ईसाई धर्म
पछाडि

इजकिएल 19

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1“इस्राएलका राजकुमारहरूका निम्ति एउटा विलापको गीत सुना,

2र भन्: “सिंहहरूमध्ये तेरी आमा कस्ती सिंहिनी थिई! जवान सिंहहरूको बीचमा बसेर त्यसले आफ्ना डमरुहरूलाई हुर्काई।

3त्यसले आफ्ना डमरुहरूमध्ये एउटालाई हुर्काई; अनि त्यो एउटा बलियो सिंह भयो। त्यसले शिकारलाई फहराउन जान्यो, र त्यसले मानिसहरूलाई खान थाल्यो।

4जाति-जातिहरूले त्यसको बारेमा सुने, र त्यो तिनीहरूको खाडलको पासोमा पर्‍यो। तिनीहरूले त्यसलाई अङ्कुसेले तानेर इजिप्ट देशमा लगे।

5“ ‘जब त्यस सिंहिनीले आफ्नो आशा पूरा नभएको, आफ्नो अपेक्षा टुटेको देखी; तब त्यसले आफ्ना डमरुहरूमध्ये अर्को एउटालाई लिई र त्यसलाई एउटा बलियो सिंह बनाई।

6त्यो सिंहहरूको बीचमा शिकारको खोजीमा यताउता हिँड्‍डुल गर्न थाल्यो; किनकि अब त्यो एउटा बलवान् सिंह भएको थियो। त्यसले शिकारलाई फहराउन जान्यो, र त्यो मानिस खाने भयो।

7त्यसले तिनीहरूका बलियो किल्‍लाहरू भत्काइदियो, र तिनीहरूका सहरहरू ध्वस्त पारिदियो। देश र त्यसमा भएका सबै जना त्यसको गर्जनद्वारा त्रसित भए।

8तब त्यसको चारैतिर भएका जाति-जातिहरू त्यसको विरुद्धमा आए। तिनीहरूले त्यसको विरुद्धमा तिनीहरूका जाल फिँजाए, र त्यो तिनीहरूको खाडलको पासोमा फस्यो।

9तिनीहरूले त्यसलाई अङ्कुसेले तानेर खोरमा हाले र त्यसलाई बेबिलोनका राजाकहाँ ल्याए। तिनीहरूले त्यसलाई थुनेर राखे। त्यसैले त्यसको गर्जन इस्राएलका पर्वतहरूमा फेरि सुनिएन।

10“ ‘पानीको छेउमा रोपिएको तेरो दाखबारीको दाखको बोटजस्तै तेरी आमा थिई; प्रशस्त पानी भएको कारण त्यो फलदायक र हाँगाहरूले भरिएको थियो।

11त्यसका हाँगाहरू बलिया थिए, र शासकको राजदण्डको निम्ति योग्यका थिए। बाक्ला पातहरूमाथि त्यो अग्लो बोट भएर बढ्यो; अनि त्यसका हाँगाहरू धेरै थिए, र त्यो उचाइमा अग्लो देखिन्थ्यो।

12तर क्रोधमा त्यो उखेलियो, र जमिनमा त्यो फ्याँकियो। अनि पूर्वीय बतासले त्यसलाई सुकाइदियो, र त्यसका फलहरू सबै झारिदियो; त्यसका बलिया हाँगाहरू सुकिहाले, र आगोले ती भस्म पार्‍यो।

13अब त त्यो सुक्खा र पानी नभएको ठाउँ, मरुभूमिमा रोपिएको छ।

14त्यसका मुख्य हाँगाहरूमध्ये एउटाबाट आगो फैलियो र त्यसका फलहरूलाई भस्म पारिदियो। शासकको राजदण्डको निम्ति योग्य, कुनै पनि बलियो हाँगा त्यसमा छोडिएन।’ यो एक विलापको गीत हो, र यो विलापको गीतको रूपमा प्रयोग हुनुपर्छ।”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath