इजकिएल 9
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1तब मैले परमेश्वरले चर्को सोरले बोलाइरहनुभएको सुनेँ, “सहरमा न्याय गर्न नियुक्त भएकाहरूलाई उनीहरूका हातमा हतियारसहित यहाँ नजिक ल्याओ।”
2तब मैले छ जना मानिसहरूलाई माथिल्लो मूलढोका उत्तर दिशातिर फर्केकाबाट हरेकले आफ्ना हातमा घातक हतियार बोकेर आइरहेका देखेँ। तिनीहरूसित सुती कपडा लगाएको र कम्मरमा मसीदानी भिरेको एक जना मानिस थिए। तिनीहरू मन्दिरको भित्री भागमा आए, र काँसाको वेदीको छेउमा उभिए।
3तब इस्राएलका परमेश्वरको महिमा भएको ठाउँ करूबहरूदेखि माथि उठ्यो र मन्दिरको सँघारमा पुग्यो। त्यसपछि याहवेहले सुती कपडा लगाउने र कम्मरमा लेख्ने सामग्रीको थैलो बोकेका मानिसलाई आफ्नो नजिक बोलाउनुभयो,
4र तिनलाई भन्नुभयो, “यरूशलेम सहरको चारैतिर जा, र त्यसमा गरिएका घिनलाग्दा कामहरूका निम्ति दुःखी हुने र विलाप गर्ने सबैको निधारमा एउटा चिन्ह लगाइदे।”
5मैले सुनिरहेको बेला उहाँले छ जना मानिसहरूलाई भन्नुभयो, “सुती कपडा लगाउने त्यस मानिसको पछि-पछि सहरमा जाओ, र निधारमा चिन्ह नभएका मानिसहरूलाई कुनै दयामाया नदेखाई मार्नू।
6वृद्धहरू, युवक-युवतीहरू, स्त्रीहरू र बालबालिकाहरूलाई मार्नू। तर निधारमा त्यो चिन्ह हुने कसैलाई पनि नछोओ। मेरै पवित्रस्थानबाट नै सुरु गर।” यसकारण तिनीहरूले मन्दिरको सामु भएका वृद्धहरूबाट नै सुरु गरे।
7तब उहाँले तिनीहरूलाई भन्नुभयो, “जाओ, मन्दिरलाई अशुद्ध पार, र चोकहरूलाई मरेका लासहरूले भरिदेओ!” यसकारण ती छ जना मानिसहरू निस्केर गए, र सहरका चारैतिर मानिसहरूलाई मार्न थाले।
8तिनीहरूले मानिसहरूलाई मारिरहँदा म एकलै छोडिएको थिएँ, तब मैले जमिनमा घोप्टो परी रुँदै भनेँ, “हे, प्रभु याहवेह! तपाईंको क्रोध यरूशलेममाथि पोखाउनुहुँदा के तपाईं इस्राएलका बाँकी रहेका सबै मानिसहरूलाई नाश गर्नुहुनेछ?”
9उहाँले मलाई भन्नुभयो, “इस्राएल र यहूदाका मानिसहरूका पाप अत्यन्तै धेरै छन्; देश रक्तपातले र सहर अन्यायले भरिएको छ। तिनीहरू भन्छन्, ‘याहवेहले देशलाई त्याग्नुभएको छ; याहवेहले देख्नुहुन्न।’
10यसकारण म तिनीहरूलाई दयाको नजरले हेर्नेछैनँ, अथवा तिनीहरूलाई छोड्नेछैनँ; तर म तिनीहरूले गरेका कामको बदला तिनीहरूकै शिरमाथि खन्याइदिनेछु।”
11तब त्यो सुती कपडा लगाएको र कम्मरमा मसीदानी भिरेको मानिस फर्किआएर यसो भने, “तपाईंले मलाई आज्ञा गर्नुभएझैँ मैले गरेको छु।”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath