इजकिएल 10
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1तब मैले हेर्दा करूबहरूका शिरमाथिका अन्तरको माथि नीलमणिको सिंहासनजस्तै देखेँ।
2याहवेहले सुती कपडा लगाएको त्यस मानिसलाई भन्नुभयो, “करूबहरूका मुन्तिर रहेका चक्काहरूको बीचमा जा। करूबहरूका बीचमा भएको जल्दैगरेका भुङ्ग्राहरूले आफ्ना हातहरू भर्, र तिनलाई सहरमाथि छरिदे!” तब मैले हेर्दाहेर्दै तिनी सहरभित्र गइहाले।
3त्यो मानिस भित्र पसेको बेला ती करूबहरू मन्दिरको दक्षिण भागमा उभिरहेका थिए; अनि भित्री चोकलाई चाहिँ बादलले ढाकेको थियो।
4तब याहवेहको महिमा करूबहरूको माथिबाट उठेर मन्दिरको सँघारमा गयो। बादलले मन्दिरलाई ढाकिदियो, र चोकचाहिँ याहवेहको महिमाको चमकले भरियो।
5करूबहरूका पखेटाहरूको आवाज बाहिरको टाढा चोकसम्मै सुनिन्थ्यो। त्यो आवाज सर्वशक्तिमान् परमेश्वर बोल्नुहुँदा निस्कने आवाजजस्तै थियो।
6जब याहवेहले सुती कपडा लगाउने त्यो मानिसलाई आज्ञा दिनुभयो, “करूबहरूका बीचमा चक्काहरूबाट आगो ले,” त्यो मानिस भित्र गयो, र एउटा चक्काको छेउमा उभियो।
7तब ती करूबहरूमध्ये एक जनाले तिनीहरूको बीचमा भएको आगोमा आफ्नो हात पसारे। तिनले बीचबाट केही आगोको भुङ्ग्रो लिएर सुती कपडा लगाउने मानिसको हातमा राखिदिए, र त्यसले त्यो कोइला लियो र बाहिर गइहाल्यो।
8(करूबहरूका पखेटामुनि मानवका हातहरूजस्ता देखिन्थे।)
9तब मैले हेरेँ, हरेक करूबको छेउमा एउटा-एउटा चक्का गरी चार वटा चक्काहरू देखेँ; ती चक्काहरू चहकिलो गोमेद मणिझैँ चम्कन्थे।
10तिनीहरूका रूपको विषयमा ती चारै वटा एकै किसिमका देखिन्थे—प्रत्येक चक्काभित्र अर्को चक्का छिरेको जस्तै।
11ती चक्काहरू अगि बढ्दा चारै वटा दिशातिर जान सक्थे; किनभने ती करूबहरूका शिर जतातिर फर्किएको हुन्थ्यो, ती चक्काहरू पनि यताउता नफर्की त्यतैतिर अगि बढ्थे।
12जीवित प्राणीहरूका सम्पूर्ण शरीर, तिनीहरूका पीठ, तिनीहरूका हातहरू, पखेटाहरू र तिनीहरूका चार वटा चक्काहरू सम्पूर्ण आँखै-आँखाहरूले भरिएका थिए।
13मैले ती चक्काहरूलाई यसो भनिएको सुनेँ, “हुरुरुरु घुम्ने चक्काहरू।”
14ती करूबहरू प्रत्येकका चार वटा अनुहारहरू थिए: पहिलो अनुहार करूबको थियो, दोस्रो अनुहार मानिसको, तेस्रो अनुहार सिंहको र चौथो अनुहार चीलको थियो।
15तब ती करूबहरू मास्तिर उठे। ती करूबहरू मैले कबार नदीको किनारमा देखेकै जीवित प्राणीहरू थिए।
16जब करूबहरू हिँड्थे, तिनीहरूका छेउका चक्काहरू पनि हिँड्थे; अनि जब करूबहरूले भुइँबाट उँभो उचालिनलाई आफ्ना पखेटा फैलाउँथे, तब ती चक्काहरू पनि तिनीहरूका छेउबाट हट्दैनथे।
17जब ती करूबहरू खडा हुन्थे, तब तिनीहरू पनि खडा हुन्थे; अनि करूबहरू उठ्थे, तब ती चक्काहरू पनि तिनीहरूसित नै माथि उठ्थे; किनकि ती जीवित प्राणीहरूका आत्मा ती चक्काहरूमा थिए।
18तब याहवेहको महिमा मन्दिरको सँघारको मास्तिरबाट हट्यो र करूबहरूमाथि गएर अडियो।
19मैले हेर्दाहेर्दै ती करूबहरूले आफ्ना पखेटा फैलाए र जमिनबाट माथि उठाए; अनि तिनीहरू जाँदा चक्काहरू पनि तिनीहरूसितै माथि गए। तिनीहरू याहवेहको भवनको पूर्वतिरको मूलढोकाको प्रवेशद्वारमा अडिए, र इस्राएलका परमेश्वरको महिमा तिनीहरूमाथि थियो।
20मैले कबार नदीको किनारमा इस्राएलका परमेश्वरको मुन्तिर देखेका जीवित प्राणीहरू यिनै थिए, र तिनीहरू करूबहरू रहेछन् भनी मैले थाहा पाएँ।
21हरेकका चार वटा अनुहार र चार वटा पखेटा थिए; अनि तिनीहरूका पखेटामुनि मानिसका हातहरूजस्ता देखिन्थे।
22मैले कबार नदीको किनारमा देखेका प्राणीहरूको जस्तै तिनीहरूका अनुहारहरू थिए। तिनीहरू प्रत्येक सीधा अगिल्तिर बढ्थे।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath