प्रस्थान 23
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1“तैँले झूटो कुरा नफैलाउनू। झूटो साक्षी बनेर दुष्ट मानिसलाई नसघाउनू।
2“तैँले खराबी गर्न भीडको पछि नलाग्नू। मुद्दामा साक्षी दिँदा भीडतिर लागेर न्याय नबिगार्नू;
3अनि गरिब भन्दैमा मुद्दामा त्यसलाई पक्षपात नगर्नू।
4“तिमीहरूका शत्रुका गोरु अथवा गधा फुस्केको देख्यौ भने त्यसलाई उसकहाँ लगिदिनू।
5यदि तिमीहरूलाई घृणा गर्नेको गधा भारीमुनि दबिएको देख्यौ भने त्यसलाई त्यत्तिकै नछोड्नू, बरु त्यसलाई सहायता दिनैपर्छ।
6“मुद्दामा आफ्ना गरिब मानिसहरूलाई न्याय गरिदिन इन्कार नगर्नू।
7झूटो अभियोगबाट टाढा बस्नू र कुनै निर्दोष अथवा इमानदार व्यक्तिलाई नमार्नू; किनकि म दोषीलाई त्यत्तिकै छोड्नेछैनँ।
8“घूस स्वीकार नगर्नू; किनकि घूसले आँखा देख्नेहरूलाई अन्धा तुल्याइदिन्छ, र निर्दोषका कुरालाई बङ्ग्याइदिन्छ।
9“प्रवासीलाई अत्याचार नगर्नू; प्रवासी हुँदा कस्तो हुन्छ, त्यो तिमीहरू आफैँलाई थाहा छ; किनकि तिमीहरू इजिप्टमा प्रवासी थियौ।
10“छ वर्षसम्म तिमीहरूले आफ्नो खेती गर्नू, र फसलको कटनी गर्नू,
11तर सातौँ वर्षमा खेत नजोत्नू, र प्रयोग नगरी छोडिदिनू। तब तिमीहरूमध्ये गरिबहरूले त्यसबाट भोजन पाऊन्, र तिनीहरूले छोडेका जङ्गली पशुहरूले खाऊन्। तिमीहरूका अङ्गुर र जैतुनका बारीलाई पनि त्यसै गर्नू।
12“छ दिनसम्म आफ्ना काम गर्नू, तर सातौँ दिनमा चाहिँ काम नगर्नू, र तिमीहरूका गोरु र गधाले विश्राम पाऊन्, र तिमीहरूका घरमा जन्मेका दास र प्रवासीहरू पनि ताजा होऊन्।
13“मैले तिमीहरूलाई भनेका प्रत्येक कुरा होशियार भई पालन गर्नू। अरू देवी-देवताहरूको नाम नलेओ; तिनीहरूका नाम तिमीहरूको मुखबाट उच्चारण नै नहोस्।
14“वर्षमा तीनपल्ट तिमीहरूले मेरा निम्ति चाड मनाउनू।
15“अखमिरी रोटीको चाड मनाओ; मैले तिमीहरूलाई आज्ञा दिएझैँ सात दिनसम्म अखमिरी रोटी खाओ। यो तिमीहरूले आबीब महिनाको तोकिएको समयमा गर; किनकि त्यही महिना तिमीहरू इजिप्टबाट निस्केर आएका थियौ। “मकहाँ कोही पनि खाली हात नआओस्।
16“तिमीहरूले आफ्ना खेतमा छरेका अन्नको पहिलो फलले कटनीको चाड मनाउनू। “वर्षको अन्तमा तिमीहरूले खेतबाट आफ्ना अन्न बटुल्दा अन्न भित्र्याउने चाड मनाओ।
17“वर्षमा तीनपल्ट सबै पुरुषहरू सार्वभौम याहवेहकहाँ देखा परून्।
18“तिमीहरूले मलाई बलिदानको रगतसित खमिर भएको कुनै पनि कुरा नचढाउनू। “मेरा चाडको बलिको बोसोहरू बिहानसम्म रहन नदिनू।
19“तिमीहरूका माटोबाट उब्जेका सबैभन्दा असल पहिलो फल याहवेह तिमीहरूका परमेश्वरको घरमा ल्याउनू। “बाख्राको पाठो त्यसको माउको दूधमा नपकाउनू।
20“हेर, तिमीहरूलाई बाटोमा रक्षा गर्न मैले तयार पारिराखेको ठाउँमा तिमीहरूलाई ल्याउनलाई म एउटा दूत तिमीहरूका अगि-अगि पठाउँदैछु।
21ध्यान दिएर तिनको कुरा सुन, र तिनले भनेका कुरा मान। तिनको विरोध नगर; तिनले तिमीहरूको विद्रोह क्षमा गर्नेछैनन्; किनकि मेरो नाम तिनमा रहेको छ।
22यदि तिमीहरूले तिनले भनेका कुरा ध्यानपूर्वक सुन्यौ र मैले तिमीहरूलाई भनेका सबै गर्यौ भने म तिमीहरूका शत्रुहरूका शत्रु बन्नेछु; अनि तिमीहरूलाई विरोध गर्नेहरूलाई म विरोध गर्नेछु।
23मेरो दूत तिमीहरूका अगि-अगि जानेछन् र तिमीहरूलाई एमोरी, हित्ती, परिज्जी, कनानी, हिव्वी र यबूसीहरूका देशमा ल्याउनेछन्, र म तिनीहरूलाई पूर्ण रूपले नाश गरिदिनेछु।
24तिनीहरूका देवी-देवताहरूलाई दण्डवत् नगर्नू, तिनीहरूको आराधना नगर्नू अथवा तिनीहरूका रीतिहरूअनुसार नचल्नू। तिमीहरूले ती भत्काइदिनू र तिनीहरूले पवित्र मानेका ढुङ्गाहरू टुक्रा-टुक्रा पारेर भाँचिदिनू।
25याहवेह तिमीहरूका परमेश्वरलाई आराधना गर्नू, र तिमीहरूका अन्नपानीमा उहाँको आशिष् रहनेछ। म तिमीहरूका बीचबाट रोगहरू हटाइदिनेछु;
26अनि तिमीहरूको देशमा कसैको गर्भ तुहुनेछैन वा कोही बाँझी हुनेछैन। म तिमीहरूलाई पूरा आयु जिउन दिनेछु।
27“म तिमीहरूका अगि-अगि मेरो आतङ्क पठाउनेछु, र तिमीहरूले सामना गर्ने प्रत्येक राष्ट्रलाई अलमल पारिदिनेछु। म तिमीहरूका सबै शत्रुहरूलाई पिठिउँ फर्काएर भाग्ने तुल्याउनेछु।
28म हिव्वी, कनानी र हित्तीहरूलाई तिमीहरूका बाटोदेखि धपाउनको निम्ति तिमीहरूका अगि-अगि अरिङ्गाल पठाउनेछु।
29तर म तिनीहरूलाई एकै वर्षमा धपाउनेछैन, नत्रता देश उजाड हुनेछ, र जङ्गली जनावरहरू तिमीहरूका लागि संख्यामा ज्यादै हुनेछन्।
30म तिमीहरू संख्यामा बढेर देशमाथि अधिकार गर्न सक्ने नभएसम्म तिनीहरूलाई तिमीहरूकै सामु अलि-अलि गर्दै धपाउनेछु।
31“म तिमीहरूका सिमाना लाल समुद्रदेखि भूमध्य सागरसम्म, र उजाडस्थानदेखि यूफ्रेटिस नदीसम्मै स्थापित गर्नेछु। म त्यस देशमा बसोबास गर्ने मानिसहरूलाई तिमीहरूका हातमा पारिदिनेछु, र तिमीहरूले तिनीहरूलाई आफ्नो सामुबाट धपाउनेछौ।
32तिनीहरूसित र तिनीहरूका देवी-देवताहरूसित करार नबाँध्नू।
33तिनीहरूलाई तिमीहरूको देशमा बस्न नदिनू, नत्रता तिनीहरूले तिमीहरूलाई मेरो विरुद्धमा पाप गर्न लाउनेछन्; किनकि तिनीहरूका देवी-देवताहरूको आराधना तिमीहरूका निम्ति निश्चय नै पासो हुनेछ।”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath