इजकिएल 8
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1यहोयाकीनलाई कैद गरेर बेबिलोनमा लगिएको छैटौँ वर्षको छैटौँ महिनाको पाँचौँ दिनमा, जब म आफ्नो घरमा बसिरहेको थिएँ, र मेरो सामु यहूदाका प्रधानहरू बसिरहेका थिए, तब त्यहाँ प्रभु याहवेहको हात ममाथि आयो।
2अनि मैले हेरेँ, र मानिसको जस्तै एउटा आकृति देखेँ। उहाँको कम्मरजस्तो देखिने भागदेखि मुन्तिर आगोजस्तै थियो, र कम्मरदेखि मास्तिरको रूपचाहिँ टल्काइएको धातुको झलकजस्तो थियो।
3अनि उहाँले हातजस्तै देखिने आकार पसारेर मेरो टाउकोको केशको मुठा समातेर मलाई जुरुक्क उठाउनुभयो। त्यसपछि आत्माले मलाई पृथ्वी र आकाशको बीचमा उचालेर परमेश्वरको दर्शनमा उहाँले मलाई यरूशलेममा भित्र चोकको उत्तरतिर फर्केको मूलढोकाको मुखमा लैजानुभयो, जहाँ डाह उत्पन्न गराउने मूर्ति खडा थियो।
4अनि मैले मैदानमा देखेको दर्शनमा जस्तै त्यहाँ मेरो सामु इस्राएलका परमेश्वरको महिमा थियो।
5तब उहाँले मलाई भन्नुभयो, “हे मानिसको छोरा, उत्तरतिर हेर्।” अनि मैले हेरेँ, र वेदीको उत्तरपट्टिको प्रवेशद्वारमा मैले त्यो डाहको मूर्ति देखेँ।
6अनि उहाँले मलाई भन्नुभयो, “हे मानिसको छोरा, तिनीहरूले के गरिरहेका छन्, के तैँले ती कुराहरू देख्दैछस्? अर्थात्, इस्राएलका घरानाले यहाँ गरिरहेका ती अति घृणित कुराहरू, जसले मलाई आफ्नो पवित्रस्थानबाट टाढा लैजाओस्? तर तैँले यी कुराहरूभन्दा अझै घृणित कुराहरू देख्नेछस्।”
7तब उहाँले मलाई चोकको प्रवेशद्वारमा ल्याउनुभयो। मैले हेरेँ, त्यहाँ भित्तामा एउटा प्वाल देखेँ।
8उहाँले मलाई भन्नुभयो, “हे मानिसको छोरा, अब भित्ता फोर्।” यसकारण मैले भित्ता फोरेँ, र त्यहाँ एउटा ढोका देखेँ।
9अनि उहाँले मलाई भन्नुभयो, “भित्र जा, र तिनीहरूले यहाँ गरिरहेका दुष्ट र घृणित कुराहरू हेर्।”
10यसकारण म भित्र पसेँ र हेरेँ। त्यहाँ सबै किसिमका घस्रने जन्तुहरू, घिनलाग्दा पशुहरू र इस्राएलका सबै मूर्तिहरूको चित्र भित्ताभरि खोपिएको थियो।
11ती चित्रहरूका सामु इस्राएलका सत्तरी जना प्रधानहरू उभिरहेका थिए। अनि शापानका छोरा याजन्याह तिनीहरूका बीचमा उभिरहेका थिए। हरेकको हातमा एक-एक वटा धुपौरा थिए, र धूपको सुगन्धित धुवाँको बादलमाथि उठिरहेको थियो।
12उहाँले मलाई भन्नुभयो, “हे मानिसको छोरा, इस्राएलका प्रधानहरूले तिनीहरूका आफ्ना देवस्थानमा रहेर गुप्त रूपमा अन्धकारमा के गरिरहेका छन्, के तैँले देखेको छस्? तिनीहरू भन्छन्, याहवेहले हामीलाई देख्नुहुन्न; याहवेहले देशलाई त्यागिदिनुभएको छ।”
13उहाँले फेरि भन्नुभयो, “तिनीहरूले यीभन्दा अझ धेरै घृणित कामहरू गरेको तैँले देख्नेछस्।”
14तब उहाँले मलाई याहवेहको भवनको उत्तरी मूलढोकाको प्रवेशद्वारमा ल्याउनुभयो, र मैले त्यहाँ स्त्रीहरू बसेर तम्मूज देवताको लागि विलाप गरिरहेका देखेँ।
15उहाँले मलाई भन्नुभयो, “हे मानिसको छोरा, के तँ यो देख्दैछस्? तैँले यीभन्दा अझ धेरै घृणित कुराहरू देख्नेछस्।”
16तब उहाँले मलाई याहवेहको भवनको भित्री चोकमा ल्याउनुभयो। त्यहाँ दलान र वेदीको बीचमा मन्दिरको प्रवेशद्वारमा करिब पच्चीस जना मानिसहरू थिए। तिनीहरूका पीठ मन्दिरतिर र तिनीहरूका अनुहारहरू पूर्वतिर फर्काएर तिनीहरूले सूर्यलाई दण्डवत् गरिरहेका थिए।
17उहाँले मलाई भन्नुभयो, “हे मानिसको छोरा, के तैँले यो देखिस्? के यहूदाका मानिसहरूका निम्ति तिनीहरूले यहाँ गरिरहेका घृणित कुराहरू सानो कुरा हो? के तिनीहरूले देशलाई पनि हिंसाले भर्नैपर्छ र मेरो रिस निरन्तर उठाइरहनुपर्छ? हेर्, तिनीहरूले आफ्ना नाकमा रूखको हाँगा राखेका छन्!
18यसकारण म मेरो क्रोधमा तिनीहरूसित व्यवहार गर्नेछु। म तिनीहरूलाई दयाको नजरले हेर्नेछैनँ वा तिनीहरूलाई छोड्नेछैनँ। तिनीहरूले मेरो कानमा चिच्याए तापनि म तिनीहरूको कुरा सुन्नेछैनँ।”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath