गलाती 3
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1हे अबुझ गलातीहरू हो! कसले तिमीहरूलाई टुनामुनाद्वारा वशमा पार्यो? तिमीहरूका आँखाकै अगि येशू ख्रीष्ट क्रूसमा टाँगिनुभएको कुरा स्पष्ट रूपले बताइएको थियो।
2तिमीहरूबाट म यति मात्र जान्न चाहन्छु: के तिमीहरूले व्यवस्थाका काम पालन गरेर वा सुनेका सुसमाचारमा विश्वास गरेर परमेश्वरको आत्मा पाएका हौ?
3के तिमीहरू यति धेरै मूर्ख छौ? परमेश्वरको आत्मामा सुरु भएर के तिमीहरू मानवीय कार्यमा नै टुँगिन चाहन्छौ?
4यदि साँच्चै यो व्यर्थको थियो भने के तिमीहरूले व्यर्थैमा दुःख भोग्यौ?
5म फेरि पनि सोध्न चाहन्छु, परमेश्वरले तिमीहरूलाई उहाँको आत्मा दिनुभएर तिमीहरूका माझमा अचम्मका कामहरू गर्नुभएको छ, यो व्यवस्थाको कर्मद्वारा हो वा तिमीहरूले सुनेका सन्देशको विश्वासद्वारा गर्नुभएको हो?
6यसरी नै, “अब्राहामले परमेश्वरमा विश्वास गरे, र यो उनका निम्ति धार्मिकता गनियो।”
7अब यो बुझ कि, जस-जसले विश्वास गर्छन्, तिनीहरू अब्राहामका सन्तान हुन्।
8धर्मशास्त्रले पहिलेदेखि नै जानेर परमेश्वरले गैरयहूदीहरूलाई विश्वासद्वारा धर्मी ठहराउनुहुनेछ, र यो सुसमाचार धेरै अगि नै अब्राहामलाई भनिसक्नुभएको थियो: “तँद्वारा सबै राष्ट्रहरूले आशिष् पाउनेछन्।”
9त्यसकारण परमेश्वरमा विश्वास गर्ने सबैले विश्वासी अब्राहामसित नै आशिष् पाउनेछन्।
10जति जना व्यवस्थाको काममा भर पर्दछन्, तिनीहरू सबै श्रापित हुन्; किनकि यस्तो लेखिएको छ: “यस व्यवस्थाको वचन पूरा रूपमा पालन गर्न नचाहने र समर्थन नगर्ने, जो कोही पनि श्रापित होस्।”
11यो कुरा प्रष्ट छ, परमेश्वरको दृष्टिमा व्यवस्थाद्वारा कोही मानिस धर्मी ठहरिन सक्दैन, किनकि “धर्मी जनचाहिँ विश्वासद्वारा नै जिउनेछ।”
12व्यवस्थाचाहिँ विश्वासमा आधारित हुँदैन, बरु “जुन व्यक्तिले यी कामहरू गर्छ, ऊ ती कामहरूद्वारा जिउनेछ।”
13हाम्रा निम्ति श्राप बनेर व्यवस्थाको श्रापबाट दाम तिरी ख्रीष्टले हामीलाई उद्धार गर्नुभयो; किनकि धर्मशास्त्रमा यस्तो लेखिएको छ: “काठमा झुण्ड्याइएको हरेक श्रापित हुनेछ।”
14उहाँले हामीलाई मोल तिरेर उद्धार गर्नुभयो, ताकि अब्राहामलाई दिइएको आशिष् ख्रीष्ट येशूद्वारा गैरयहूदीहरूकहाँ पुगोस्; अनि विश्वासद्वारा नै हामी परमेश्वरको आत्माको प्रतिज्ञा पाउन सकौँ।
15दाजुभाइ-दिदीबहिनीहरू हो, म एउटा प्रचलित उदाहरण दिन्छु। जब मानिसको सहमतिमा करारपत्र पक्का भएको छ भने कसैले त्यसलाई रद्द गर्न सक्दैन, न त त्यसमा केही थप्न सक्छ, त्यसरी नै व्यवस्था र प्रतिज्ञामा हुन्छ।
16अब्राहाम र उनका सन्तानलाई प्रतिज्ञाहरू गरिएको थियो। धर्मशास्त्रले, “सन्तानहरूलाई,” भन्दैन, अर्थात् धेरै मानिसहरू हो, तर “तेरा सन्तानलाई”, जसको अर्थ एउटा व्यक्ति, जो ख्रीष्ट हुनुहुन्छ।
17म यसो भन्छु: चार सय तीस वर्षपछि ल्याइएको व्यवस्थाले परमेश्वरले पहिल्यै स्थापित गर्नुभएको करारलाई भङ्ग गर्दैन; अनि प्रतिज्ञालाई रद्द तुल्याउन सक्दैन।
18यदि उत्तराधिकार व्यवस्थामा आधारित भए त यो प्रतिज्ञामा आधारित हुँदैन; तर परमेश्वरले उहाँको अनुग्रहमा प्रतिज्ञाद्वारा अब्राहामलाई उत्तराधिकार दिनुभयो।
19त्यसो हो भने व्यवस्था दिइनुको उद्देश्य के थियो त? यो व्यवस्था अपराधको कारण दिइएको हो, त्यो प्रतिज्ञा जसलाई गरिएको थियो, त्यो सन्तान नआउन्जेल यो व्यवस्था स्वर्गदूतहरूद्वारा एक जना मध्यस्थकर्तालाई सुम्पिइएको थियो।
20एकभन्दा धेरै दल छ भने मध्यस्थकर्ता चाहिन्छ; तर परमेश्वर एउटै हुनुहुन्छ।
21तब के व्यवस्था परमेश्वरका प्रतिज्ञाहरूको विरोधमा छ त? कदापि होइन! यदि व्यवस्था जीवन दिनको लागि दिइएको हो भने निश्चय नै धार्मिकता पनि व्यवस्थाबाट नै आएको हो।
22तर धर्मशास्त्रले घोषणा गर्दछ, कि सारा संसार पापको कैदमा छ। यसकारण जे प्रतिज्ञा गरिएको थियो, येशू ख्रीष्टमा विश्वासद्वारा पाइन्छ; अनि जस-जसले विश्वास गर्दछन्, उनीहरूलाई दिइनेछ।
23तर विश्वास आउनुभन्दा अगि हामी व्यवस्थाको अधीनमा कैदी भएका थियौँ; अनि विश्वास प्रकट नहोउन्जेल हामी व्यवस्थामै बाँधिएका थियौँ।
24यसकारण ख्रीष्ट नआउन्जेल व्यवस्था नै हाम्रो अभिभावक थियो, ताकि हामी विश्वासद्वारा धर्मी ठहरिन सकौँ।
25अहिले त्यो विश्वास आएको छ। अब हामी अभिभावकको अधीनमा छैनौँ।
26यसकारण ख्रीष्ट येशूमा विश्वासद्वारा तिमीहरू सबै परमेश्वरका सन्तान हौ।
27किनकि तिमीहरू जति जनाले ख्रीष्टमा बप्तिस्मा लिएका छौ, तिमीहरूले ख्रीष्टलाई धारण गरेका छौ।
28अब न कोही यहूदी छ, न गैरयहूदी; न कोही सेवक छ, न फुक्का र न कोही पुरुष छ, न स्त्री; किनकि ख्रीष्ट येशूमा तिमीहरू सबै जना एक हौ।
29यदि तिमीहरू ख्रीष्टका हौ भने तिमीहरू अब्राहामका वंश हौ; प्रतिज्ञाअनुसार उत्तराधिकारीहरू हौ।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath