिनीहरूका पिता थिए: अल्मोदद, शेलेप, हसर्मवेत, येरह,

27हदोराम, ऊजाल, दिक्ला,

28ओबाल, अबीमाएल, शेबा,

29ओपीर, हवीला र योबाब। यी सबै योक्तानका छोराहरू थिए।

30(तिनीहरू बसेको ठाउँ मेशादेखि पूर्वीय पहाडी देशको सपारासम्म फैलिएको थियो।)

31तिनीहरूका कुल र भाषाअनुसार आ-आफ्ना क्षेत्र र राष्ट्रहरूमा रहेका शेमका छोराहरू यिनै हुन्।

32तिनीहरूका आफ्ना राष्ट्रभित्र, तिनीहरूका वंशका घरानाअनुसार नोआका छोराहरूका कुलहरू यिनै हुन्। जलप्रलयपछि पृथ्वीमा यिनीहरूबाट नै विभिन्‍न जातिहरू फैलिँदै गए।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath