ईसाई धर्म
पछाडि

प्रस्थान 30

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1“तैँले धूप बाल्नलाई बबुल काठको एउटा वेदी बनाउनू।

2त्यो वर्गाकार होस्। त्यो एक क्यूबिट लामो, एक क्यूबिट चौडा, र दुई क्यूबिट उचाइ होस्। त्यसका सिङहरू त्यससित एउटै टुक्राको होस्।

3त्यसको टुप्पो र सबै भित्ताहरू र सिङहरूलाई निखुर सुनले मोहोर्नू; अनि त्यसको चारैतिर सुनको बिट बनाउनू।

4वेदीलाई बोक्ने डण्डाहरू अड्काउनलाई बिटको मुन्तिर दुवैतिर दुई वटा मुन्द्राहरू बनाउनू।

5ती डण्डाहरू बबुल काठका बनाउनू र तिनीहरूलाई सुनले मोहोर्नू।

6वेदीलाई साक्षी पाटीको सन्दुकको अगिल्तिर भएको पर्दाको सामु राख्नू। साक्षी पाटीको माथि रहेको पाप समाधान-स्थानको सामु, जहाँ म तँसित भेट गर्नेछु।

7“हारूनले प्रत्येक बिहान बत्तीहरू मिलाउँदा वेदीमा सुगन्धित धूप जलाओस्।

8त्यसले साँझमा बत्तीहरू बाल्दा फेरि धूप जलाओस् र आउने पुस्ताहरूका लागि याहवेहको सामु धूप नियमित रूपले जल्नेछ।

9त्यस वेदीमा अरू कुनै किसिमका धूप अथवा होमबलि अथवा अन्‍नबलि नचढाउनू र त्यसमाथि कुनै अर्घबलि पनि नचढाउनू।

10हारूनले वर्षमा एकपल्ट सिङहरूमा प्रायश्‍चित गर्नेछ। यो वार्षिक प्रायश्‍चित आउने पुस्ता-पुस्ताका लागि प्रायश्‍चितको पाप शुद्धीकरण बलिको रगतसित गरिनुपर्छ। याहवेहका निम्ति यो अति पवित्र हो।”

11त्यसपछि याहवेहले मोशालाई भन्‍नुभयो,

12“जब तैँले इस्राएलीहरूको गन्ती लिनलाई तिनीहरूको जनगणना गर्नेछस्, तब प्रत्येकले आफ्नो गन्तीको समयमा त्यसको प्राणका लागि याहवेहलाई छुटकाराको मोल तिरोस्। तब तैँले तिनीहरूलाई गन्ती गर्दा तिनीहरूमाथि कुनै विपत्ति आउनेछैन।

13हरेक जो गन्ती भइसकेकाहरूपट्टि पार गरेर जान्छ, त्यसले पवित्रस्थानको शेकेलको हिसाबले आधा शेकेल दिनुपर्नेछ (एक शेकेल बराबर बीस गेरा हुन्छ)। त्यो आधा शेकेल याहवेहका निम्ति भेटी हो।

14बीस वर्ष र त्योभन्दा बढी उमेर पुगेका जति जना गनिन्छन्, सबैले याहवेहका निम्ति भेटी देऊन्।

15तिमीहरूले आफ्नो प्रायश्‍चितका लागि याहवेहलाई भेटी चढाउँदा धनीहरूले आधा शेकेलभन्दा बढी र गरिबहरूले त्योभन्दा कम नदेओस्।

16इस्राएलीहरूबाट प्रायश्‍चितको रकम लिएर त्यसलाई भेट हुने पालको सेवाका निम्ति प्रयोग गर्नू। तिमीहरूले आफ्नो प्राणको प्रायश्‍चित गर्दा याहवेहको सामु इस्राएलीहरूका निम्ति यो एउटा सम्झनास्वरूप हुनेछ।”

17तब याहवेहले मोशालाई भन्‍नुभयो,

18“धुनको लागि काँसोको खुट्टा भएको काँसोका धुने बाटा बनाउनू। त्यसलाई समागम पाल र वेदीको बीचमा राखेर त्यसमा पानी भर्नू।

19हारून र त्यसका छोराहरूले त्यसमा भएको पानीले आफ्ना हातगोडा धोऊन्।

20जब तिनीहरू समागम पालभित्र पस्छन्, तब हातगोडा धोएर मात्र पसून्, ताकि तिनीहरू नमरून्। साथै, जब तिनीहरू वेदीनेर सेवा गर्नलाई याहवेहका निम्ति अग्निबलि जलाउनलाई आउँछन्,

21तब तिनीहरूले पानीले हातगोडा धोऊन्, र तिनीहरू नमरून्। यो हारून र त्यसका सन्ततिका निम्ति तिनीहरूका पुस्ता-पुस्तासम्मका निम्ति अनन्तको धार्मिक विधि होस्।”

22तब याहवेहले मोशालाई भन्‍नुभयो,

23“निम्न लिखित असल मसाला लिनू: पाँच सय शेकेल तरल मूर्र, त्यसको आधा अथवा दुई सय पचास शेकेल बास्‍ना आउने दालचिनी, दुई सय पचास शेकेल सुगन्धित बोझो,

24पाँच सय शेकेल तेजपात। सबै समागम पालको शेकेलको हिसाबले, र एक हिन जैतुनको तेल।

25यी सबैबाट अभिषेकको पवित्र तेल बनाउनू, र बनाउने सिपालु व्यक्तिले बनाएको बास्‍नायुक्त होस्। त्यो अभिषेक गर्ने पवित्र तेल हुनेछ।

26तब त्यस तेललाई समागम पाल, साक्षीको सन्दुक,

27टेबुल र त्यसमा भएका सम्पूर्ण सामग्रीहरू, सामदान र त्यसका अरू उपकरणहरू, धूपको वेदी,

28अनि होमबलिको वेदी र त्यसका सबै भाँडाहरू र बाटा, र त्यसलाई उभ्याउने चीजसमेत सबैलाई अभिषेक गर्नलाई प्रयोग गर्नू।

29तैँले यी सबै कुराहरू पवित्र गर्नू, र तिनीहरू अति पवित्र हुनेछन्। जेसुकैले तिनीहरूलाई छोए तापनि त्यो पवित्र हुनेछ।

30“हारून र त्यसका छोराहरूलाई अभिषेक गरेर पवित्र गर्नू, र तिनीहरूले पुजारी भई मेरो सेवा गरून्।

31इस्राएलीहरूलाई भन्, ‘यो आउने पुस्ताहरूका लागि मेरो पवित्र अभिषेकको तेल होस्।

32यसलाई अरू कुनै मानिसहरूका शरीरहरूमा नखन्याउनू र यही तरिकाले कुनै तेल नबनाउनू। यो पवित्र हो, र तैँले यसलाई पवित्र ठान्‍नू।

33जसले यस्तै सुगन्धित तेल बनाउँछ र जसले यसलाई पुजारीबाहेक अरूमाथि लगाउँछ, त्यसलाई आफ्ना मानिसहरूबाट बहिष्कार गरिनुपर्छ।’ ”

34तब याहवेहले मोशालाई भन्‍नुभयो, “सुगन्धित मसलाहरू—कुन्द, धूप, नखी र सालधूप—अनि शुद्ध मूर्र सबै एकै परिमाणमा लिनू,

35अनि अत्तर बनाउनमा सिपालु व्यक्तिद्वारा सुगन्धित धूप बनाउनू। त्यसमा नुन हाल्नुपर्छ, र त्यो शुद्ध र पवित्र हुनुपर्छ।

36त्यसको केही भाग पिँधेर पिठो बनाउनू, र त्यसलाई समागम पालको साक्षी पाटीको सामु राख्नू, जहाँ म तँलाई भेट्नेछु। यो तेरा निम्ति अति पवित्र हुनेछ।

37यस तरिकाले तिमीहरूले आफ्नो निम्ति कुनै धूप नबनाउनू; यसलाई याहवेहका निम्ति पवित्र ठान्‍नू।

38जसले यस सुगन्धको आनन्द लिनलाई यस्तो बनाउँछ, त्यसलाई आफ्ना मानिसहरूबाट बहिष्कार गरिनुपर्छ।”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath