इजकिएल 41
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1त्यसपछि ती मानिसले मलाई मुख्य सभा कोठामा ल्याए, र सँघारहरूका नाप लिए; ढोकाको सँघारका चौडाइ सबैपट्टि छ क्यूबिट थियो।
2प्रवेशद्वार दश क्यूबिट चौडा थियो र त्यसका सबैतिरका बाहिर देखिने भित्ताहरू पाँच क्यूबिट चौडा थिए। तिनले मुख्य सभा कोठा पनि नापे; त्यो चालीस क्यूबिट लामो र बीस क्यूबिट चौडा थियो।
3त्यसपछि तिनी पवित्रस्थानभित्र पसे, र त्यस पवित्रस्थानको प्रवेशद्वारको प्रत्येक ढोकाको सँघारहरूलाई नापे; प्रत्येक सँघार दुई क्यूबिट चौडा थियो। प्रवेशद्वार छ क्यूबिट चौडा थियो, र त्यसको सबैतिरका बाहिर देखिने भित्ताहरू सात क्यूबिट चौडा थिए।
4अनि तिनले भित्री पवित्रस्थानको लम्बाइ नापे; त्यो बीस क्यूबिट थियो र बाहिरी पवित्रस्थानको वारपारको चौडाइ बीस क्यूबिट थियो। तिनले मलाई भने, “यो महा-पवित्रस्थान हो।”
5त्यसपछि तिनले मन्दिरको भित्ता नापे; त्यो छ क्यूबिट बाक्लो थियो; अनि मन्दिरको चारैपट्टि भएका छेउको हरेक कोठा चार क्यूबिट चौडा थिए।
6छेउका कोठाहरू तीन तलाका थिए, र एक तलामाथि अर्को तला गरी हरेक तलामा जम्मा तीस वटा कोठाहरू थिए। छेउका कोठाहरूलाई टेवा दिनको लागि मन्दिरको भित्ताका चारैतिर पालीहरू थिए, ताकि ती टेवाहरू मन्दिरको भित्ताभित्र घुसार्न नपरोस्।
7मन्दिरका चारैपट्टिका छेउका कोठाहरूको चौडाइ प्रत्येक माथिल्लो तहमा बढ्दै गएका थिए। मन्दिरको चारैतिरका बनावटहरू माथितिर फराकिलो किसिमले बनाइएका थिए, ताकि एउटा तलाबाट माथिको दोस्रो तलामा चढ्दा कोठाहरू चौडाइ हुन्। भुइँतलाबाट बीचको तला हुँदै सबैभन्दा माथिल्लो तलासम्म जानलाई खुड्किलाहरू थिए।
8मैले मन्दिरको चारैतिर अग्लो उठाइएको पेटी देखेँ, जसले छेउका कोठाहरूका निम्ति जगको काम गरिरहेको थियो। यो टाँगोकै नापको थियो, अर्थात् छ क्यूबिट लम्बाइ थियो।
9छेउका कोठाहरूको बाहिरी भित्ता पाँच क्यूबिट बाक्लो थियो। मन्दिरका छेउका कोठाहरू,
10र पुजारीहरूका कोठाहरूको बीचमा मन्दिरको चारैपट्टि बीस क्यूबिट चौडाइ थियो।
11त्यहाँ खुला ठाउँको छेउबाट कोठाहरूमा जाने प्रवेशद्वारहरू थिए, जुन एउटा उत्तरमा र अर्को दक्षिणमा थिए; अनि खुला ठाउँलाई जोड्ने जग चारैतिर पाँच क्यूबिट थियो।
12पश्चिमपट्टि मन्दिरको आँगनतिर फर्केको भवन सत्तरी क्यूबिट चौडाइ थियो। भवनको चारैतिरका भित्ता पाँच क्यूबिट बाक्ला थिए, र त्यसको लम्बाइ नब्बे क्यूबिट थियो।
13त्यसपछि तिनले मन्दिरलाई नापे, त्यसको लम्बाइ एक सय क्यूबिट थियो; अनि मन्दिरको चोक र त्यसका पर्खालसहितको भवन पनि एक सय क्यूबिट लामो थियो।
14मन्दिरको पूर्वपट्टिको आँगन र मन्दिरको अगाडिको भागसहितको चौडाइ एक सय क्यूबिट थियो।
15त्यसपछि तिनले मन्दिरको पश्चिमपट्टि आँगनतिर फर्केको मन्दिरको लम्बाइ सहित त्यसको बार्दलीको दुवैपट्टि नापे; त्यो एक सय क्यूबिट थियो। मुख्य सभा कोठा, भित्री पवित्रस्थान र चोकतिर फर्केको दलान,
16साथै ढोकाका सँघारहरू, साँघुरा झ्यालहरू र तीन वटै तलाका चारैतिरका दलानहरू—ढोकाको सँघारसाथै सबै कुरा काठले मोहोरिएका थिए। भुइँ, झ्यालसम्म भएका भित्ता र झ्यालहरू काठले मोहोरिएका थिए।
17भित्री पवित्रस्थानमा जाने प्रवेशद्वार बाहिरको माथिल्लो खाली ठाउँमा पवित्रस्थानको भित्री र बाहिरी चारैपट्टिका सबै भित्ताहरूका ठिक बीच भागमा,
18करूबहरू र खजूरका रूखहरूका बुट्टा खोपिएका थिए। खजूरका रूखहरू र करूबहरू एकपछि अर्को गरी खोपिएका थिए। हरेक करूबका दुई वटा अनुहारहरू थिए:
19एकापट्टि खजूरको रूखतिर फर्केको एउटा मानिसको अनुहारजस्तै र अर्कोपट्टि खजूरको रूखतिर फर्केको सिंहको अनुहारजस्तै थियो। ती बुट्टाहरू मन्दिरभरि चारैतिर खोपिएका थिए।
20भुइँदेखि प्रवेशद्वारको माथिको क्षेत्रसम्म मुख्य सभा कोठाको भित्तामा करूबहरू र खजूरका रूखहरूका बुट्टा खोपिएका थिए।
21मुख्य सभा कोठामा एउटा आयताकार ढोकाको चौकस थियो, र महा-पवित्रस्थानमा भएको चौकस पनि त्यस्तै थियो।
22त्यहाँ तीन क्यूबिट अग्लो, दुई क्यूबिट नापको काठको एउटा वेदी थियो; त्यसका कुनाहरू, त्यसको आधार र छेउहरू काठका थिए। ती मानिसले मलाई भने, “याहवेहको सामु राखिने टेबुल यही हो।”
23मुख्य सभा कोठा र महा-पवित्रस्थान दुवैका दुई वटा ढोकाहरू थिए।
24प्रत्येक ढोकाको दुई-दुई खापा थिए। प्रत्येक ढोकामा कब्जा लगाइएका दुई वटा खापाहरू थिए।
25अनि मुख्य सभा कोठाका ढोकाहरूमा खोपिएका करूब र खजूरका रूखहरूका बुट्टाहरू भित्तामाझैँ खोपिएका थिए, र दलानको अगाडि काठको छत थियो।
26दलानका छेउका भित्ताहरूमा दुवैतिर खजूरका रूखहरूका बुट्टा खोपिएका साँघुरा झ्यालहरू थिए। मन्दिरका छेउका कोठाहरूमा पनि छानाहरू थिए।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath