ईसाई धर्म
पछाडि

इजकिएल 46

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1“ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: भित्री चोकमा भएको पूर्वपट्टि फर्केको मूलढोका छ दिनसम्म बन्द रहोस्, तर शब्बाथ दिन र औँसीको दिनमा त्यो खोलियोस्।

2राजकुमार बाहिरबाट मूलढोकाको दलानभएर भित्र पसोस्, र मूलढोकाको छेउमा उभिओस्। पुजारीहरूले राजकुमारका होमबलि र मेलबलि चढाऊन्। अनि राजकुमारले मूलढोकाको सँघारमा निहुरेर आराधना गरेर बाहिर निस्केर जाओस्, तर मूलढोका साँझसम्म बन्द नगरियोस्।

3शब्बाथ दिन र औँसीको चाडमा देशका मानिसहरूले त्यस मूलढोकामा जाने प्रवेशद्वारमा याहवेहको उपस्थितिमा दण्डवत् गरून्।

4शब्बाथ दिनमा राजकुमारले याहवेहलाई चढाउनुपर्ने होमबलि छ वटा थुमाहरू र एउटा साँढभेडा जुटाउनुपर्छ; अनि सबै पशुहरू निष्खोट हुनुपर्छ।

5साँढभेडासित दिनुपर्ने अन्‍नबलि एक एपा र थुमासित दिनुपर्ने अन्‍नबलि उसलाई इच्छा लागेबमोजिम हुनुपर्छ। त्यससित प्रत्येक एपाको निम्ति एक हिन जैतुन तेल हुनुपर्छ।

6नयाँ औँसीको दिन राजकुमारले एउटा बाछा, छ वटा थुमाहरू र एउटा साँढभेडा चढाउनुपर्छ; अनि सबै पशुहरू निष्खोट होऊन्।

7राजकुमारले अन्‍नबलिको रूपमा बाछासित एक एपा, साँढभेडासित एक एपा, र थुमासित उसलाई इच्छा लागेबमोजिम र प्रत्येक एपाको निम्ति एक हिन जैतुनको तेल प्रबन्ध गरोस्।

8अनि जब राजकुमार भित्र पस्दछ, तब त्यस मूलढोकाको दलानबाट भएर ऊ भित्र पसोस्; अनि त्यही बाटो भएर ऊ बाहिर निस्कोस्!

9“ ‘जब देशका मानिसहरू तोकिएका चाडहरूका निम्ति याहवेहको सामु आउँछन्, तब दण्डवत् गर्नका निम्ति जो मानिस पनि उत्तरको मूलढोकाबाट भित्र भएर पस्छ, त्यो मानिस दक्षिणको मूलढोका भएर बाहिर निस्कोस्; अनि जो मानिस दक्षिणको मूलढोकाबाट भित्र पस्छ, त्यो मानिसचाहिँ उत्तरको मूलढोकाबाट बाहिर निस्कोस्। जुन मूलढोकाबाट भएर त्यो मानिस भित्र पसेको छ, त्यस मूलढोकाबाट बाहिर ननिस्कोस्, तर विपरीत मूलढोकाबाट भएर त्यो बाहिर निस्कोस्।

10अनि जब इस्राएलीहरू भित्र जान्छन्, राजकुमार तिनीहरूसँगै भित्र जाओस्, र जब तिनीहरू बाहिर जान्छन्, राजकुमार पनि तिनीहरूसँगै बाहिर जाओस्।

11चाडहरू र तोकिएका समयमा अन्‍नबलि एउटा बाछासहित एक एपा, एउटा साँढभेडासहित एक एपा, र थुमाहरूसहित आफूलाई इच्छा लागेअनुसारको कुराहरू र प्रत्येक एपाको निम्ति एक हिन जैतुन तेल होस्।

12“ ‘जब राजकुमारले याहवेहलाई कुनै स्वेच्छा-भेटी प्रदान गर्छ, तब चाहे त्यो होमबलि होस् वा मेलबलि होस्; उसका लागि पूर्वपट्टि फर्केको मूलढोका खोलियोस्। उसले शब्बाथ दिनमा आफ्नो होमबलि अथवा मेलबलि चढाएझैँ चढाउनुपर्छ। तब ऊ बाहिर निस्केर गइसकेपछि मूलढोका बन्द गरियोस्।

13“ ‘प्रत्येक दिन तिमीहरूले याहवेहलाई होमबलिको रूपमा एक बर्से निष्खोट थुमा चढाउनू; हरेक बिहान तिमीहरूले त्यो चढाउनू।

14तिमीहरूले त्यससित हरेक बिहान अन्‍नबलिको एक एपाको छैटौँ भाग जति पिठो भिजाउनलाई एक तिहाइ हिन जैतुन तेलको प्रबन्ध गर्नुपर्छ। यो अन्‍नबलि याहवेहलाई चढाइने सदाकालको निम्ति विधि हो।

15यसरी नियमित होमबलिको निम्ति थुमा, अन्‍नबलि र जैतुन तेल हरेक बिहान जुटाइयोस्।

16“ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: यदि राजकुमारले आफ्नो उत्तराधिकारबाट आफ्ना छोराहरूमध्ये एक जनालाई कुनै उपहार दिन्छ भने त्यो पनि उसका सन्तानहरूको हुनेछ; त्यो तिनीहरूको उत्तराधिकारद्वारा तिनीहरूकै सम्पत्ति हुनुपर्छ।

17तर यदि उसले आफ्नो उत्तराधिकारबाट आफ्ना सेवकहरूमध्ये एक जनालाई कुनै भेटी वा उपहार दिन्छ भने त्यस सेवकले यसलाई स्वतन्त्रताको वर्षसम्म राख्न सक्छ। त्यसपछि त्यो उपहार राजकुमारकहाँ नै फिर्ता हुनेछ। उसको उत्तराधिकार उसकै छोराहरूका निम्ति मात्र हुनेछ; त्यो तिनीहरूका निम्ति नै हो।

18राजकुमारले मानिसहरूको कुनै पनि उत्तराधिकार लिनुहुँदैन, नत्रता उसले मानिसहरूलाई तिनीहरूका सम्पत्तिबाट निकालेर थिचोमिचोमा पार्नेछ। राजकुमारले आफ्ना छोराहरूलाई तिनीहरूका उत्तराधिकार आफ्नै सम्पत्तिबाट दिनुपर्छ। यसरी मेरो कुनै पनि मानिसहरू तिनीहरूको सम्पत्तिबाट अलग गरिनेछैन।’ ”

19त्यसपछि ती मानिसले मलाई मूलढोकाको छेउको प्रवेशद्वारबाट उत्तरपट्टि फर्केका पवित्र कोठाहरूमा ल्याए, जुन कोठा पुजारीहरूका निम्ति थिए; अनि मलाई पश्‍चिमी किनारमा भएको एउटा ठाउँ देखाए।

20तिनले मलाई भने, “यो त्यही ठाउँ हो, जहाँ पुजारीहरूले दोषबलि, पाप शुद्धीकरण बलि पोल्नुपर्छ, र अन्‍नबलि पकाउनुपर्छ, ताकि तिनीहरूले यी पवित्र थोकहरू बाहिरी चोकमा नलैजाऊन् र मानिसहरूलाई पवित्र नपारून्।”

21त्यसपछि तिनले मलाई पवित्र चीज पकाउने ठाउँबाट बाहिरी चोकमा ल्याए, र मन्दिरका बाहिरी पर्खालका भित्रपट्टिको चारै कुनाहरूमा मलाई लगे; अनि मैले प्रत्येक कुनामा अर्को स-साना चोकहरू देखेँ।

22बाहिरी चोकका चार कुनाहरूमा चालीस क्यूबिट लम्बाइ र तीस क्यूबिट चौडाइका घेरिएका चोकहरू थिए; चोकको प्रत्येक चार कुनामा भएको स-सानो चोक एउटै आकारका थिए।

23बाहिरी चोकमा भएका प्रत्येक चारै वटा कुनाको भित्रपट्टि चारैतिर ढुङ्गाले पर्खाल लगाएको किनार थियो; पर्खालको किनारसँग जोडिएको खाना पकाउने चुल्हाहरू निर्माण गरिएका थिए।

24तिनले मलाई भने, “यी भान्सा कोठाहरू हुन्, जहाँ मन्दिरको सेवा गर्नेहरूले मानिसहरूले चढाएका बलिदानहरू पकाउनेछन्।”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath