ईसाई धर्म
पछाडि

एज्रा 8

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1राजा अर्तसास्तका शासनकालमा बेबिलोनबाट मसँग फर्केर आउने परिवारका अगुवाहरू र तिनीहरूसँगै दर्ता गरिएका मानिसहरू यिनै हुन्:

2पीनहासका सन्तानहरू: गेर्शोम; ईतामारका सन्तानहरू: दानिएल; दावीदका सन्तानहरू: हत्तूश

3शकन्याहका सन्तानहरू; परोशका सन्तानहरू: जकरिया र तिनीसित सूचीमा लेखिएका 150 पुरुषहरू;

4पहत-मोआबका सन्तानहरू: जरयाहका छोरा एल्यहोएनै र तिनीसित 200 पुरुषहरू;

5जत्तूका सन्तानहरू: यहजीएलका छोरा शकन्याह र तिनीसित 300 पुरुषहरू;

6आदीनका सन्तानहरू: जोनाथनका छोरा एबेद र तिनीसित 50 पुरुषहरू;

7एलामका सन्तानहरू: अतल्याहका छोरा यशयाह र तिनीसित 70 पुरुषहरू;

8शपत्याहका सन्तानहरू: मिखाएलका छोरा जबदियाह र तिनीसित 80 पुरुषहरू थिए;

9योआबका सन्तानहरू: यहीएलका छोरा ओबदिया र तिनीसित 218 पुरुषहरू;

10बानीका सन्तानहरू: योसिप्याहका छोरा शलोमीत र तिनीसित एक सय 60 पुरुषहरू;

11बेबैका सन्तानहरू: बेबैका छोरा जकरिया र तिनीसित 28 पुरुषहरू;

12अज्गादका सन्तानहरू: हक्‍कातानको छोरा योहानान र तिनीसित 110 पुरुषहरू;

13अदोनीकामका सन्तानहरू: अन्तिममा आएकाहरू, जसका नामहरू एलीपेलेत, यीएल र शमायाह; अनि तिनीहरूसित 60 पुरुषहरू;

14बिग्वैका सन्तानहरू: ऊत्तै, जक्‍कूर र तिनीहरूसित 70 पुरुषहरू।

15मैले तिनीहरूलाई अहावातिर बग्ने नहरको किनारमा भेला गरेँ; अनि हामी त्यहाँ छाउनीमा तीन दिनसम्म बस्यौँ। जब मैले मानिसहरू र पुजारीहरूको बीचमा निरीक्षण गरेँ, तब मैले त्यहाँ कुनै लेवीहरू भेट्टाइनँ।

16यसकारण मैले अगुवाहरू एलीएजर, अरीएल, शमायाह, एल्नातान, यारीब, एल्नातान, नातान, जकरिया र मशुल्‍लामलाई, साथै यहोयारीब र एल्नातान, जो विद्वान् थिए, तिनीहरूलाई बोलाइपठाएँ।

17अनि मैले तिनीहरूलाई कासिप्याका अगुवा इद्दोकहाँ जान हुकुम गरेँ। मैले तिनीहरूलाई कासिप्याको मन्दिरमा सेवा गर्ने इद्दो र तिनका सहकर्मीहरूलाई के भन्‍नुपर्ने हो, सो भनी पठाए, ताकि तिनीहरूले परमेश्‍वरको भवनको निम्ति सेवकहरू ल्याउन सकून्।

18हाम्रा परमेश्‍वरको कृपालु हात हामीमाथि रहेको हुनाले तिनीहरूले इस्राएलका छोरा लेवी, लेवीका छोरा महली, महलीका सन्तानबाट एक जना योग्य व्यक्ति शेरेबियाह, र शेरेबियाहका छोराहरू; अनि दाजुभाइहरू सबै गरेर 18 पुरुषहरू;

19अनि हशब्याहसित, मरारीका सन्तानहरूबाट यशयाह, तिनका दाजुभाइहरू र भतिजाहरू सबै गरेर 20 पुरुषहरूलाई हामीकहाँ ल्याए।

20दावीद र उनका अधिकारीहरूले नियुक्त गरेका लेवीहरूलाई सहयोग गर्ने 220 जना मन्दिरका सेवकहरूका झुण्डलाई पनि तिनीहरूले ल्याए। यिनीहरू सबैको नाम सूचीमा दर्ता गरिएको थियो।

21त्यहाँ अहावा नहरको किनारमा मैले उपवासको घोषणा गरेँ, ताकि हामीले आफूलाई परमेश्‍वरको सामु नम्र तुल्याउन सकौँ; अनि हाम्रा छोराछोरीहरू र हाम्रा सबै सम्पत्ति सहित हामी परमेश्‍वरसँग सुरक्षित यात्राको प्रार्थना गर्न सकौँ।

22हामीलाई बाटोमा शत्रुहरूदेखि रक्षा गर्न राजासँग सिपाहीहरू र घोडचढीहरू माग्न मलाई लाज लाग्यो; किनकि हामीले राजालाई भनेका थियौँ, “उहाँलाई खोज्ने हरेकमाथि हाम्रा परमेश्‍वरको अनुग्रही हात हुन्छ, तर उहाँलाई त्याग्नेहरूका विरुद्धमा उहाँको डरलाग्दो क्रोध पर्छ।”

23यसकारण हामी उपवास बस्यौँ र यस विषयको निम्ति हाम्रा परमेश्‍वरलाई बिन्ती चढायौँ; अनि उहाँले हाम्रो प्रार्थनाको जवाफ दिनुभयो।

24त्यसपछि मैले मुख्य पुजारीहरूमध्ये बाह्र जना र तिनीहरूसित शेरेबियाह, हशब्याह र तिनीहरूका दश जना दाजुभाइहरूलाई अलग गरेँ।

25अनि मैले परमेश्‍वरको भवनका निम्ति त्यहाँ उपस्थित भएका सारा इस्राएलीहरू, राजा र उनका सल्‍लाहकारहरू, साथै अधिकारीहरूले भेटीको रूपमा चढाएका सुन र चाँदीका भाँडाहरू तिनीहरूलाई तौलेर दिएँ।

26मैले तिनीहरूलाई 650 टालेन्ट चाँदी, 100 टालेन्ट चाँदीका भाँडाहरू, 100 टालेन्ट सुन,

271,000 डारिक बराबरका सुनका 20 वटा कचौराहरू र सुनजस्तै मूल्यवान् दुई वटा चिल्‍ला तामाका भाँडाहरू पनि तौलेर दिएँ।

28मैले तिनीहरूलाई भनेँ, “तिमीहरूका साथै यी भाँडाहरू पनि याहवेहका निम्ति समर्पण गरिएका छन्। याहवेह तिमीहरूका पितापुर्खाहरूका परमेश्‍वरको निम्ति सुन र चाँदीहरू स्वेच्छा-भेटी हुन्।

29मुख्य पुजारीहरू र लेवीहरू, र इस्राएलका परिवारका अगुवाहरूका सामु यरूशलेममा याहवेहको भवनको कोठाहरूभित्र ती भाँडाहरू नतौलेसम्म तिमीहरूले होसियारीसाथ यसको रक्षा गर्नू।”

30त्यसपछि यरूशलेममा परमेश्‍वरको भवनमा लैजानलाई जोखिएका सुन र चाँदी, पवित्र भाँडाहरू सबै पुजारीहरू र लेवीहरूले ग्रहण गरे।

31पहिलो महिनाको बाह्रौँ दिनमा यरूशलेम जानलाई हामी अहावा नहरको किनारदेखि हिँड्यौँ। हाम्रा परमेश्‍वरको हात हामीमाथि थियो; अनि उहाँले हामीलाई बाटोमा शत्रुहरू र डाँकुहरूबाट बचाउनुभयो।

32यसरी हामी यरूशलेममा आइपुग्यौँ र त्यहाँ हामीले तीन दिन विश्राम गर्‍यौँ।

33चौथो दिनमा हाम्रा परमेश्‍वरको भवनमा उरियाहको छोरा मरेमोत पुजारीको हातमा सुन, चाँदी र पवित्र भाँडाहरू जोखेर सुम्पिदियौँ। मरेमोतसित पीनहासका छोरा पुजारी एलाजार, लेवीहरू येशूआका छोरा योजाबाद र बिन्‍नूईका छोरा नोअदिया पनि थिए।

34हरेक कुरा गनिएको र जोखेर हिसाब गरिएको थियो; अनि त्यसै बेला सबै थोकको तौलको सूची बनाइयो।

35त्यसपछि निर्वासनबाट फर्कने सारा निर्बासितहरूले इस्राएलका परमेश्‍वरको निम्ति होमबलिहरू चढाए: बाह्र वटा साँढेहरू, छयानब्बे भेडाहरू, सतहत्तर थुमाहरू होमबलिको निम्ति बलि चढाए। अनि यसबाहेक पापबलिको निम्ति बाह्र वटा बोकाहरू बलि चढाए। यी सबै याहवेहका निम्ति होमबलि थियो।

36तिनीहरूले राजकीय शासकहरू र यूफ्रेटिस पारिका राज्यपालहरूलाई राजाका आदेशहरू पनि दिए। त्यसपछि तिनीहरूले मानिसहरू र परमेश्‍वरको भवनलाई सहायता गरे।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath