ईसाई धर्म
पछाडि

इजकिएल 17

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1याहवेहको वचन मकहाँ आयो:

2“हे मानिसको छोरा, एउटा उखान बनाएर इस्राएलीहरूलाई दृष्‍टान्तको रूपमा भन्।

3तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: शक्तिशाली र लामा-लामा पखेटा र सुन्दर प्वाँखहरू भएको एउटा ठूलो चील लेबनानमा आयो। त्यसले देवदारुको रूखको टुप्पालाई चुँडायो;

4अनि सबैभन्दा माथिको टुप्पाको टुसालाई चुँडाएर त्यसलाई व्यापारीहरूको एउटा देशमा लग्यो, र त्यस देवदारुलाई व्यापारीहरूको एउटा सहरमा रोपिदियो।

5“ ‘चिलले त्यस देशका केही बिउहरू लिएर मलिलो माटोमा रोपिदियो। चिलले त्यो प्रशस्त पानी भएको ठाउँमा बैँसको रूखझैँ रोप्यो;

6अनि त्यसमा पालुवा पलायो र एउटा होचो कद भएको, फैलिरहने दाखको बोट बन्यो। दाखका हाँगाहरू चिलतिर बढेर आयो, तर दाखका जराहरू जमिनमुनि नै रहे। अनि यो दाखको बोट बन्यो र त्यसका हाँगाहरू उम्रन थाले र त्यसबाट धेरै पातसहितका हाँगाहरू निस्के।

7“ ‘तर त्यहाँ शक्तिशाली पखेटा र धेरै प्वाँखहरू भएको अर्को ठूलो चील पनि थियो। अब त्यस दाखको बोटले आफू रोपिएको ठाउँबाट आफ्ना जराहरू त्यस अर्को चिलतिर बढायो र पानीको निम्ति आफ्ना हाँगाहरू त्यस चिलतिर फैलायो।

8त्यसले हाँगाहरू उमारोस् र फल फलाएर एउटा सुन्दर दाखको बोट बनोस् भनेर त्यसलाई असल माटोमा र प्रशस्त पानीको छेउमा रोपिएको थियो।’

9“तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: के त्यो नयाँ दाखको बोट सप्रला र? के त्यो ओइलिएर जाओस् भनी उखेलिँदैन र? वा त्यसका फलहरू रित्तो पारिँदैनन् र? त्यसका सबै नयाँ मुनाहरू ओइलाएर जानेछन्। त्यसलाई जरैसित उखेल्नलाई बलियो हात वा धेरै मानिसहरूको खाँचो पर्नेछैन।

10यदि त्यो अर्को ठाउँमा रोपियो भने के त्यो सप्रला र? पूर्वीय बतासले त्यसलाई प्रहार गरेपछि के त्यो पूर्ण रूपले ओइलाउने छैन र—त्यो जहाँ रोपियो र बढ्यो, के त्यहीँ ओइलिनेछैन र?’ ”

11तब याहवेहको वचन मकहाँ आयो:

12“यी विद्रोही मानिसहरूलाई भन्, ‘यस कुराहरूको अर्थ के हो, के तिमीहरू जान्दैनौ?’ तिनीहरूलाई भन्: ‘बेबिलोनको राजा नबूकदनेसर यरूशलेममा गयो; अनि त्यहाँका राजा र राजकीय व्यक्तिहरूलाई कैद गरी तिनीहरूलाई आफूसँग बेबिलोनमा ल्यायो।

13त्यसपछि राजाले राजकीय परिवारका एक सदस्यलाई लियो, र शपथ खुवाएर त्यससित एउटा सन्धि गर्‍यो। नबूकदनेसर राजाले देशका केही मुख्य मानिसहरूलाई पनि कैद गरेर लग्यो,

14ताकि यहूदा राज्य कमजोर होस्, फेरि उठ्न नसकोस्, तर त्यसले गरेको सन्धि कायम राखेर मात्र बाँचोस्।

15तर यहूदाका राजा सिदकियाहले इजिप्टबाट घोडाहरू र ठूलो सेनाहरू ल्याउन भनी आफ्ना दूतहरू पठाएर नबूकदनेसरको विरुद्धमा विद्रोह गर्‍यो। के त्यो सफल हुनेछ? के यस्ता कामहरू गर्ने मानिस बच्न सक्छ र? के त्यसले सन्धि तोडेर पनि त्यो बच्न सक्ला र?

16“ ‘म जीवित भएझैँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ, त्यो बेबिलोनमा मर्नेछ, त्यो राजाको देशमा, जसले त्यसलाई सिंहासनमा राख्यो, जसको शपथलाई त्यसले तुच्छ ठान्यो र जसको सन्धि त्यसले तोड्यो।

17जब घेराबन्दीहरू खडा गरिन्छ र घेरा हाल्नलाई पर्खालहरू बनाइन्छ, तब फारोको शक्तिशाली सेना र ठूलो सेनाको दलले लडाइँमा त्यसलाई कुनै सहयोग गर्न सक्नेछैन।

18सिदकियाहले करार भङ्ग गरेर शपथलाई तुच्छ ठान्यो। त्यसले आफ्नो हात दिएर शपथ खाए तापनि यी सबै कुराहरू गरेको कारण त्यो उम्कनेछैन।

19“ ‘यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म जीवित भएझैँ, त्यसले मेरो शपथ तुच्छ ठानेको र मेरो करार तोडेको कारण म त्यसलाई दण्ड दिनेछु।

20म त्यसको विरुद्धमा मेरो जाल फिजाउनेछु, र त्यो मेरो पासोमा पर्नेछ। म त्यसलाई बेबिलोनमा ल्याउनेछु, र त्यहाँ त्यसमाथि न्याय गर्नेछु; किनकि त्यो मप्रति अविश्‍वासयोग्य भयो।

21त्यसका सबै छानिएका दलहरू तरवारद्वारा ढल्नेछन्; अनि बाँचेका सेनाहरू बतासमा छरपस्ट पारिनेछन्। तब म याहवेहले नै बोलेको हुँ भनी तिमीहरूले जान्‍नेछौ।

22“ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म आफैँले देवदारुको टुप्पाबाट एउटा टुसा लिनेछु र त्यसलाई रोप्नेछु; म त्यसका सबैभन्दा टुप्पाको टुसाबाट एउटा सानो कलिलो हाँगा चुँडाएर त्यसलाई एउटा अग्लो र ठूलो पर्वतमा रोप्नेछु।

23म त्यस हाँगालाई इस्राएलको पहाडको टुप्पोमा रोप्नेछु; त्यसका हाँगाहरू पलाउनेछन् र फल फलाउनेछन्; अनि एउटा सुन्दर देवदारुको बोट हुनेछ। त्यहाँ हरेक किसिमका चराहरूले गुँड बनाउनेछन्; त्यसका हाँगाहरूका छायामा ती चराहरूले आफ्ना गुँड लगाउनेछन्।

24म याहवेहले नै अग्ला रूखहरूलाई होच्याउनेछु, र होचा रूखहरूलाई अग्लो बनाउनेछु भनी जङ्गलका सबै रूखहरूले जान्‍नेछन्। हरियो रूखलाई सुकाउने र सुकेको रूखलाई हरियो बनाउने याहवेह म नै हुँ। “ ‘म याहवेहले नै बोलेको हुँ, र त्यो म गर्ने नै छु।’ ”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath