ईसाई धर्म
पछाडि

इजकिएल 35

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1याहवेहको यो वचन मकहाँ आयो:

2“हे मानिसको छोरा, आफ्नो अनुहार सेइर पर्वततिर फर्का; त्यसको विरुद्धमा अगमवाणी गर्,

3र त्यसलाई भन्: ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हे सेइर पर्वत, म तेरो विरुद्धमा आफ्नो हात पसार्नेछु, र तँलाई उजाड पारिदिनेछु।

4म तेरा सहरहरूलाई भग्नावशेष पारिदिनेछु, र तँ उजाड हुनेछस्। तब म नै याहवेह हुँ भनी तैँले जान्‍नेछस्।

5“ ‘किनकि तैँले पुरानो शत्रुतालाई कायम राखिस्, र इस्राएलीहरूको विपत्तिको समयमा, अर्थात् तिनीहरूको दण्डको चरम विन्दुमा पुगेको समयमा, तिनीहरूलाई तरवारद्वारा मारिनलाई सुम्पिदिइस्;

6यसकारण म जीवित भएझैँ, प्रभु याहवेह घोषणा गर्दछु, म तँलाई रक्तपातको निम्ति दिनेछु, र त्यसले तँलाई खेद्नेछ। तैँले रक्तपातलाई घृणा नगरेको कारण रक्तपातले तँलाई खेद्नेछ।

7म सेइर पर्वतलाई उजाड मरुभूमि पारिदिनेछु; अनि त्यसबाट भएर आउने र जाने सबैलाई नाश गर्नेछु।

8म तेरा पर्वतहरूलाई मारिएकाहरूले भरिदिनेछु; तरवारले मारिएकाहरू तेरा डाँडाहरू, तेरा बेँसीहरू र तेरा सबै खोल्साहरूमा ढल्नेछन्।

9म तँलाई सदाको निम्ति उजाड पारिदिनेछु; तेरा सहरहरूमा कोही पनि बसोबास गर्नेछैनन्। तब तैँले म नै याहवेह हुँ भनी जान्‍नेछस्।

10“ ‘म याहवेह त्यहाँ हुँदा-हुँदै पनि तैँले भनेको छस्, “यी दुई जातिहरू र देशहरू हाम्रा हुनेछन्; अनि हामी यी देशहरू अधिकार गर्नेछौँ,”

11यसकारण म जीवित भएझैँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ, तैँले तिनीहरूप्रति आफ्नो घृणामा देखाएको रिस र डाहबमोजिम म तँसित व्यवहार गर्नेछु; अनि तेरो न्याय गर्दा म आफूलाई तिनीहरूको बीचमा चिनाउनेछु।

12तब तैँले जान्‍नेछस्, कि म याहवेहले इस्राएलका पर्वतहरूको विरुद्धमा तैँले भनेका सबै घृणित कुराहरू सुनेको छु। तैँले भनिस्, “तिनीहरू उजाड पारिएका छन्, र हाम्रा भोजन हुनका निम्ति तिनीहरू सुम्पिएका छन्।”

13तैँले मेरो विरुद्धमा घमण्ड गरेको छस्, र मेरो विरुद्धमा जथाभाबी बोलेको छस्, र मैले त्यो सुनेको छु।

14प्रभु याहवेह यसो भन्‍नुहुन्छ: जब सारा पृथ्वी रमाउँछ, तब म तँलाई उजाड बनाउनेछु।

15किनकि इस्राएलको उत्तराधिकार उजाड हुँदा तँ रमाइस्, म पनि तँसित त्यस्तै व्यवहार गर्नेछु। हे सेइर पर्वत, तँ र सम्पूर्ण एदोम उजाड हुनेछस्। तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।’ ”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath