इजकिएल 47
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1ती मानिसले मलाई मन्दिरको प्रवेशद्वारमा फेरि फर्काएर ल्याए; अनि मैले मन्दिरको सँघारको मुन्तिरबाट पानी पूर्वपट्टि निस्किरहेको देखेँ (किनकि मन्दिर पूर्वपट्टि नै फर्केको थियो)। त्यो पानी मन्दिरको दक्षिण भागको मुन्तिरबाट बगेर वेदीको दक्षिणबाट तल निस्किरहेको थियो।
2त्यसपछि तिनले मलाई उत्तरको मूलढोकाबाट बाहिर ल्याए, र मलाई पूर्वपट्टि फर्केको बाहिरी मूलढोकाको बाहिर ल्याए; अनि पानीचाहिँ दक्षिणपट्टिबाट बगिरहेको थियो।
3अनि जब ती मानिस आफ्नो हातमा नाप्ने डोरी लिएर पूर्वपट्टि गए, तब तिनले एक हजार क्यूबिट नापे, र मलाई गोलीगाँठासम्मको पानीबाट भएर लगे।
4तिनले अर्को एक हजार क्यूबिट नापे र मलाई घुँडासम्मको पानीबाट भएर लगे। तिनले अर्को एक हजार क्यूबिट नापे, र मलाई कम्मरसम्मको पानीबाट भएर लगे।
5तिनले अर्को एक हजार क्यूबिट नापे, तर अब त्यो एउटा नदी भयो, जुन मैले पार गर्नै नसक्ने रहेछ; किनकि पानी बढेको थियो र पौडी खेल्न सकिने गहिरो थियो—त्यो एउटा यस्तो नदी थियो, जसलाई कसैले पार गर्न सकिँदैनथ्यो।
6तिनले मलाई सोधे, “हे मानिसको छोरा, के तँ यो देख्दैछस्?” त्यसपछि तिनले मलाई फर्काएर फेरि त्यस नदीको किनारमा लगे।
7जब म त्यहाँ आइपुगेँ, तब मैले नदीका दुवै किनारमा धेरै रूखहरू देखेँ।
8तिनले मलाई भने, “यो पानी पूर्वी इलाकापट्टि बग्छ, र त्यहाँदेखि अराबामातिर जान्छ; त्यसपछि यो पानी मृत सागरमा मिसिन्छ। जब यो समुद्रमा पस्छ, तब त्यहाँको नुनिलो पानी सफा हुन्छ।
9जहाँ-जहाँ यो नदी बग्छ, त्यहाँ जीवित प्राणीहरूका झुण्डहरू जीवित रहनेछन्। त्यहाँ धेरै संख्यामा माछाहरू हुनेछन्; किनकि त्यो पानी त्यहाँ बग्छ, ताकि नुनिलो पानीलाई ताजा बनाइदिओस्; यसरी जहाँ यो नदी बग्छ, त्यहाँ सबै कुरा जीवित रहनेछन्।
10जालहारीहरू समुद्रको किनारामा उभिनेछन्; एन-गदीदेखि एन-एग्लैमसम्म जाल फिँजाउने ठाउँहरू हुनेछन्। त्यहाँ धेरै किसिमका माछाहरू हुनेछन्—भूमध्य सागरका माछाहरूजस्तै धेरै किसिमका माछाहरू हुनेछन्।
11तर दलदले ठाउँ र सिमसारहरू सफा पारिनेछैनन्; ती नुनकै निम्ति नुनिला छोडिनेछन्।
12नदीका दुवै किनारहरूमा सबै किसिमका फलफूलका रूखहरू उम्रेर बढ्नेछन्। तिनीहरूका पातहरू ओइलाउने छैनन्, न त तिनीहरूले फल दिन छोड्नेछन्। तिनीहरूले प्रत्येक महिना ताजा फल दिनेछन्; किनकि ती फलफूलको बोटहरूका निम्ति पवित्रस्थानबाट पानी बगेर आउँछ। तिनीहरूका फलहरू भोजनका निम्ति र तिनीहरूका पातहरू औषधीका निम्ति काम लाग्नेछन्।”
13प्रभु याहवेह यसो भन्नुहुन्छ: “यी ती सिमानाहरू हुन्, जसअनुसार तिमीहरूले इस्राएलका बाह्र कुलको बीचमा उत्तराधिकारको रूपमा योसेफको निम्ति दुई भाग सहित देशलाई विभाजन गर्नेछौ।
14तिमीहरूले आफ्नो बीचमा बराबर गरी भागबण्डा गर्नुपर्नेछ। मैले तिमीहरूका पितापुर्खाहरूलाई दिनेछु भनी मेरा हात उठाएर शपथ खाएको कारण यो देश तिमीहरूका उत्तराधिकार हुनेछ।”
15यो देशको सिमाना यस्तो हुनेछ: “उत्तर दिशामा भूमध्य सागरबाट हेत्लोनको सडकहुँदै यो लेबो-हमात भएर सदादसम्म जानेछ;
16बेरोताह र सिब्रैममा (जुनचाहिँ दमस्कसको उत्तरमा र हमातको दक्षिण सिमानाको बीचमा पर्छ) हौरनको सिमानामा भएको हासेर-हात्तीकोनसम्म जान्छ।
17यसरी उत्तरी सिमाना भूमध्य सागरदेखि दमस्कसको उत्तरी सिमानामा हसर-एनोनसम्म पुग्नेछ, त्यसको उत्तरमा हमातको सिमानासम्म फैलिनेछ। योचाहिँ उत्तरी सीमा हुनेछ।
18पूर्वपट्टिको सिमाना हौरन र दमस्कसको माझहुँदै यर्दन नदीको किनारै-किनार गिलाद र इस्राएल देशको बीच पूर्वी मृत सागर र दक्षिणपट्टि तामारसम्म नै जानेछ। योचाहिँ पूर्वी सिमाना हुनेछ।
19दक्षिणपट्टिको सिमाना, यो तामारबाट मेरीबा कादेशका पानीसम्म पुग्नेछ; त्यहाँबाट इजिप्टको बेँसीको किनारै-किनार भएर भूमध्य सागरसम्म जान्छ। योचाहिँ दक्षिणी सिमाना हुनेछ।
20पश्चिमपट्टिको सिमानाचाहिँ लेबो हमातको विपरीत किनारासम्म भूमध्य सागर नै सिमाना हुनेछ। योचाहिँ पश्चिमी सिमाना हुनेछ।
21“तिमीहरूले यो देशलाई इस्राएलका कुलअनुसार आफ्ना बीचमा विभाजन गर्नू।
22तिमीहरूले यस देशलाई तिमीहरूका निम्ति र तिमीहरूका बीचमा बसोबास गर्ने र सन्तान भएका विदेशीहरूका निम्ति उत्तराधिकारको रूपमा चिट्ठा हालेर भागबण्डा गर्नू। तिमीहरूले तिनीहरूलाई स्वदेशमै जन्मेका स्वदेशी इस्राएलीहरूजस्तै व्यवहार गर्नू; तिमीहरूसितै तिनीहरूले पनि चिट्ठा हालेर इस्राएलका कुलहरूको बीचमा उत्तराधिकार पाउनुपर्छ।
23जुनसुकै कुलमा ती विदेशीहरू बसोबास गरे तापनि त्यहाँ तिमीहरूले तिनीहरूलाई तिनीहरूको उत्तराधिकार दिनू,” प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath