ईसाई धर्म
पछाडि

एज्रा 2

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1बेबिलोनका राजा नबूकदनेसरले बेबिलोन कैदमा लगेकाहरूमध्येका कैदबाट फर्केर आउने प्रान्तका मानिसहरू यिनै हुन्ः तिनीहरू हरेक आफ्नै सहर यरूशलेम र यहूदामा फर्के। (तिनीहरू

2यरुबाबेल, येशूआ, नहेम्याह, सरायाह, रेलयाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्वै, रेहूम र बानाहसित यरूशलेम र यहूदामा आ-आफ्नै नगरमा फर्किएका थिए): इस्राएलीहरूका पुरुषहरूको सूची:

3परोशका सन्तानहरू 2,172 जना;

4शपत्याहका सन्तानहरू 372 जना;

5अराहका सन्तानहरू 775 जना;

6पहत-मोआबका सन्तानहरू (येशूआ र योआबको वंशबाट) 2,812 जना;

7एलामका सन्तान 1,254 जना;

8जत्तूका सन्तान 945 जना;

9जक्‍कैका सन्तान 760 जना;

10बानीका सन्तान 642 जना;

11बेबैका सन्तान 623 जना;

12अज्गादका सन्तान 1,222 जना;

13अदोनीकामका सन्तान जम्मा 666 जना;

14बिग्वैका सन्तान 2,056 जना;

15आदीनका सन्तान 454 जना;

16आतेरका सन्तान (हिजकियाबाट) 98 जना;

17बेजैका सन्तान 323 जना;

18योराका सन्तान 112 जना;

19हाशूमका सन्तान 223 जना;

20गिब्बारका सन्तान 95 जना;

21बेथलेहेमका मानिसहरू 123 जना;

22नतोपाका मानिसहरू 56 जना;

23अनातोतका मानिसहरू 128 जना;

24अज्मावेतका मानिसहरू 42 जना;

25किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू 743 जना;

26रामा र गेबाका मानिसहरू 621 जना;

27मिकमाशका मानिसहरू 122 जना;

28बेथेल र ऐका मानिसहरू 223 जना;

29नेबोका मानिसहरू 52 जना;

30मग्बीसका मानिसहरू 156 जना;

31अर्को एलामका मानिसहरू 1,254 जना;

32हारीमका मानिसहरू 320 जना;

33लोद, हादीद र ओनोका मानिसहरू 725 जना;

34यरीहोका मानिसहरू 345 जना;

35सेनाहका मानिसहरू 3,630 जना।

36पुजारीहरू: यदायाहका सन्तानहरू (येशूआको परिवारबाट) 973 जना;

37इम्मेरको परिवारबाट 1,052 जना;

38पशहूरको परिवारबाट 1,247 जना;

39हारीमको परिवारबाट 1,017 जना।

40लेवीहरू: येशूआका र कदमिएलका सन्तानहरू (होदवियाहको वंश) 74 जना।

41गायकहरू: आसापका सन्तानहरू 128 जना।

42मन्दिरका द्वारपालहरू: शल्‍लूम, आतेर, तल्मोन, अक्‍कूब, हतीता र शोबैका सन्तानहरू 139 जना।

43मन्दिरका सेवकहरूका सन्तानहरू: सीहा, हसूपा, तब्बाओत,

44केरोस, सीआ, पादोन,

45लेबाना, हागाबा, अक्‍कूब,

46हागाब, शल्मै, हानान,

47गिद्देल, गहर, रायाह,

48रसीन, नकोदा, गज्जाम,

49उज्जा, पसेह, बेसै,

50अस्‍ना, मोनीम, नेपुसीम,

51बक्बूक, हकूपा, हरहूर,

52बस्लूत, महीदा, हर्शा,

53बर्कोस, सीसरा, तेमह,

54नसीह र हतीपा।

55सोलोमनका सेवकहरूका सन्तानहरू: सोतै, सोपेरेत, परुदाका सन्तानहरू,

56याला, दर्कोन, गिद्देल,

57शपत्याह, हत्तील, पोकेरेत-हसेबायीम र आमी

58मन्दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्तान 392 जना।

59तेल-मेलह, तेल-हर्शा, करूब, आद्दान र इम्मेरका सहरहरूबाट आएकाहरू, जसले आफ्ना परिवारहरूलाई इस्राएलका सन्तानहरूबाट आएका हुन् भनी प्रमाण दिन सकेनन्। निम्न लिखित व्यक्तिहरू तिनीहरूका सन्तानहरू हुन्:

60दलायाह, तोबिया र नकोदाका सन्तानहरू 652 जना।

61अनि पुजारीहरूमध्येबाट: होबायाह, हक्‍कोस र बर्जिल्‍लैका सन्तानहरू (जसले गिलादी बर्जिल्‍लैकी छोरी विवाह गरेका थिए, र त्यही नामले बोलाइएका थिए)।

62यिनीहरूले आफ्ना परिवारका विवरण सूचिहरू खोजे, तर भेट्टाएनन्। यसकारण तिनीहरू अशुद्ध ठहरिए, र पुजारी पदबाट निकालिए।

63राज्यपालले ऊरीम र तुम्मीमसित सेवा गर्ने एक जना पुजारी नभएसम्म तिनीहरूलाई महा-पवित्र भोजनबाट केही नखाने हुकुम दिए।

64सम्पूर्ण जनसमूहको संख्या 42,360 जना थियो।

65यसबाहेक तिनीहरूका 7,337 जना सेवक-सेविकाहरू पनि थिए। तिनीहरूसित 200 गायक-गायिकाहरू पनि थिए।

66तिनीहरूका 736 घोडा, 245 खच्‍चर,

67435 ऊँट र 6,720 वटा गधा थिए।

68जब तिनीहरू यरूशलेममा याहवेहको भवनमा आइपुगे, तब केही परिवारका अगुवाहरूले परमेश्‍वरको भवन पहिलेकै ठाउँमा पुनर्निर्माण गर्नलाई स्वेच्छा-भेटीहरू दिए।

69तिनीहरूले आफ्ना क्षमताअनुसार भवन पुनर्निर्माणको निम्ति 61,000 डारिक सुन, 5,000 मीना चाँदी र 100 पुजारीका पोशाकहरू दिए।

70पुजारीहरू, लेवीहरू, गायक-गायिकाहरू, द्वारपालहरू र मन्दिरका सेवकहरू तिनीहरूका आ-आफ्नै सहरहरूमा, अन्य अरू केही मानिसहरूसँगै बसोबास गरे। अनि बाँकी इस्राएलीहरूचाहिँ आ-आफ्ना सहरहरूमा बसोबास गरे।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath