एज्रा 10
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1जब एज्रा परमेश्वरको भवन अगिल्तिर भुइँमा लम्पसार परेर रुँदै पाप स्वीकार गर्दै प्रार्थना गर्दैथिए, तब इस्राएलीहरूको एउटा विशाल भीड—पुरुषहरू, स्त्रीहरू र केटाकेटीहरू, तिनको वरिपरि भेला भए। तिनीहरू सबै धुरुधुरु रोए।
2त्यसपछि एलामको घरानाबाट यहीएलको छोरा शकन्याहले एज्रालाई भने, “हामीले हाम्रा वरिपरिका मानिसहरूबाट विदेशी स्त्रीहरूलाई विवाह गरेर हाम्रा परमेश्वरप्रति विश्वासघात गरेका छौँ। तर यस्तो पाप गरेको भए तापनि इस्राएलको निम्ति अझै आशा छ।
3अब हाम्रा परमेश्वरको आज्ञाको डर मान्नेहरू र मेरा प्रभुको सल्लाहबमोजिम यी सबै कनानी स्त्रीहरू र तिनीहरूका छोराछोरीहरूलाई यहाँबाट टाढा पठाउन हामी हाम्रा परमेश्वरको अगि एउटा वाचा बाँधौँ। अनि योचाहिँ व्यवस्थाबमोजिम गरियोस्।
4अब उठ्नुहोस्; यो काम तपाईंको हातमा छ। हामी तपाईंलाई साथ दिनेछौँ; साहस गरेर काम गर्नुहोस्।”
5यसकारण एज्रा उभिएर मुख्य पुजारीहरू, लेवीहरू र सारा इस्राएलीहरूलाई सुझाव पाएअनुसार गर्नू भनेर शपथ खान लगाए। अनि तिनीहरूले शपथ खाए।
6त्यसपछि एज्रा परमेश्वरको भवनको उपस्थितिबाट निस्केर एल्यासीबको छोरो येहोहानानको कोठातिर गए। त्यहाँ बस्दा तिनले खाना खाएनन्, न त पानी नै पिए। किनकि तिनले अझै पनि निर्वासनबाट फर्कने मानिसहरूका विश्वासघातको कारण शोक गरिरहेका थिए।
7त्यसपछि निर्वासनबाट फर्कनेहरू सबै यरूशलेममा भेला हुन भनेर यहूदा र यरूशलेमभरि घोषणा जारी गरियो।
8तीन दिनभित्र यदि कोही आएन भने अधिकारीहरू र प्रधानहरूका निर्णयअनुसार त्यसको सबै धनसम्पत्ति कब्जा गरिनेछ। अनि त्यसले आफैँलाई निर्वासनबाट फर्कनेहरूका सभाबाट अलग गर्नेछ।
9तीन दिनभित्र यहूदा र बेन्यामीनका सारा मानिसहरू यरूशलेममा भेला भए। यो भेला नवौँ महिनाको बीसौँ दिनमा, परमेश्वरको भवनको अगिल्तिर आँगनमा भएको थियो। सारा मानिसहरू यो घटना र झरीको कारणले औधी दुःखित भएका थिए।
10तब पुजारी एज्रा उभिएर तिनीहरूलाई भने, “तिमीहरू अविश्वासी भएका छौ; विदेशी स्त्रीहरू विवाह गरेर तिमीहरूले इस्राएलको दोषलाई अझ बढाएका छौ।
11अब तिमीहरूका पितापुर्खाहरूका परमेश्वर याहवेहको सामु आफ्ना पापहरू स्वीकार गर, र उहाँको इच्छाअनुसार गर। तिमीहरूका वरिपरिका मानिसहरू र तिमीहरूका विदेशी पत्नीहरूबाट आफूलाई अलग गर।”
12सभामा भेला भएका सारा मानिसहरूले चर्को आवाजमा जवाफ दिए: “तपाईं ठिक हुनुहुन्छ! तपाईंले भन्नुभएअनुसार हामीले गर्नैपर्छ।
13तर यहाँ असंख्य मानिसहरू छन्, र यो समय धेरै पानी पर्ने समय भएको हुनाले हामी बाहिर उभिरहन सक्दैनौँ। अनि यो विषय एक दुई दिनभित्रमा सिद्ध्याउन सकिँदैन; किनकि हामीले यस विषयमा घोर पाप गरेका छौँ।
14हाम्रा अधिकारीहरूले सम्पूर्ण सभाको निम्ति काम गरून्। त्यसपछि हाम्रा परमेश्वरको भयङ्कर क्रोध हामीबाट नहटुन्जेल हाम्रो सहरमा भएका हरेक जसले विदेशी स्त्री विवाह गरेका छन्, ती त्यसै सहरका प्रधानहरू र न्यायकर्ताहरूसित तोकिएको समयमा आऊन्।”
15असाहेलका छोरा जोनाथन र तिक्भाका छोरा यहजयाहले मात्र यस विषयको विरोध गरे। तर मशुल्लाम र लेवी शब्बतैले यो कुरालाई समर्थन गरे।
16यसकारण निर्वासनबाट फर्कनेहरूले सङ्कल्प गरेअनुसार नै गरे। पुजारी एज्राले परिवारहरूका अगुवाहरूलाई छाने। प्रत्येक परिवारको समूहबाट एक-एक पुरुष गरेर छाने; अनि तिनीहरूका नामद्वारा तिनीहरूलाई नियुक्त गरियो। दसौँ महिनाको पहिलो दिनमा तिनीहरू ती मुद्दाहरू जाँच्नलाई बसे।
17अनि पहिलो महिनाको पहिलो दिनमा जजसले विदेशी स्त्रीहरू विवाह गरेका थिए, ती सबै मानिसहरूका विषयमा खोज अनुसन्धान गरेर सिद्ध्याए।
18पुजारीहरूका सन्तानहरूबाट निम्न मानिसहरूले विदेशी स्त्रीसँग विवाह गरेका थिए: योसादाकको छोरो येशूआका सन्तानहरू र तिनका दाजुभाइहरूबाट: मासेयाह, एलीएजर, यारीब र गदल्याह।
19(तिनीहरू सबैले आ-आफ्ना पत्नीहरूलाई त्याग्न आफ्ना हातहरू बढाएर प्रतिज्ञा गरे। अनि आफ्ना पापका निम्ति हरेकले बथानबाट दोषबलिको रूपमा एउटा भेडा ल्याए।)
20इम्मेरका सन्तानहरूबाट: हनानी र जबदियाह।
21हारीमका सन्तानहरूबाट: मासेयाह, एलिया, शमायाह, यहीएल र उज्जियाह।
22पशहूरका सन्तानहरूबाट: एल्योएनै, मासेयाह, इश्माएल, नथनिएल, योजाबाद र एलासा।
23लेवीहरूबाट: योजाबाद, शिमी, केलायाह (जो कलीता हुन्), पतहयाह, यहूदा र एलीएजर।
24सङ्गीतकारहरूबाट: एल्यासीब। द्वारपालहरूबाट: शल्लूम, तेलेम र ऊरी।
25अनि अरू इस्राएलीहरूमा: परोशका सन्तानहरूबाट: रम्याह, यिज्जीयाह, मल्कियाह, मिय्यामीन, एलाजार, मल्कियाह र बनायाह।
26एलामका सन्तानहरूबाट: मत्तन्याह, जकरिया, यहीएल, अब्दी, यरेमोत र एलिया।
27जत्तूका सन्तानहरूबाट: एल्योएनै, एल्यासीब, मत्तन्याह, यरेमोत, जाबाद र अजीजा।
28बेबैका सन्तानबाट: येहोहानान, हनन्याह, जब्बै र अत्लै।
29बानीका सन्तानहरूबाट: मशुल्लाम, मल्लूक, अदायाह, याशूब, शाल र यरेमो।
30पहत-मोआबका सन्तानहरूबाट: अदना, कलाल, बनायाह, मासेयाह, मत्तन्याह, बजलेल, बिन्नूई र मनश्शे।
31हारीमका सन्तानहरूबाट: एलीएजर, यिशियाह, मल्कियाह, शमायाह, शिमियोन,
32बेन्यामीन, मल्लूक र शमर्याह।
33हाशूमका सन्तानहरूबाट: मत्तनै, मत्तता, जाबाद, एलीपेलेत, येरेमै, मनश्शे र शिमी।
34बानीका सन्तानहरूबाट: मादै, अम्राम, ऊएल,
35बनायाह, बेदयाह, कलूही,
36भन्याह, मरेमोत, एल्यासीब,
37मत्तन्याह, मत्तनै र यासू।
38बिन्नूईका सन्तानहरूबाट: शिमी,
39शेलेम्याह, नातान, अदायाह,
40मक्नादबै, शाशै, शारै,
41अज्रेल, शेलेम्याह, शमर्याह,
42शल्लूम, अमर्याह र योसेफ।
43नेबोको सन्तानहरूबाट: यीएल, मत्तीत्याह, जाबाद, जबीना, यद्दै, योएल र बनायाह।
44यी सबै मानिसहरूले विदेशी स्त्रीहरूसँग विवाह गरेका थिए; अनि केही पत्नीहरूबाट सन्तान पनि जन्मिएका थिए।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath